कांग्रेसको १५औँ महाधिवेशनमा मतदान शुक्रबार बिहान ७ बजेदेखि मात्रै

काठमाडौँ ,२२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदान शुक्रबार बिहानदेखि मात्रै शुरू हुने भएको छ। खराब मौसम र प्राविधिक कारणसँगै ढिला मतदान शुरू गर्दा रातिमा मतदातालाई कठिन हुने भएकाले शुक्रबार बिहान ७ बजेदेखि मात्रै मतदान थालिने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले मिडिया ब्रिफिङमा जानकारी दिनु भयो । उहाँले उम्मेदवार र मतदाता धेरै भएका कारण मतपत्र छपाइमा ढिलाई भएकाले शुक्रबार बिहान ७ बजे देखि दिउँसो ३ बजेसम्म मतदान हुने बताउनु भयो । महाधिवेशन प्रतिनिधिको संख्या ७ हजार ३ सय १७ रहेको पनि सदस्य सचिव कटुवालले बताउनु भयो।

 

निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले आवश्यक तयारी सबै सकिएको तर साँझमा मतदान शुरू गर्दा रातभर मतदातालाई अप्ठेरो पर्ने भएकाले त्यसलाई मध्यनजर गर्दै शुक्रबार बिहानदेखि नै थालिने बताउनु भयो ।उहाँले मतपत्र धेरै भएकाले आफूसँगै ३२ जना वरिष्ठ अधिवक्ताहरूले मतपत्रमा हस्ताक्षर गरिरहेको बताउनु भयो ।
शुक्रबारको बसाई र खानाको खर्च पार्टीकै

आर्थिक व्यवस्थापन समितिका संयोजक उमेश श्रेष्ठले महाधिवेशन एक दिन लम्बिएको भन्दै महाधिवेशन प्रतिनिधिको शुक्रबारको होटल बसाई खर्च र खाना खर्च पार्टीले नै बेहोर्ने बताउनु भयो ।

कुन प्रदेशका प्रतिनिधिले कहाँ मतदान गर्ने ?

निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको सहजताका लागि विभिन्न मतदान केन्द्र तोकेको छ। प्रतिनिधिहरूले आफूलाई तोकिएको प्रदेश तथा समूहअनुसार सम्बन्धित मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ।

राष्ट्रिय सभा गृह, मतदान केन्द्र ‘क’ — बागमती प्रदेश
खुलामञ्च, मतदान केन्द्र ‘ख’ — कोशी प्रदेश तथा तराई–मधेस समूह
हिमाल हल — गण्डकी प्रदेश
तराई–मधेस हल — मधेश प्रदेश
पहाड हल — लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधि

निर्वाचन समितिका अनुसार महाधिवेशनमा सहभागी ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्नेछन्।

परिचयपत्र र मतदाता नामावली रुजु गरिने

निर्वाचन समितिले मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूलाई आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गई मतदान गर्न आग्रह गरेको छ। मतदान गर्नुअघि प्रत्येक प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिनेछ। रुजु प्रक्रिया पूरा भएपछि मात्रै प्रतिनिधिलाई मतदान गर्ने व्यवस्था गरिएको छ। निर्वाचन समितिले मतदानस्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लिएर प्रवेश गर्न नपाइने जनाएको छ। प्रतिनिधिहरूले निर्वाचन समितिले तोकेको प्रक्रिया पूरा गरेर मात्रै मतदान गर्न पाउनेछन्।

उम्मेदवारी प्रक्रिया पूरा

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी दर्ता, दाबी–विरोध तथा उम्मेदवारी फिर्ताको प्रक्रिया पूरा भइसकेको छ। सो प्रक्रिया सम्पन्न भएपछि निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावलीसमेत सार्वजनिक गरिसकेको छ। अब मतदानमार्फत सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा विभिन्न समूहका केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। विभिन्न पदमा परेको उम्मेदवारीअनुसार महाधिवेशन प्रतिनिधिले सम्बन्धित मतपत्रमा मतदान गर्नेछन्।

मतदानपछि मतगणना

निर्वाचन समितिले मतदान सम्पन्न भएपछि मतगणना शुरू गर्ने जनाएको छ। मतदान सकिएपछि मतपेटिका सुरक्षित रूपमा व्यवस्थापन गरी आवश्यक प्रक्रिया पूरा गरेर मतगणना अघि बढाइनेछ। मतगणना सम्पन्न भएपछि निर्वाचन परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ। त्यससँगै कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ केन्द्रीय नेतृत्व चयन हुनेछ।१५औँ महाधिवेशनले विधान संशोधन गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ। नयाँ संरचनाअनुसार निर्वाचित हुने पदाधिकारी तथा केन्द्रीय सदस्यले आगामी कार्यकालका लागि पार्टीको नेतृत्व सम्हाल्नेछन्।

महाधिवेशनको निर्वाचनमा सभापतिसहित प्रमुख पदमा प्रतिस्पर्धा रहेकाले शुक्रबार हुने मतदानलाई कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महत्वपूर्ण मानिएको छ। प्रतिनिधिहरूको मतदानपछि आउने परिणामले पार्टीको आगामी राजनीतिक दिशा र संगठनात्मक नेतृत्वसमेत तय गर्नेछ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नुवाकोटमा मोटरसाइकल दुर्घटना : ३ जनाको मृत्यु

नुवाकोट,२३ कार्तीक । नुवाकोटको विदुरमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीनै जनाको मृत्यु भएको छ । सोमबार बिहान विदुर नगरपालिका–९ स्थित खड्कथोकमा मोटरसाइकल सडकबाट

३५ वर्षमा केही भएन भन्ने भाष्य भ्रमपूर्ण छ: महेश बस्नेत

काठमाडौं,२३ कात्तिक । नेकपा एमालेका सचिव महेश बस्नेतले पछिल्लो समय केही नयाँ भनिएका राजनीतिक शक्तिहरूले ३५ वर्षमा देशमा केही भएन भन्दै भ्रमपूर्ण भाष्य निर्माण गरिरहेको

आखाँको प्रमुख असर,स्वस्थ राख्ने उपायहरू

मोबाइल तथा डिजिटल स्क्रिनको अत्यधिक प्रयोगले आँखाको समग्र स्वास्थ्यमा प्रत्यक्ष र गम्भीर असर पार्छ। लामो समयसम्म नरोकिकन मोबाइल हेरिरहँदा आँखाको बाहिरी सतहदेखि भित्री मांसपेशी र

एन्टिबायोटिक के हो र यसले कहिले काम गर्छ?

सामान्य रुघाखोकी, ज्वरो वा हल्का घाँटी दुख्नेबित्तिकै नजिकैको फार्मेसी पुगेर एन्टिबायोटिक किनेर खाने चलन नेपाली समाजमा निकै बढ्दो छ। तर, चिकित्सकको उचित जाँच र सिफारिसबिना

श्रीमती र भारतीय प्रेमी मिलेर पतिको हत्या

मोरङ,२३ कार्तीक । विवाहेत्तर प्रेम सम्बन्धबारे थाहा पाएपछि मोरङको जहदामा एक पुरुषको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आफ्नै श्रीमती र उहाँका भारतीय

झापाको अर्जुनधारामा आगलागी : ग्वाली नष्ट, एक घाइते

झापा, २३ कात्तिक । झापाको अर्जुनधारामा आगलागी हुँदा ग्वाली जलेर नष्ट भएको छ ।आज बिहान ११ः४० बजे अर्जुनधारा ९ स्थित मगर टोल बस्ने मकरध्वज थापाको

नेपालमा आईटी र एआईको उच्च सम्भावना छ : सन्दीप नेलवाल

काठमाडौं ,२३ कार्तीक। ग्लोबल ब्लकचेन नेटवर्क पोलिगनका सह–संस्थापक सन्दीप नेलवालले नेपालमा सूचना प्रविधि आईटी तथा आर्टिफिसियल इन्टेलिजेन्स एआई क्षेत्रको सम्भावना उच्च रहेको बताँउनु भएको छ।