प्रधानमन्त्रीशाह ‘बालेन’ को सचिवालय टिम २५ सदस्यीय

काठमान्डौ,१६ असोज । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ को सचिवालय टिम २५ सदस्यीय रहेको पाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको प्रधानमन्त्रीको सचिवालय टिम अन्तर्गत ३ जनालाई मन्त्री सरह सुविधा दिइएको छ ।

जसमा मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह र स्वास्थ्य सल्लाहकार प्रा।डा।जगदिश प्रसाद अग्रवाल रहेका छन् ।

मुख्य सल्लाहकार ब्यञ्जनकार र स्वास्थ्य सल्लाहकार अग्रवाल भने अवैतनिक अर्थात् तलब नलिइ काम काम गरेको उल्लेख गरिएको छ ।

यसैगरी २ जना सल्लाहकारलाई राज्यमन्त्री सरह सुविधा उपलब्ध गराइएको छ । जसमा नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुुदिप ढकाल र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र रहेका छन् ।

यता प्रमुख स्वकीय सचिव सुवास शर्मालाई रा।प विशिष्ट श्रेणी अर्थात् सचिव सरहको सुविधा दिइएको छ ।

नविन भण्डारी (स्वकीय सचिव) राज पत्र प्रथम श्रेणी वा सो सरह, सन्जिव पाण्डे (स्वकीय सहसचिव) राजपत्र प्रथम सरह, दिपा दाहाल (प्रेस तथा अनुसन्धान विज्ञ( राजपत्र प्रथम सरह, सन्तोष गिरी (कार्यक्रम तथा भ्रमण संयोजक) राजपत्र प्रथम सरह, विश्व राई (विज्ञ सामाजिक विकास) राजपत्र प्रथम सरह सेवासुविधा दिइएको छ ।

यसैगरी स्वकीय उपसचिवमा प्रकृति ढकाल (राजपत्र द्धितीय सरह), स्वकीय उपसचिवमा विशाल अधिकारी (राजपत्र द्धितीय सरह), सहायक विज्ञ (नागरिक उड्डयन) मा सुमन गौतम, (राजपत्र द्धितीय सरह), सहायक विज्ञ भाषा तथा मस्यौदामा रवि किरण अधिकारी (राजपत्र द्धितीय सरह), स्वकीय उपसचिवमा विनय शाक्य (राजपत्र द्धितीय सरह), सुरेश बजगाईँलाई स्वकीय शाखा अधिकृत (प्रेस सहजकर्ता) (राजपत्र तृतीय सरह), राजपत्र तृतीय श्रेणी वा सो सरह सुविधासहित स्वकीय शाखा अधिकृत (ग्राफिक्स डिजाइन) का लागि रोशन तामाङ, राजपत्र तृतीय श्रेणी वा सो सरह बेदानन्द जोशीलाई स्वकीय शाखा अधिकृतको जिम्मेवारी दिइएको छ ।

यता हेम नारायण चौधरीलाई राजपत्र तृतीय श्रेणी वा सो सरह सुविधासहित अनुसन्धान अधिकृतमा नियुक्ति दिइएको छ ।

यस्तै प्रशासन सहायकमा अनुप थापा मगर रा.प. अनं प्रथम सरह०, प्रशासन सहायकमा ऋषी थापा रा.प. अनं प्रथम सरह, रा.प. अनं प्रथम सरह सुविधा दिएर कम्युटर सहायक भिडियो ग्राफर मा अमृत पाण्डे, प्रशासन सहायकमा रा.प. अनं प्रथम सरह सुविधासहित राजकुमार गौतमलाई जिम्मेवारी दिइएको छ । यसैगरी प्रशासन सहायकमा बेनिस कार्की रहेका छन् । कार्कीलाई रा।प। अनं प्रथम सरह सुविधा दिइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मोटरसाइकल दुर्घटना,उपचारको क्रममा दुई जनाको मृत्यु

तनहुँ १८ असोज । तनहुँको भानु नगरपालिका(१० तल्लो मैदानमा आज भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४५

सुनसरी–४ को क्षेत्रीय सभापतिमा गफार अन्सारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा गफार अन्सारी सर्वसम्मत चयन भएका छन्। क्षेत्रीय नेतृत्वका लागि अन्सारी र मनोज साहबीच

शिक्षामन्त्री भन्नुहुन्छ,दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सर्दैन ढुक्क हुनुहोस्

कर्णाली १८ असोज । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नसर्नेमा ढुक्क हुन आग्रह गर्नुभएको छ । दशौं खेलकुदको मूल आयोजक समितिको

कोशी प्रदेशमा देउवा समूहका बलिया नेता डम्बर खड्का गगन टीममा, केन्द्रीय सदस्य लड्ने

काठमाडौं,१८ असोज । लामो समय शेर बहादुर देउवा निकट रहेर कांग्रेस राजनीतिमा सक्रिय इलाम जिल्ला सभापति डम्बर खड्काले १५ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी

सत्ता चलाउन होइन, देशका लागि राम्रो काम गर्न प्रतिस्पर्धा हुनुपर्छ : महासचिव राई

काठमाडौं ,१८ असोज। श्रम संस्कृति पार्टीका महासचिव आर्यन राईले राजनीतिक दलहरूबीच सत्ता कति वर्ष चलाउने भन्ने प्रतिस्पर्धाभन्दा देशका लागि कसले राम्रो काम गर्ने भन्ने प्रतिस्पर्धा

कांग्रेस महाधिवेशनका लागि १५ समिति गठन

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न १५ वटा समिति गठन गरेको छ । काठमाडौंको खुलामञ्चमा आजदेखि हुन लागेको महाधिवेशन केन्द्रीय