भैरहवा नाकाबाट साढे २ करोडको अवैध सुनसहित काठमाडौंकी महिला पक्राउ

भैरहवा , असोज १५। भारतबाट नेपालतर्फ आउँदै गरेकी एक महिलाको साथबाट सशस्त्र प्रहरीले एक किलो सुन बरामद गरेको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित शान्तिगेट चेकप्वाइन्टमा विशेष सुराकीका आधारमा गरिएको जाँचका क्रममा ठूलो परिमाणमा सुनका गरगहनासहित प्रहरीले महिलालाई नियन्त्रणमा लिइएको हो ।सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म, डण्डा रुपन्देहीका सशस्त्र प्रहरी नायब उपरीक्षक गोपिकृष्ण भट्टराईको कमाण्डमा खटिएको सात सदस्यीय टोलीले बुधबार राति करिब ८ बजे भारतबाट नेपाल प्रवेश गर्दै गरेकी काठमाडौं महानगरपालिका–१९ की ४६ वर्षीया इला पटेललाई शंकास्पद अवस्थामा फेला पारेको थियो ।

त्यसपछि इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी नायब निरीक्षक लालबहादुर केसीको कमाण्डमा तीन प्रहरी सदस्यको टोलीसमेत बोलाएर संयुक्त रुपमा खानतलासी गर्दा उनको साथबाट सुनजस्तो देखिने पहेँलो धातुबाट निर्मित विभिन्न प्रकारका गरगहना बरामद भएको डण्डा रुपन्देहीका सशस्त्र प्रहरी नायब उपरीक्षक गोपिकृष्ण भट्टराइले बताए । भट्टराईका अनुसार बरामद गरगहनाको कुल तौल २ किलो ६०५ ग्राम रहेको थियो । त्यसलाई सुनचाँदी व्यवसायी संघ रुपन्देहीमार्फत परीक्षण गराउँदा त्यसमा एक किलो ग्राम सुन रहेको पुष्टि भएको हो । परीक्षणपछि सुनको मूल्य २ करोड ५१ लाख ९३ हजार ३५० रुपैयाँ कायम गरिएको उनले बताए । बरामद गरगहनामा विभिन्न डिजाइनका ९ वटा हार, ८१ वटा औँठी, १३ वटा चुरा, चारवटा माला, हसुली किसिमका आठवटा सिक्री, पत्थरसहितका २० वटा झुम्का, २४ वटा झुम्का, १४ वटा गोली औँठी, एकवटा लकेट (जन्तर), १७ वटा पोते तथा २४ वटा सिक्री रहेका छन् ।

त्यस्तै, १८८ जोर बाली तथा जुली, पत्थरसहितका ६४ जोर टप, २२ वटा नाकफूली, दुईवटा पत्थरवाला हार, १० वटा साना झुम्का, ११ जोर कानबाली र आठवटा ब्रेसलेट समेत बरामद भएको छ । सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएकी पटेल र बरामद गरगहनालाई आवश्यक कारबाहीका लागि असोज १५ गते भैरहवा भन्सार कार्यालय, रुपन्देहीमा बुझाएको जनाएको छ । भारतबाट नेपाल प्रवेश गर्ने मुख्य नाकामध्ये पर्ने बेलहिया क्षेत्रमा पछिल्लो समय अवैध रुपमा सुन तथा अन्य बहुमूल्य वस्तुको ओसारपसार नियन्त्रणका लागि सुरक्षा निकायले निगरानी बढाउँदै आएको छ । यस घटनामा बरामद सुनको स्रोत, भन्सार प्रक्रिया तथा ओसारपसारको उद्देश्यबारे थप अनुसन्धान र कारबाही भन्सार कार्यालयबाट हुने भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हिम्लुङ हिमालमा आज मात्रै ८ शव भेटिए, हिमपहिरोमा परी ज्यान गुमाउनेको संख्या १५ पुग्यो

काठमाडौँ , असोज १५ । मनाङको हिम्लुङ हिमालमा बिहीबार अपराह्न थप चार जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या १५ पुगेको छ। यसअघि आजै चार शव फेला

कांग्रेसको १५औँ महाधिवेशन : सहमहामन्त्री पदमा अहिलेसम्म पाँच नेताको दाबेदारी

काठमाडौं, असोज १५ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहमहामन्त्री पदमा आकांक्षीहरू खुल्न थालेका छन्।असोज १८ देखि २२ गतेसम्म काठमाडौंको खुला मञ्चमा हुने महाधिवेशनमा

महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने प्रसिद्ध झोलुङ्गे पुलमा क्षति, आवतजावत पूर्ण रूपमा ठप्प

दाङ, असोज १५ । सुदूरपश्चिमस्थित कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्त नगरलाई जोड्ने झोलुंगे पुलमा महाकालीको बाढीले क्षति पुर्‍याएपछि आवतजावत ठप्प भएको छ। दोधारा चाँदनी नगरपालिका–४

स्वदेशमै उत्पादित रासायनिक मलको बजार सुनिश्चितताका लागि नीतिगत बाटो खोजिँदै

काठमाडौं , असोज १५। नेपालमा रासायनिक मल कारखाना स्थापना भएपछि स्वदेशमै उत्पादित मलको बजार सुनिश्चित गर्न सरकारले आवश्यक कानुनी तथा नीतिगत व्यवस्था पहिचान गर्ने भएको

दुर्घटना न्यूनीकरणका लागि मकवानपुर ट्राफिक सक्रिय : राजमार्गमा विशेष जाँच अभियान सुरु

हेटौँडा , असोज १५। बाढी, पहिरो र वर्षाका कारण देशभरका विभिन्न सडकखण्ड जोखिमपूर्ण अवस्थामा रहेका बेला चाडपर्व नजिकिँदै गएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारीसाधनको

सेप्टेम्बरमा ८८ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए, गत वर्षको तुलनामा १२ प्रतिशतले वृद्धि

काठमाडौं , असोज १५। सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सावर्जनिक गरेको तथ्याङ्क अनुसार