बाढीपहिरोबाट विस्थापित नागरिकलाई तत्काल बसोबासको व्यवस्था गरियोस् : सांसद शर्मा

काठमाडौं,१२ असोज । नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले बाढीपहिरोबाट बागलुङमा ठूलो जनधनको क्षति भएको भन्दै तत्काल उद्धार, राहत तथा पुनर्निर्माणको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शर्माले भोटेकोशी बाढीको घाउ सुक्न नपाउँदै असोज ८ गतेदेखि परेको लगातार वर्षासँगै आएको बाढीपहिरोले देशभर र विशेषगरी बागलुङमा थप क्षति पुर्याएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बागलुङमा असोज १० र ११ गते आएको बाढीपहिरोमा परी १० जनाको मृत्यु भएको छ । ताराखोला गाउँपालिका–५ धम्सारमा घर भत्किँदा ९५ वर्षीय मानबहादुर रोकाको मृत्यु भएको छ ।’

त्यस्तै, निसीखोला गाउँपालिका–३ मा घर भत्किँदा एकै परिवारका श्यामकुमारी विक, मनोज विक, ईरेश विक र निसान विकको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । निसीखोला गाउँपालिका–६ का सूर्य घर्ती मगरको पनि घर भत्किँदा मृत्यु भएको शर्माले बताउनु भयो ।

तमानखोला गाउँपालिका–३ का बुद्धिराज घर्ती र भीमदेवी घर्ती तथा वडा नम्बर ४ का हस्तवीर सिर्पाली र उदीसरा सिर्पालीको पनि बाढीपहिरोमा परी मृत्यु भएको उहाँले उल्लेख गर्नुभयो । एक जना महिला अझै सम्पर्कविहीन रहेको शर्माले बताउनु भयो ।

उहाँले बाढीपहिरोमा परी ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभयो ।

सांसद शर्माले बाढीपहिरोबाट विस्थापित नागरिकलाई तत्काल बसोबासको व्यवस्था मिलाउन, उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा बेपत्ताको शीघ्र खोजी र उद्धार गर्न सरकारसँग माग गर्नुभयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभामुख अर्यालद्वारा भीमफेदी दुर्घटनाका पीडित परिवारसँग भेट

सर्लाही ,३० कार्तीक। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर पुगेर मकवानपुरको भीमफेदीस्थित चिसापानी गढीमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवार तथा

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङ ,३० कार्तीक। बझाङको बुंगल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।सोमबार बिहान करिब १०ः२० बजे टुमेडा गाउँबाट सोहि ठाउँ को

छठको बहानामा मधेसमा शीर्ष नेताको दौडधुप : धार्मिक आस्था कि राजनीतिक रणनीति ?

काठमाडौं ,३० कार्तीक। सत्तारूढ रास्वपाका सभापति रवि लामिछाने यसपटक छठ मनाउन मधेसका विभिन्न धार्मिक स्थल पुग्नु भएको छ । शनिबार नै तराई झर्नु भएको उहाँ

रारा जाँदै गर्दा दुर्घटनामा परेका घाइतेको सेनाद्वारा उद्धार

मुगु ,३० कार्तीक। मुगुको रारा ताल जाने क्रममा हाइलक्स जिप दुर्घटनामा परी घाइते भएका दुई जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।आइतबार मुगुको छायानाथ

बिरिङ खोला छठ पूजामा विवाद गर्ने युवक स्कुटरसहित नियन्त्रणमा

झापा, ३० कात्तिक । झापाको कन्काई नगरपालिका ८ स्थित बिरिङ खोलामा आयोजित छठ पूजामा विवाद गर्ने एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।गएराति ११ :

छठ पूजास्थल तोडफोड आरोपमा सुनसरीबाट दुई जना पक्राउ

झापा, ३० कात्तिक । सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित छठ पूजास्थलमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेहरुमा