बैंकिङ कसुर मुद्दामा डोल्पाका वडाध्यक्ष थापा पक्राउ

सुर्खेत,१३ असोज । बैंकिङ कसुर मुद्दामा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–२ का वडाध्यक्ष टंकबहादुर थापा पक्राउ पर्नु भएको छ ।

जिल्ला अदालत डोल्पाबाट पक्राउ पुर्जी जारी भएपछि जिल्ला प्रहरी कार्यालय डोल्पाबाट खटिएको टोलीले थापालाई सोमबार त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बगर बजारबाट पक्राउ गरेको हो ।

पक्राउपछि उहाँलाई जिल्ला अदालत डोल्पामा उपस्थित गराइएको थियो । अदालतले बैंकिङ कसुर मुद्दामा अनुसन्धानका लागि थापालाई सात दिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पदम रावलले जानकारी दिनु भयो।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

थापा २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट त्रिपुरासुन्दरी नगरपालिका–२ को वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३६ जनालाई कारबाही

काठमाडौं ,१३ असोज। ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३६ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन

अविरल वर्षाले देशभरका राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध

काठमाडौं,१३ असोज । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक

बैंकिङ कसुर मुद्दामा डोल्पाका वडाध्यक्ष थापा पक्राउ

सुर्खेत,१३ असोज । बैंकिङ कसुर मुद्दामा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–२ का वडाध्यक्ष टंकबहादुर थापा पक्राउ पर्नु भएको छ । जिल्ला अदालत डोल्पाबाट पक्राउ पुर्जी जारी भएपछि