पाथीभरा कुलिनरी आट्र्सका विद्यार्थीले दसैँको झझल्को यसरी देखाए

 

 

दमक, १५ असोज । दमकमा होटल म्यानेजमेन्ट अध्ययन गराउँदै आएको पाथीभरा कुलिनरी आट्र्सका विद्यार्थीहरूले बिहीबार दसैँ विशेष कार्यक्रम आयोजना गरेका छन्।

 

दसैँको भाव झल्काउने गरी विद्यार्थीहरूले चङ्गा बनाएर सजाएका थिए। कक्षाभित्रै पिङसमेत हालिएको थियो भने नौरथामा गरिने दुर्गा पूजाको धामसमेत निर्माण गरिएको थियो।

 

केराको थम्बा गाडेर, जमरा उमारेर र दसैँमा अग्रजबाट टीका लगाउँदाको झल्को दिने गरी विद्यार्थीहरूले कक्षाकोठालाई सजाएका थिए। त्यसैगरी, दसैँमा खाने विभिन्न परिकारका आफ्ना पाककला पनि उनीहरूले प्रदर्शन गरेका थिए।

 

कार्यक्रममा उपस्थित प्राध्यापक तथा अन्य अतिथिलाई विभिन्न परिकार खुवाउँदै विद्यार्थीहरूले आफ्नो प्रोजेक्ट वर्क पूरा गरेको कलेजका अध्यक्ष बलभद्र कोइरालाले जानकारी दिनुभयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा