महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी नदिने शेरबहादुर भट्टराईको घोषणा, भने–‘अब नयाँ पुस्तालाई ठाउँ दिनुपर्छ’

कांग्रेसका युवा नेताकार्यकर्तालाई नेतृत्वमा आउन, सिक्न र सिकाउन आग्रह

दमक | ८ असोज | नेपाली कांग्रेस झापाका उपसभापति शेरबहादुर भट्टराईले आगामी महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गर्नुभएको छ।

भट्टराईले बिहीबार सार्वजनिक गर्नुभएको विज्ञप्तिमार्फत आफू यसपटक महाधिवेशन प्रतिनिधिको उम्मेदवारसमेत नबन्ने निर्णयमा पुगेको जानकारी दिनुभएको हो। लामो राजनीतिक यात्राका क्रममा विभिन्न जिम्मेवारी सम्हाल्दै आएको उल्लेख गर्दै उहाँले अब नेतृत्वमा नयाँ पुस्तालाई अवसर दिनुपर्ने निष्कर्षमा आफू पुगेको बताउनुभएको छ।

दमक नगर सभापतिदेखि क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य हुँदै नेपाली कांग्रेस झापाको उपसभापतिसम्मको जिम्मेवारी सम्हालेको स्मरण गर्दै भट्टराईले आफूले पाएका पदभन्दा कार्यकर्ता र शुभेच्छुकको साथलाई महत्वपूर्ण ठानेको उल्लेख गर्नुभएको छ।

उहाँले महाधिवेशनको सन्दर्भमा आत्मसमीक्षा गर्दै ‘हामीले नेतृत्वमा पुग्न मात्रै राजनीति गरेका हौँ कि आफूभन्दा पछाडिको पुस्तालाई नेतृत्वमा पु¥याउन पनि राजनीति गरेका हौँ ?’ भन्ने प्रश्नको उत्तर खोज्दा उम्मेदवारी नदिने निर्णयमा पुगेको बताउनुभएको छ।

भट्टराईले राजनीति केवल आफू अघि बढ्ने यात्रा नभई आफूले पाएको अवसर अर्को पुस्तालाई हस्तान्तरण गर्नु पनि राजनीतिक संस्कार भएको धारणा राख्नुभएको छ।

पार्टीको विशेष महाधिवेशनपछि विकसित राजनीतिक वातावरणले पनि पुस्तान्तरणको आवश्यकतालाई संकेत गरेको उहाँको भनाइ छ। पछिल्लो समय राजनीतिलाई ‘फोहोरी खेल’का रूपमा हेर्ने युवा पुस्तासमेत कांग्रेसलाई नयाँ ढंगले अघि बढाउने अवसर खोजिरहेको र युवाहरू नयाँ शैलीमा संगठन निर्माण गर्न चाहिरहेको उहाँले उल्लेख गर्नुभएको छ।

नयाँ पुस्तालाई अवसर दिनु पुरानो पुस्तालाई विस्थापित गर्नु नभएको भट्टराईको भनाइ छ। पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जालाई जोडेर पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने उहाँले बताउनुभएको छ।

यद्यपि आफू राजनीतिबाट अलग नभएको भट्टराईले स्पष्ट पार्नुभएको छ। महाधिवेशन प्रतिनिधि नबन्दैमा कार्यकर्तासँगको सम्बन्ध समाप्त नहुने भन्दै उहाँले आगामी दिनमा अझ स्वतन्त्र रूपमा र नयाँ पुस्तालाई साथमा लिएर कांग्रेसको संगठन तथा लोकतान्त्रिक यात्रामा योगदान गर्ने बताउनुभएको छ।

‘केवल एउटा जिम्मेवारीको ढाँचा बदल्नु पर्छ’ भन्ने निष्कर्षमा आफू पुगेको उल्लेख गर्दै भट्टराईले पार्टीले दिने जिम्मेवारी, सहकर्मीको विश्वास र समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात् गर्दै सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

उहाँले कांग्रेसका युवा नेताकार्यकर्तालाई नेतृत्वमा आउन, सिक्न र सिकाउन आग्रह गर्दै आफूहरूले निर्माण गरेको संगठनलाई अझ राम्रो बनाउन तथा जोगाएको लोकतान्त्रिक मूल्यलाई थप उचाइमा पुर्‍याउन शुभकामना दिनुभएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान पुनः सुरु गर्ने

काठमाडौं,८ असोज । हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान सेवा पुनः सञ्चालन गर्ने भएको छ । एयरलाइन्सले आगामी सेप्टेम्बर २८ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको साङ्घाई

स्वाट्टै हान्छु’ भन्ने अभिव्यक्तिको आशयबारे छानबिन हुनुपर्छ : संग्रौला

काठमाडौँ ,८ असोज। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले भन्सार अधिकृतले सशस्त्र प्रहरीका अधिकारीलाई धम्कीपूर्ण भाषा प्रयोग गरेको भनिएको अडियो प्रकरणको तत्काल निष्पक्ष छानबिन गर्न

राष्ट्र बैंकले २० अर्ब निक्षेप संकलन गर्ने

काठमाडौं ,८ असोज। बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले आज निक्षेप

पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई आक्रमण

काठमाडौं ,८ असोज। पाकिस्तानले अफगानिस्तानका विभिन्न १० स्थानमा ड्रोन र हवाई आक्रमण गरेको दाबी गरेको छ । इस्लामाबादले यसलाई अफगानिस्तानबाट आएको भनिएको ड्रोन आक्रमणको प्रयासको

महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी नदिने शेरबहादुर भट्टराईको घोषणा, भने–‘अब नयाँ पुस्तालाई ठाउँ दिनुपर्छ’

कांग्रेसका युवा नेताकार्यकर्तालाई नेतृत्वमा आउन, सिक्न र सिकाउन आग्रह

विभिन्न जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौं,७८ असोज। नेपाल बाढी सूचनाका अनुसार आज देशका विभिन्न जिल्लाका स–साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको छ । नेपाल बाढी सूचनाले