प्रथम भेट्रान च्यालेन्ज कप–२०८३

दमक रातोलाई २–० ले हराउँदै बिर्तामोड भेट्रान बन्यो च्याम्पियन

उपाधिसँगै बिर्तामोड भेट्रानले १ लाख १ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ।

 

दमक, २१ असोज । पहिलो हाफमै दुई गोल। दोस्रो हाफमा त्यसलाई जोगाउने उत्कृष्ट प्रदर्शन। यही प्रदर्शनका साथ बिर्तामोड भेट्रानले कोशी प्रदेश जिल्ला स्तरीय प्रथम भेट्रान च्यालेन्ज कप–२०८३ को उपाधि जितेको छ।

 

दमक–२ स्थित बेलडाँगी खेलमैदानमा बुधबार भएको फाइनलमा बिर्तामोड भेट्रानले आयोजक दमक भेट्रान रातोलाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि आफ्नो नाममा लेखाएको हो।बिर्तामोडको जितमा प्रवेश कटुवाल र रविन राई नायक बने।

 

खेलको १७औँ मिनेटमा जर्सी नम्बर ७ काकटुवालले गोल गर्दै बिर्तामोडलाई १–० को अग्रता दिलाए। सुरुआती अग्रतापछि थप आक्रामक देखिएको बिर्तामोडले २८औँ मिनेटमा अग्रता दोब्बर बनायो।

जर्सी नम्बर ५ का रविन राईले गोल गर्दै बिर्तामोडलाई २–० को बलियो अवस्थामा पुर्‍याए।

पहिलो हाफमै दुई गोलको अग्रता बनाएको बिर्तामोडले दोस्रो हाफमा भने रक्षात्मक रणनीति अपनाउँदै दमक रातोका आक्रमणलाई रोक्यो। घरेलु मैदानको फाइदा उठाउँदै दमकले गोल फर्काउने प्रयास गरे पनि बिर्तामोडको रक्षापंक्ति तोड्न सकेन।

 

अन्ततः पहिलो हाफमा गरेको दुई गोल नै बिर्तामोडका लागि उपाधि जिताउन पर्याप्त बन्यो।

उपाधिसँगै बिर्तामोड भेट्रानले १ लाख १ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ। विजेताले ट्रफी, मेडल र प्रमाणपत्रसमेत पाएको छ।

उपविजेता दमक भेट्रान रातोले ५१ हजार रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

 

दमक भेट्रान फुटबल क्लबका अध्यक्ष गजेन्द्र देवानको अध्यक्षतामा प्रतियोगिता सञ्चालन गरिएको हो। प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाका भेट्रान टोलीहरूको सहभागिता रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापा ५ मा युवामय हुँदै देउवापक्षीय कांग्रेस

वडा तहमा भएको नेतृत्व चयनको परिणामले कांग्रेसभित्र पुस्तान्तरणको बहसलाई थप बल दिएको छ भने संस्थापन इतर समूहको संगठनात्मक सक्रियता पनि चर्चामा आएको छ।

पाँचथरमा अवैध काठसहित दुई ट्रक नियन्त्रणमा

पाँचथर ,२१ असोज । पाँचथरको मिक्लाजुङ गाउँपालिका–६, कन्याटार बजारबाट प्रहरीले अवैध काठ लोड गरिएका दुईवटा ट्रक नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय खान्द्रुङबाट खटिएको टोलीले