काठमाडौं, ८ असोज । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको वरिष्ठ नेता पदमा प्रस्तावित हुनुभएको छ ।
केन्द्रीय सचिवालयको बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने गरी केन्द्रीय कमिटीमा प्रस्ताव लगेको हो ।
बैठकले उक्त प्रस्ताव अनुमोदन गर्दैछ ।
२०८३ जेठ ३ गतेको केन्द्रीय सचिवालय बैठकले भण्डारीको सदस्यता खुलाउने निर्णय गरेको थियो ।
नवीकरण भइसकेको भण्डारीको सदस्यता वैधानिक नभएको भन्दै एमालेको केन्द्रीय कमिटी र सचिवालय बैठकले नै सदस्यता नदिने निर्णय गरेको थियो । भण्डारी पार्टीको उपाध्यक्ष भइसक्नु भएको छ ।









