स्वाट्टै हान्छु’ भन्ने अभिव्यक्तिको आशयबारे छानबिन हुनुपर्छ : संग्रौला

काठमाडौँ ,८ असोज। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले भन्सार अधिकृतले सशस्त्र प्रहरीका अधिकारीलाई धम्कीपूर्ण भाषा प्रयोग गरेको भनिएको अडियो प्रकरणको तत्काल निष्पक्ष छानबिन गर्न सरकारसँग माग गर्नु भएको छ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद संग्रौलाले हालै सार्वजनिक भएको उक्त अडियोप्रति सरकार र सदनको गम्भीर ध्यानाकर्षण गराउनु भएको हो।

उहाँले भन्नुभयो, ‘कञ्चनपुरका भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकलाई भन्सारमा गाडी नियन्त्रणमा लिएको भनी अत्यन्तै तल्लो स्तरको, धम्कीपूर्ण भाषा प्रयोग गर्दै थर्काएको विषय बाहिर आएको छ।’

सांसद संग्रौलाका अनुसार ती कर्मचारीले आफ्ना विभागीय महानिर्देशक, सशस्त्र प्रहरीका महानिरीक्षक र गृहमन्त्रीलाई समेत धम्कीपूर्ण भाषा प्रयोग गरेको विषय सार्वजनिक भएको छ।

उहाँले प्रश्न गर्नुभयो, ‘ती कर्मचारीले आफ्ना विभागीय महानिर्देशक, सशस्त्र प्रहरीका महानिरीक्षक र स्वयं गृहमन्त्रीलाई समेत ‘स्वाट्टै हान्छु’ भन्दै कानुन, मर्यादा र चेन अफ कमान्डको धज्जी उडाएका छन्।’

‘स्वाट्टै हान्छु’ भन्ने अभिव्यक्तिको आशयबारे समेत छानबिन हुनुपर्ने बताउँदै उहाँले भन्नाुभयो, “यो ‘स्वाट्टै हान्छु’ भनेको के होरु फोन हान्छु भनेको हो किरु तिमीलाई भेटेर हान्छु भनेको हो किरु अथवा तिम्रो पद खान्छु भनेको होरु’

सीमा क्षेत्रमा राजस्व चुहावट नियन्त्रणका लागि खटिएका सुरक्षा अधिकारीलाई भन्सार अधिकृतबाटै गैरजिम्मेवार र धम्कीपूर्ण भाषा प्रयोग हुनु गम्भीर विषय भएको उहाँले बताउनु भयो।

उहाँले भन्नुभयो, ‘आफ्नो जिम्मेवारी र सीमाभित्र रहेर राजस्व चुहावट नियन्त्रण गर्न खोज्ने सुरक्षा निकायका अधिकारीलाई सीमा क्षेत्रका भन्सार अधिकृतले नै यसरी गैरजिम्मेवार र धम्कीपूर्ण भाषा प्रयोग गर्नु गम्भीर चिन्ताको विषय हो।’

 

उक्त घटनाले राष्ट्रिय सुरक्षा निकाय, निजामती सेवाको मर्यादा र राज्य संयन्त्रको छविमा असर पार्ने उहाँको भनाइ छ।

सांसद संग्रौलाले उक्त अडियो प्रकरणमा तत्काल निष्पक्ष छानबिन गरी दोषी देखिए कानुनअनुसार कारबाही गर्न सरकारसँग माग गर्नुभयो।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय सुरक्षा र निजामती सेवाको मर्यादामा आघात पु¥याउने उक्त अडियो प्रकरणको तुरुन्त र निष्पक्ष छानबिन होस्, यथाशीघ्र छानबिन होस्।’

त्यस्तै, मातहतका निकाय र उच्च अधिकारीलाई धम्क्याएको पुष्टि भए सम्बन्धित भन्सार अधिकृतमाथि कानुनबमोजिम कडा कारबाही गर्नुपर्ने उहाँले बताउनु भयो।

संग्रौलाले सीमा क्षेत्रमा खटिने सुरक्षा निकाय र राजस्व प्रशासनबीच उचित समन्वय तथा मर्यादित वातावरण कायम गर्न सरकारले तत्काल ठोस कदम चाल्नुपर्ने मागसमेत गर्नुभयो।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान पुनः सुरु गर्ने

काठमाडौं,८ असोज । हिमालय एयरलाइन्सले काठमाडौं–साङ्घाई सिधा उडान सेवा पुनः सञ्चालन गर्ने भएको छ । एयरलाइन्सले आगामी सेप्टेम्बर २८ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको साङ्घाई

स्वाट्टै हान्छु’ भन्ने अभिव्यक्तिको आशयबारे छानबिन हुनुपर्छ : संग्रौला

काठमाडौँ ,८ असोज। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले भन्सार अधिकृतले सशस्त्र प्रहरीका अधिकारीलाई धम्कीपूर्ण भाषा प्रयोग गरेको भनिएको अडियो प्रकरणको तत्काल निष्पक्ष छानबिन गर्न

राष्ट्र बैंकले २० अर्ब निक्षेप संकलन गर्ने

काठमाडौं ,८ असोज। बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले आज निक्षेप

पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई आक्रमण

काठमाडौं ,८ असोज। पाकिस्तानले अफगानिस्तानका विभिन्न १० स्थानमा ड्रोन र हवाई आक्रमण गरेको दाबी गरेको छ । इस्लामाबादले यसलाई अफगानिस्तानबाट आएको भनिएको ड्रोन आक्रमणको प्रयासको

महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी नदिने शेरबहादुर भट्टराईको घोषणा, भने–‘अब नयाँ पुस्तालाई ठाउँ दिनुपर्छ’

कांग्रेसका युवा नेताकार्यकर्तालाई नेतृत्वमा आउन, सिक्न र सिकाउन आग्रह

विभिन्न जिल्लामा आकस्मिक बाढीको जोखिम

काठमाडौं,७८ असोज। नेपाल बाढी सूचनाका अनुसार आज देशका विभिन्न जिल्लाका स–साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको छ । नेपाल बाढी सूचनाले