झापामा जङ्गली हात्तीको आक्रमण बढ्दो, बस्तीमा त्रास

झापा,२७ कार्तीक । झापामा जङ्गली हात्तीको आवागमन र आक्रमणका घटना बढ्दै जाँदा मानव–हात्ती द्वन्द्व चुनौतीपूर्ण बन्दै गएको छ। भारतसँग सीमा जोडिएको मेचीनगरको सतिघट्टा नाकाबाट जङ्गली हात्तीको ठूलो समूह नेपाल प्रवेश गरेपछि सीमावर्ती क्षेत्रदेखि जिल्लाका विभिन्न वन तथा बस्ती आसपासका क्षेत्रमा जोखिम बढेको हो।जिल्लाको बुद्धशान्ति गाउँपालिका–२ बिहानी टोलमा आज शुक्रबार बिहान जङ्गली हात्तीको आक्रमणबाट मोटरसाइकल चालक घाइते भएका छन्। तीनतले सामुदायिक वनबाट निस्किएको हात्तीले मोटरसाइकलमाथि आक्रमण गर्दा स्थानीय ५६ वर्षीय डिल्लीबहादुर पौडेल घाइते हुनु भएको हो ।

 

बिहानी टोलबाट बुधबारेतर्फ जाँदै गरेको मे ३ प ६८६७ नम्बरको मोटरसाइकललाई हात्तीले आक्रमण गरेको थियो। आक्रमणबाट पौडेलको छातीमा चोट लागेको छ। उहाँलाई उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा भर्ना गरिएको छ।यसैबीच, मेचीनगर नगरपालिका–७ को सतिघट्टा नाकाआसपासको क्षेत्रबाट जङ्गली हात्ती नेपाल प्रवेश गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनु भयो ।केही दिनयता बाहुनडाँगी, प्रसाद गौडा, काँकरभिट्टा र सीमावर्ती क्षेत्रमा १२ वटाभन्दा बढीको सङ्ख्यामा हात्ती देखिएको स्थानीयले बताएका छन्। हात्तीको ठूलो समूह बस्ती आसपास देखिन थालेपछि स्थानीयवासीमा त्रास बढेको मेचीनगर नगरपालिका–७ का वडाध्यक्ष पहलाद ओलीले बताँउनु भयो ।

 

हात्तीको समूहले स्थानीय बस्तीमा प्रवेश गरी घरगोठ तथा बालीनालीमा क्षति पु¥याउन सक्ने जोखिम रहेको उहाँको भनाइ छ। हात्तीको आवागमन बढेपछि स्थानीयवासीलाई रातिको समयमा आवतजावत गर्न समेत समस्या भइरहेको छ।मेचीनगर नगरपालिकाका प्रमुख गोपाल बुढाथोकीले जङ्गली हात्तीलाई भारततर्फ नै फर्काउन भारतीय प्रहरीसमेत परिचालित भएको जानकारी दिनु भयो ।नेपाल र भारतका सुरक्षा निकाय तथा सम्बन्धित पक्षबीच समन्वय गरेर हात्तीलाई बस्तीमा पस्न नदिन प्रयास भइरहेको उहाँले बताँउनु भयो ।डिभिजन वन कार्यालय झापाका अनुसार जिल्लामा मानव–हात्ती द्वन्द्वको समस्या लामो समयदेखि रहँदै आएको छ। विसं २०६७ असार ३ देखि २०८३ असार मसान्तसम्म जङ्गली हात्तीको आक्रमणबाट ८० जनाले ज्यान गुमाइसकेका छन्। मृत्यु हुनेमा ७० नेपाली र १० गैरनेपाली नागरिक रहेका छन्।सोही अवधिमा मानव–हात्ती द्वन्द्वका कारण २८ वटा जङ्गली हात्तीको समेत मृत्यु भएको कार्यालयले बताएको छ। आर्थिक वर्ष २०८२÷८३ मा मात्रै हात्तीको आक्रमणबाट छ जनाको मृत्यु भएको थियो भने १७ जना गम्भीर घाइते भएका थिए।

 

हात्तीको आक्रमणबाट ज्यान गुमाउनेमा झापाका विभिन्न स्थानीय तहका नागरिक रहेका छन्। मेचीनगर–९ की पेना किसान, दमक–३ का गणेशप्रसाद अधिकारी, मेचीनगर–१३ का खम्बासिंह कार्की, भद्रपुर–९ का रामबहादुर बुर्जा र कनकाईका कृष्णबहादुर भुजेलले ज्यान गुमाएको डिभिजन वन कार्यालयले जानकारी दिएको छ।त्यस्तै, पछिल्ला घटनामा मेचीनगर–४ की पद्मा पौडेल र बरहदशी गाउँपालिका–२ की लुजुमा खातुनले समेत जङ्गली हात्तीको आक्रमणबाट ज्यान गुमाँउनु भयो ।मानवीय क्षतिसँगै हात्तीबाट घरगोठ, पशुधन, भण्डारण गरिएको अन्न र खेतीपातीमा समेत ठूलो क्षति पुग्दै आएको छ। आर्थिक वर्ष २०८२÷८३ मा मात्रै हात्तीबाट पीडित बनेका नागरिकलाई राहत तथा क्षतिपूर्तिबापत करिब दुई करोड रुपैयाँ वितरण गरिएको डिभिजन वन कार्यालय झापाले बताएको छ । सो अवधिमा १५ वटा पशुधन, १ सय ९१ स्थानमा भण्डारण गरिएको अन्न र २ सय ६८ घरगोठमा क्षति पुगेको थियो।

 

वन क्षेत्रको अतिक्रमण, हात्तीको परम्परागत जैविक मार्ग अवरुद्ध हुनु, बस्ती विस्तार तथा वन क्षेत्रमा आहारा र पानीको अभाव हुनु मानव–हात्ती द्वन्द्व बढ्नुका प्रमुख कारण मानिएका छन्।हात्तीको आवागमन हुने क्षेत्रमा पूर्वसूचना प्रणाली प्रभावकारी बनाउने, सामुदायिक वनका उपभोक्ता र सुरक्षा निकायबीच समन्वय बढाउने तथा जोखिमयुक्त क्षेत्रमा निगरानी गर्ने कामलाई प्राथमिकता दिनुपर्ने देखिएको छ।वन्यजन्तुको संरक्षणसँगै नागरिकको जीउधनको सुरक्षा गर्नु अहिले जिल्लाका लागि चुनौती बनेको छ। सीमावर्ती क्षेत्रमा हात्तीको ठूलो समूह देखिन थालेपछि स्थानीय प्रशासन, वन कार्यालय, सुरक्षा निकाय र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक देखिएको हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अस्ट्रेलियामा ३० भन्दा बढी रेस्टुरेन्ट सरकारी निगरानीमा

  मेलबर्न,२७ कार्तीक । अस्ट्रेलियाको मेलबर्न सहरको व्यस्त व्यापारिक क्षेत्रमा सञ्चालित ३० भन्दा बढी रेस्टुरेन्ट, क्याफे तथा फास्टफुड व्यवसाय सरकारी निकायको निगरानीमा परेका छन्। कर्मचारीलाई

छुवाछूतविरुद्धको आन्दोलनमा जेनजी अगुवा मिराज ढुंगानाको ऐक्यबद्धता

काठमाडौँ,२७ कार्तीक । सरकार, कोठा खाली छ?’ भन्ने नारासहित काठमाडौंको माइतीघर मण्डलामा लामो समयदेखि जारी जातीय विभेद तथा छुवाछूतविरुद्धको प्रदर्शनमा जेनजी अगुवा मिराज ढुंगाना पनि

छठ पूजाको आज पहिलो दिन, बेहुलीझैँ सिँगारिँदै वीरगन्जका छठघाट

वीरगन्ज,२७ कात्तिक । आस्था, विश्वास, भाइचारा र प्रकृतिपूजाको पर्वका रूपमा मनाइने छठ महापर्व आजदेखि सुरु भएको छ। व्रतालुहरूले पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधि पूरा गरेसँगै

लगातार दुई दिन छठ पर्वका अवसरमा सार्वजनिक बिदा

काठमाडौं ,२७ कात्तिक। नेपाल सरकारले छठ पर्वको अवसरमा आगामी सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै

केराबारीको जंगलमा महिलाको शव फेला, प्रहरीद्वारा अनुसन्धान सुरु

मोरङ,२७ कार्तीक । मोरङका जंगल क्षेत्रमा लगातार शव फेला पर्न थालेका छन्। यस्ता घटनाले जिल्लाको सुरक्षा अवस्थाबारे चासो बढाएको छ।विराटनगरका रेस्टुरेन्ट व्यवसायी मनोज खत्री जंगलमा

एमाले राष्ट्रिय कार्यकर्ता भेलाको तयारी तीव्र, उल्लासमय सहभागिता जुट्ने नेताहरूको रिपोर्टिङ

काठमाडौं,२७ कार्तीक। नेकपा (एमाले) ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलालाई भव्य, व्यवस्थित र उत्साहपूर्ण बनाउन तयारी तीव्र

विद्युतीय माइक्रोको सिट र रुट परमिट निर्णय माथि छानबिन गर्न महासंघको माग

काठमाडौं,२७ कार्तीक । विद्युतीय माइक्रोबसको सिट क्षमता परिवर्तन, रुट परमिट वितरण र रात्रिकालीन सेवा सञ्चालनसम्बन्धी निर्णयमाथि निष्पक्ष छानबिन गर्नुपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष