विद्यालाई दोस्रो वरीयतामा ल्याइएपछि पार्टीभित्र हलचल

काठमाडौँ ,९ असोज। नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकसँगै पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनको विषय फेरि चर्चामा आएको छ । एमालेभित्र अहिले भण्डारीको राजनीतिक सक्रियता मात्र होइन, विगतमा उनलाई पार्टी राजनीतिबाट टाढा राखिएको निर्णय र अहिले पुनः अघि सारिन खोजिएको राजनीतिक परिस्थितिबारे समेत बहस सुरु भएको छ ।

एमालेको एघारौँ महाधिवेशनका बेला अध्यक्ष केपी शर्मा ओलीलाई तेस्रोपटक नेतृत्वमा निरन्तरता दिने विषय प्रमुख राजनीतिक मुद्दाका रूपमा अघि आएको थियो । त्यसबेला भण्डारीलाई सम्भावित राजनीतिक प्रतिस्पर्धीका रूपमा हेरिएको थियो । उनको सक्रिय राजनीतिमा पुनरागमनले पार्टी नेतृत्वमा चुनौती सिर्जना गर्न सक्ने आकलनकै बीच उनको पार्टी सदस्यता नवीकरण नगरिएको विषयसमेत चर्चामा आएको थियो ।

भण्डारीलाई सक्रिय राजनीतिबाट टाढा राख्न ‘पूर्वराष्ट्रपतीले दलीय राजनीतिमा फर्किनु हुँदैन’ भन्ने तर्क अघि सारिएको थियो । बाहिरबाट हेर्दा यो विषय पूर्वराष्ट्रपतिको मर्यादा र संस्थागत भूमिकासँग जोडिएको देखिए पनि त्यसको राजनीतिक प्रभाव भने एमालेभित्र फरक ढंगले व्याख्या हुँदै आएको छ ।

भण्डारी पार्टी राजनीतिबाट बाहिर रहेपछि ओलीका लागि पार्टी नेतृत्वमा आफ्नो दाबी बलियो बनाउने वातावरण बनेको थियो । तर अहिले एमालेभित्रको राजनीतिक परिस्थिति बदलिएको छ । नेतृत्वको आगामी दिशा, पार्टी सञ्चालनको शैली र भावी नेतृत्वबारे चर्चा तीव्र बन्दै जाँदा भण्डारीको राजनीतिक पुनरागमनको विषय पनि फेरि सतहमा आएको हो ।

विशेषगरी विष्णु पौडेल, शंकर पोखरेललगायतका नेताहरूको राजनीतिक सक्रियता र पार्टी नेतृत्वको आगामी दिशाबारे देखिएको दबाबका बीच भण्डारीको प्रसंग पुनः उठ्नुलाई एमालेभित्रको बदलिँदो राजनीतिक समीकरणसँग जोडेर हेर्न थालिएको छ । यसले भण्डारी राजनीतिमा आउन पाउने वा नपाउने भन्ने कानुनी वा संवैधानिक प्रश्नभन्दा पनि एमालेले आफ्नो राजनीतिक निर्णय कुन आधारमा गर्छ भन्ने प्रश्नलाई अगाडि ल्याएको छ ।

हिजो पूर्वराष्ट्रपतिको मर्यादालाई आधार बनाएर सक्रिय राजनीतिबाट टाढा राख्ने वातावरण बनाइएको अवस्थामा आज त्यही व्यक्तिलाई पुनः राजनीतिक भूमिकामा ल्याउने चर्चा किन भइरहेको छ भन्ने प्रश्न अहिले एमालेभित्र उठेको छ ।

यसलाई कतिपयले ओलीको राजनीतिक परिस्थितिअनुसार बदलिँदो रणनीतिका रूपमा समेत हेर्न थालेका छन् । विगतमा सम्भावित चुनौतीका रूपमा देखिएको व्यक्तिलाई रोक्ने र अहिले बदलिएको राजनीतिक समीकरणमा त्यही व्यक्तिको विषयलाई अघि बढाउने प्रयास हुनु एमालेको निर्णय प्रक्रियामाथि प्रश्न उठाउने आधार बनेको छ ।

यही सन्दर्भमा एमालेभित्र व्यंग्यात्मक रूपमा ‘अनुकूलताको सिद्धान्त’ को चर्चा हुन थालेको छ । अर्थात्, एउटै व्यक्तिका विषयमा समेत राजनीतिक परिस्थिति र नेतृत्वलाई पर्ने प्रभावअनुसार फरक धारणा बन्ने प्रवृत्तिमाथि प्रश्न उठाइएको छ ।

मूल प्रश्न भने विद्या भण्डारीको राजनीतिक पुनरागमन मात्र होइन । एमालेको वैचारिक आधार, पार्टी विधान, नेतृत्वको निर्णय प्रक्रिया र राजनीतिक परिस्थितिअनुसार निर्णय परिवर्तन हुने प्रवृत्तिबीचको सम्बन्धसमेत अहिलेको बहसको केन्द्रमा आएको छ ।

हिजो भण्डारीलाई रोक्दा प्रस्तुत गरिएको आधार र आज उनलाई पुनः अघि सार्दा प्रस्तुत गरिने आधार एउटै हो कि फरक भन्ने प्रश्न पनि महत्वपूर्ण बनेको छ । यदि आधार फरक हो भने विगतको निर्णयको औचित्यमाथि प्रश्न उठ्छ भने आधार एउटै हो भने अहिले भण्डारीको पुनरागमनका लागि वातावरण किन बनाइँदैछ भन्ने प्रश्न उठ्छ ।

एमाले केन्द्रीय कमिटी बैठकको सन्दर्भमा उठेको यो बहसले पार्टीभित्र नेतृत्वको भविष्य, आगामी महाधिवेशन, आन्तरिक शक्ति सन्तुलन र पार्टी सञ्चालनको शैलीबारे थप बहस जन्माउने देखिन्छ ।

यस अर्थमा विद्या भण्डारीको नाम अहिले एक पूर्वराष्ट्रपतिको राजनीतिक पुनरागमनको विषय बनेको छैन । यो एमालेभित्र बदलिँदो शक्ति समीकरण, नेतृत्वमाथि बढ्दो दबाब र अध्यक्ष ओलीको आगामी राजनीतिक रणनीतिसँग जोडिएको बहसका रूपमा समेत अगाडि आएको छ ।

विहीबार मात्र भण्डारीलाई पार्टी अध्यक्ष केपी ओलीले बरिष्ठ नेताका रुपमा मनोनित गरेका थिए । तर एमालेको विधानमा बरिष्ठ नेताको प्रावधान छैन । तथापी, भण्डारीलाई अध्यक्षपछिको दोस्रो वरीयता दिइएको छ । उक्त विषयले एमालेमा आगामी नेतृत्वको बहस पेचिलो बनेको छ ।

एमालेको ११ औँ महाधिवेशनबाट संशोधित विधान २०८२ र विधान ९२०८२ को संशोधनसहित० का दुई वटैमा वरिष्ठ नेताको प्रावधान छैन् । एमाले नेताहरुका अनुसार विगतमा बरिष्ठ नेताको प्रावधान भएपनि पछि ओलीले नै हटाएका थिए ।

२०६५ सालमा भएको आठौँ राष्ट्रिय महाधिवेशनपछि उक्त पद खडा गरिएपनि ओलीकै प्रस्तावमा हटाइएको एमालेबृत्तमा चर्चा छ । पछि विधानमा मिलाउनेगरी भण्डारीलाई बरिष्ठ नेताका रुपमा मनोनित गरिएपछि नेतृत्वका रेसमा रहेका विष्णु पौडेल, शंकर पोखरेललगायतका नेताहरुलाई रोक्न भण्डारीलाई दोस्रो बरीयता दिइएको हो कि भन्ने आशंका गरिएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शिक्षिकाको निधनमा विद्यालयबाट ६५ हजार सहयोग

पथरी, ९ असोज / मोरङको पथरी शनिश्चरे १ स्थित पञ्चायत माविकी शिक्षिका शान्तिदेवी गौतम न्यौपानेको निधनमा विद्यालयले उहाँका परिवारलाई ६५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान

कोशी ब्यारेजमा पानीको बहाव एक लाख ९० हजार, २४ ढोका खुला, सतर्कता अपनाउन आग्रह

इनरुवा,९ असोज । पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको लगातार वर्षाका कारणले कोशी नदीमा कोसी ब्यारेज भएर बग्ने पानीको बहावमा वृद्धि भएको छ । शुक्रबार

भोटेकोशी बाढी अपडेट , १ हजार ४५३ जनाको शव फेला

काठमाडौं,९ असोज । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार बिहान ८ बजे सम्म १ हजार ४५३ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा

सिक्किमको रिम्बीमा भीषण पहिरो, ३० भन्दा बढी घर प्रभावित

एजेन्सी ,९ असोज। नेपालसँग सिमाना जोडिएको भारतको सिक्किमका विभिन्न ठाउँमा बाढी र पहिरोका कारण जनजीवन प्रभावित भएको छ । विशेषगरी रिम्बी क्षेत्रमा गएको ठूलो पहिरोका

विद्यालाई दोस्रो वरीयतामा ल्याइएपछि पार्टीभित्र हलचल

काठमाडौँ ,९ असोज। नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकसँगै पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनको विषय फेरि चर्चामा आएको छ । एमालेभित्र अहिले भण्डारीको राजनीतिक

देशका विभिन्न जिल्लामा मुख्य सडक बन्द

काठमाडौं ,९ असोज। जिल्ला प्रशासन कार्यालयहरूबाट प्रकाशित सूचनाअनुसार देशका विभिन्न जिल्लामा मुख्य सडक बन्द भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार