दमक । ८ असोज । दमकमा महिलाहरूले मात्रै सञ्चालन गर्दै आएको गृहणी बचत तथा ऋण सहकारी संस्थाले भोटेकोशी बाढीपीडितका लागि ५० हजार रुपैयाँ राहत सहयोग गरेको छ ।
सहकारी संस्थाले हरेक वर्ष तीजको अवसरमा आयोजना गर्दै आएको कार्यक्रमका लागि छुट्याइएको रकम यसपटक तीज कार्यक्रम नगरी बाढीपीडितको राहतका लागि सहयोग गरेको हो ।
संस्थाकी अध्यक्ष रीता काकी थापाका अनुसार सहकारीले विगतका वर्षहरूमा तीजका अवसरमा कार्यक्रम आयोजना गर्दै आएको थियो । उक्त कार्यक्रममा करिब ५० हजार रुपैयाँ खर्च हुने गरेको थियो । यस वर्ष भने सोही रकम तीज कार्यक्रम आयोजना नगरी भोटेकोशी बाढीपीडितको राहतका लागि सहयोग गरिएको उहाँले बताउनु भयो ।
सहयोग रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको भौचर बिहीबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।
दमक–६ स्थित सहकारी संस्थाको आफ्नै कार्यालयमा आयोजित कार्यक्रममा संस्थाका पदाधिकारी तथा कर्मचारीको भेलामार्फत राहत रकम सहयोग गरिएको जानकारी गराइएको थियो ।
सहकारीकी अध्यक्ष रीता काकी थापाले सामाजिक उत्तरदायित्वअन्तर्गत तीजका लागि छुट्याइएको रकम बाढीपीडितको राहतमा उपयोग गरिएको बताउनु भयो । उहाँले विपद्का बेला पीडितलाई सहयोग गर्नु संस्थाको सामाजिक दायित्व भएको उल्लेख गर्नुभयो ।
भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहतका लागि सहकारीले गरेको सहयोगलाई संस्थाको सामाजिक उत्तरदायित्वसँग जोडेर हेरिएको छ ।









