यी १४ सडक अवरुद्ध

बाढी, पहिरो, लेदो तथा सडक भासिएका कारण पूर्ण रूपमा बन्द

काठमाडौ । ९ असोज । गृह मन्त्रालयअन्तर्गतको विपद् प्रतिकार्य समन्वय तथा संस्थागत सुदृढीकरण शाखाका अनुसार आज बिहान १० बजेसम्म देशभर १४ वटा राजमार्ग तथा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन्।

अवरुद्ध सडकखण्डमध्ये १० वटा बागमती, २ वटा कोशी र २ वटा लुम्बिनी प्रदेशमा रहेका छन्।

बागमती प्रदेशका अवरुद्ध सडकः

  • रसुवाको बारा घुम्तीदेखि रसुवागढीसम्मको पासाङल्हामु राजमार्ग
  • त्रिशूली–बेत्रावती हुँदै रसुवागढी सडक
  • नुवाकोटको त्रिशूली–बेत्रावती मैलुङ–स्याफ्रुबेशी सडक
  • धादिङको गजुरी–२ फुर्केखोलामा कालुपाण्डे राजमार्ग
  • धादिङको बेनीघाटरोराङ–७ कृष्णभिर र १० तिङराङखानीमा पृथ्वी राजमार्ग
  • चितवनको इच्छाकामना–४ धारापानीमा पृथ्वी राजमार्ग
  • ललितपुरको गोदावरी–६ बिर्खेंधारा तथा बागमती–३ पाङदुरडोल र टाकुर्चेमा कान्तिलोकपथ
  • मकवानपुरको भीमफेदी–८ खहरे खोल्सामा कान्तिलोकपथ
  • काभ्रेको रोशी–७ चारसयवेशी र ८ गिम्दीवेशीमा बीपी राजमार्ग

कोशी प्रदेशमाः

  • ओखलढुंगाको मानेभञ्ज्याङ–६ भँडारे खोलामा सिद्धिचरण लोकमार्ग
  • सुनसरीको बराहक्षेत्र–१ गुप्तबराहमा चतरा–बराहक्षेत्र सडक

लुम्बिनी प्रदेशमाः

  • गुल्मीको कालिगण्डकी–२ रावसे तथा वडा नम्बर ४ पातिखोलामा कालिगण्डकी करिडोर
  • रोल्पाको माडी–२ ब्याङखोलामा घोराही–थवाङ सहिदमार्ग

यी सडकहरू बाढी, पहिरो, लेदो तथा सडक भासिएका कारण पूर्ण रूपमा बन्द भएका हुन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शिक्षिकाको निधनमा विद्यालयबाट ६५ हजार सहयोग

पथरी, ९ असोज / मोरङको पथरी शनिश्चरे १ स्थित पञ्चायत माविकी शिक्षिका शान्तिदेवी गौतम न्यौपानेको निधनमा विद्यालयले उहाँका परिवारलाई ६५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान

कोशी ब्यारेजमा पानीको बहाव एक लाख ९० हजार, २४ ढोका खुला, सतर्कता अपनाउन आग्रह

इनरुवा,९ असोज । पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको लगातार वर्षाका कारणले कोशी नदीमा कोसी ब्यारेज भएर बग्ने पानीको बहावमा वृद्धि भएको छ । शुक्रबार

भोटेकोशी बाढी अपडेट , १ हजार ४५३ जनाको शव फेला

काठमाडौं,९ असोज । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार बिहान ८ बजे सम्म १ हजार ४५३ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा

सिक्किमको रिम्बीमा भीषण पहिरो, ३० भन्दा बढी घर प्रभावित

एजेन्सी ,९ असोज। नेपालसँग सिमाना जोडिएको भारतको सिक्किमका विभिन्न ठाउँमा बाढी र पहिरोका कारण जनजीवन प्रभावित भएको छ । विशेषगरी रिम्बी क्षेत्रमा गएको ठूलो पहिरोका

विद्यालाई दोस्रो वरीयतामा ल्याइएपछि पार्टीभित्र हलचल

काठमाडौँ ,९ असोज। नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकसँगै पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनको विषय फेरि चर्चामा आएको छ । एमालेभित्र अहिले भण्डारीको राजनीतिक

देशका विभिन्न जिल्लामा मुख्य सडक बन्द

काठमाडौं ,९ असोज। जिल्ला प्रशासन कार्यालयहरूबाट प्रकाशित सूचनाअनुसार देशका विभिन्न जिल्लामा मुख्य सडक बन्द भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार