गुठी संस्थान र जनकपुरधाम उपमहानगरपालिकाबीच टकराव, पोखरी खाली गराउने अभियान अन्योलमा

जनकपुर , असोज १४। जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले गुठी संस्थानमाथि प्रश्न उठाएका छन् । उनले सम्पूर्ण जनकपुरको जग्गा गुठी कै भएकोले सार्वजनिक सौचालय कहाँ बनाउने ? भनेर प्रश्न गरेका छन् ।बुधबार उपमहानगरपालिकामा सञ्चारकर्मीहरुसंग कुरा गर्दै मेयर साहले गुठी संस्थालाई उपमहानगरपालिकाले असहयोग गर्नुको कारणबारे जानकारी गराएका छन् । उनले अतिक्रमित जग्गा खाली गराउन उपमहानगरपालिका सदैव साकारात्मक भएपनि गुठी संस्थाले अतिक्रमित जग्गा कसलाई भन्ने ? भनेर आफै प्रष्ट नरहेको बताएका छन् । एक महिना अघि गुठी संस्थानले जनकपुरधामका सात वटा पोखरीको डिलमा बनाइएको अतिक्रमित भनिएका संरचनाहरु भत्काउने क्रममा एउटा सार्वजनिक सौचालय पनि भत्काएकोमा मेयर साहले प्रश्न उठाएका छन् । उनले सरकारकै पैसाले जनताको सुविधाका निम्ति निर्माण गरेको सौचालयसम्म हटाउने प्रवृतिमाथि प्रश्न उठाएका छन् । उनले सबै सार्वजनिक सौचालयसमेत तोड्ने हो भने लोटा लिएर कहाँ जाने ? भनेर प्रश्न गरेका छन् ।

मेयर साहले जनताको हितका लागि सरकारकै लगानिबाट बनेका संरचना हटाउने कार्यमा जनकपुरधाम उपमहानगरपालिकाले कुनै सहयोग नगर्ने प्रस्ट पारेका छन् । तीनै तहको सरकारको लगानीमै विभिन्न स्थानमा जनताको सुविधाका निम्ति बनेका शौचालय, विद्यालय, योगकेन्द्रहरु भत्काउँदा जनतालाई नै सास्ती हुने र सरकारको पैसा डुब्ने हुनाले त्यस्ता कार्यमा उपमहानगरपालिकाले कुनै सहयोग नगर्ने मेयर साहको भनाई छ ।करीब एक महिना अघि गुठी संस्थानले जनकपुरधाम उपमहानगरपालिका भित्रका ७ वटा पोखरीको डिलमा बनाइएका अनाधिकृत संरचनाहरुमा डोजर लगाएर खाली गराएको थियो । त्यस पश्चात पुनः ७ वटा थप पोखरीको डिल खाली गराउने सूचना निकालेको गुठीले जनकपुरधाम उपमहानगरपालिकाले असहयोग गरेको भन्दै कार्य रोकेको छ । अब फेरि खाली गराउने कार्य कहिलेदेखि सुरु हुने हो भन्ने निश्चित भएको छैन ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

२५ करोड ऋणमा ५० लाख घुस माग्ने नेपाल बैंकका पूर्वअध्यक्ष चन्द्रबहादुर विशेष अदालतबाट कसुरदार ठहर

१४ असोज, काठमाडौं । ऋण दिएबापत घुस मागेको आरोप खेपेका नेपाल बैंक लिमिटेडका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारी विशेष अदालतबाट दोषी ठहर भएका छन् । विशेष

बाढीले क्षतविक्षत भएको एक महिनापछि बेत्रावतीसम्म जोडियो सडक, रसुवागढी नाका खुलाउने प्रयास तीव्र

काठमाडौँ , असोज १४। भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोले सडक तथा पुलहरूमा क्षति पुर्‍याई सञ्जालबाट विच्छेद भएको एक महिनापछि बेत्रावतीसम्मको सडक पुनः जोडिएको छ । नेपाली

खर्च कटौतीको नीतिविपरीत साढे ३ करोडको विलासी गाडी किन्ने प्रक्रिया मधेस सरकारद्वारा रद्द

जनकपुरधाम , असोज १४। मधेस प्रदेश सरकारले ‘अति विशिष्ट व्यक्ति’ (भीभीआईपी) का लागि साढे ३ करोड रुपैयाँ बराबरको विलासी चारपाङ्ग्रे सवारीसाधन खरिद गर्न आह्वान गरेको

गुठी संस्थान र जनकपुरधाम उपमहानगरपालिकाबीच टकराव, पोखरी खाली गराउने अभियान अन्योलमा

जनकपुर , असोज १४। जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले गुठी संस्थानमाथि प्रश्न उठाएका छन् । उनले सम्पूर्ण जनकपुरको जग्गा गुठी कै भएकोले सार्वजनिक सौचालय

पाँच देशका नवनियुक्त आवासीय राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं , असोज १४। नेपालका लागि नवनियुक्त पाँच देशका आवासीय राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।  राष्ट्रपति कार्यालयमा बुधबार आयोजित छुट्टाछुट्टै विशेष

जबरा नियन्त्रण प्रकरण : कानुनी आधार सार्वजनिक गर्न कांग्रेसको माग

काठमाडौं , असोज १४। नेपाली कांग्रेसले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुको कानुनी आधार र कारणबारे सरकारसँग जवाफ मागेको छ।बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस