काठमाडौं ,९ असोज। पछिल्लो २४ घण्टामा पाल्पाको अर्चलेमा सबैभन्दा बढी वर्षा भएको छ ।
नेपाल मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो १ः१५ बजेसम्म पाल्पाको अर्चलेमा २०५।२ मिलिमिटर वर्षा भएको छ ।
यसैगरी देशका अधिकांश स्थानमा अहिले पनि वर्षा भइरहेको जनाइएको छ ।
पछिल्लो २४ घण्टामा अन्य स्थानमा भएको वर्षाको विवरणसमेत सार्वजनिक गरिएको छ ।









