विवादमा मुछिएका गड्डाचौकीका भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन निर्देशन

काठमाडौं , असोज १०। कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्ट र सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण कैलालीका प्रमुख एसपी खुमबहादुर केसीबीच उत्पन्न विवादबारे थप छानबिन गर्न भन्सार विभागले भट्टलाई जिम्मेवारीबाट हटाएर विभागमा हाजिर हुन निर्देशन दिएको छ ।विवादसम्बन्धी विभिन्न विवरण सार्वजनिक भएपछि घटनाबारे थप बुझ्नुपर्ने देखिएको भन्दै विभागले भट्टलाई तत्कालका लागि कञ्चनपुर भन्सार कार्यालयको जिम्मेवारीबाट हटाएको हो ।

भन्सार विभागका अनुसार भट्टलाई त्रिपुरेश्वरस्थित विभागको केन्द्रिय कार्यालयमा हाजिर हुन पत्राचार गरिएको छ । विभागले सार्वजनिक भएका विवरण तथा घटनाको वास्तविकताबारे थप जानकारी लिएपछि आवश्यक निर्णय गर्ने जनाएको छ। भट्ट र एसपी केसीबीच उत्पन्न विवादबारे विभिन्न विवरण सार्वजनिक भएपछि विभागले आफ्नो तर्फबाट थप अध्ययन गर्न भन्सार अधिकृतलाई विभागमा बोलाएको हो । विभागले यो कदम भट्टमाथि कारबाहीका रूपमा नभई घटनाबारे थप बुझ्न तत्कालका लागि जिम्मेवारीबाट हटाएर विभागमा हाजिर गराइएको जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

१२ सय म्यानपावर हुँदा २५ वटालाई मात्र मलेसिया पठाउन दिने तयारीप्रति व्यवसायीको आपत्ति

काठमाडौं , असोज १०। वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष हंसराज वाग्लेले वैदेशिक रोजगार क्षेत्रमा विभिन्न नाममा सिन्डिकेट कायम रहेको भन्दै त्यसको अन्त्य गर्नुपर्ने बताउनुभएको छ

उर्लिएको कालीगण्डकीमा ज्यानको बाजी लगाएर दाउरा संकलन, प्रहरीको चेतावनी बेवास्ता

पर्वत , असोज १०। तीन दिनदेखि भइरहेको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव उच्च बनेको छ। उर्लिएको कालीगण्डकीले बगाएर ल्याएका ढुङ्गा, मुढा र दाउरा

कांग्रेस महाधिवेशनमा सत्तापक्ष र प्रतिपक्षी दलका शीर्ष नेतृत्वलाई आमन्त्रण

काठमाडौं , असोज १०। नेपाली कांग्रेसले सत्तापक्ष र प्रतिपक्षी दलका नेतृत्वहरूलाई १५औं महाधिवेशनको उद्घाटन समारोहमा आमन्त्रण गरेको छ ।कांग्रेसले १६ असोजमा उद्घाटन हुने केन्द्रीय महाधिवेशनका

सप्तरीको तिलाठी कोइलाडीमा कोशी पस्यो : १७ घर डुबानमा, सशस्त्रको क्याम्प पनि प्रभावित

सप्तरी , १० असोज। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ मा कोशी नदीको पानी बस्तीमा पस्दा १७ घरपरिवार प्रभावित भएका छन् । प्रभावितमध्ये चार जना

पहिरोले अवरुद्ध पृथ्वी राजमार्गको कृष्णभिर खण्ड एकतर्फी खुल्यो

काठमाडौं , १० असोज। धादिङको कृष्णभिरमा पहिरो खसेपछि अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । बेनिघाट रोराङ गाउँपालिकाका – ७ वडाध्यक्ष कुमार बस्नेतले दिउँसो

कांग्रेसका ६ वटै तहमा ‘जेनजी’ पुग्ने, इतर समूहद्वारा निर्देशिका तयार

१० असोज, काठमाडौं । समानान्तर महाधिवेशनको तयारीमा रहेको नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीका ६ वटै तहमा नवयुवा (जेनजी)को प्रतिनिधित्व गराउने भएको छ ।१५ औं