देशभर छठ मनाइँदै, आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

काठमाडौं,२९ कार्तीक । आज देशभर सूर्यदेवको आराधना, प्रकृतिप्रतिको सम्मान तथा पारिवारिक सुखसमृद्धिको कामनासहित छठ पर्व मनाइँदैछ । चार दिनसम्म विभिन्न धार्मिक विधि पूरा गरी मनाइने पर्वको मुख्य दिन आज व्रतालुले अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दैछन् ।विशेषगरी तराई–मधेश क्षेत्रमा मनाइने छठ पर्व पछिल्लो समय पहाडी तथा हिमाली क्षेत्रमा समेत विस्तार हुँदै गएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सुरु हुने पर्व सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न हुन्छ ।

 

पर्वको पहिलो दिन ‘नहाय–खाय’ मा व्रतालुले स्नान गरी घरआँगन सफा गर्ने र सात्त्विक भोजन ग्रहण गर्छन् । दोस्रो दिन ‘खरना’ मा दिनभरि उपवास बसेर साँझ दूध, चामल र सख्खरबाट तयार पारिएको खीर प्रसादका रूपमा ग्रहण गरिन्छ ।आज षष्ठीका दिन व्रतालुहरू नदी, खोला, पोखरी तथा जलाशयका किनारमा निर्माण गरिएका घाटमा पुगेर कम्मरसम्म पानीमा उभिई अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्छन् । ‘सन्ध्या अघ्र्य’ भनिने यस विधिमा सूर्यदेवको पूजा आराधना गरी परिवारको सुख, शान्ति र समृद्धिको कामना गरिन्छ । रातभर घाटमा भजनकीर्तन तथा पूजाआराधना गर्ने परम्परा पनि छ ।पर्वको अन्तिम दिन सप्तमीका बिहान उदाउँदो सूर्यलाई ‘उषा अघ्र्य’ अर्पण गरिन्छ । त्यसपछि व्रतालुले प्रसाद ग्रहण तथा वितरण गरी चारदिने व्रत समापन गर्छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

छठघाटमा सुरक्षा कडा, महँगा गहना नलगाउन पर्सा प्रहरीको आग्रह

वीरगञ्ज,२९ कार्तीक । पर्सा प्रहरीले वीरगञ्ज लगायत जिल्लाका सम्पूर्ण छटघाटहरूमा सुरक्षा व्यवस्था कडा पारेको छ । बर्दीधारी पुलिससँगै सादा पोशाकमा पनि प्रहरीले प्रहरी परिचालन गरिएको

अमेरिकामा १५ हजारभन्दा बढी हवाई उडान रद्द, १० लाख यात्रु प्रभावित

काठमाडौं ,२९ कार्तीक। अमेरिकामा देशव्यापी हवाई उडान रोकिएको घटनाको असर अझै सामान्य हुन सकेको छैन । चार घण्टासम्म देशभरका उडान रोकिएपछि उत्पन्न अवरोधका कारण हजारौं

कर्णालीद्वारा चितवनलाई १५४ रनको लक्ष्य

काठमाडौं,२९ कार्तीक । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १५४ रनको लक्ष्य दिएको छ

दुर्घटनापछि ‘जलाकी’ को मुख्य भूमिकामै फर्किए सोनम तोप्देन

काठमाडौं,२९ कार्तीक । गायकबाट अभिनेतासम्मको यात्रा तय गरेका सोनम तोप्देनका लागि सिनेमा ‘जलाकी’ एउटा विशेष प्रोजेक्ट बनेको छ । दुर्घटनाका कारण बीचमै छाड्नुपरेको यही सिनेमामा

नेपाल–भारत सीमामा ड्युटीकै क्रममा भारतीय एसएसबी जवानको मृत्यु

दिघलबैंक ,२९ कात्तिक । नेपाल–भारत सीमामा तैनाथ सशस्त्र सीमा बल (एसएसबी) का एक जवानको ड्युटीकै बेला मृत्यु भएको छ ।सशस्त्र सीमा बल (एसएसबी) का १२

छठलाई राष्ट्रिय पर्वका रूपमा स्थापित गर्न प्रभु साहको माग

काठमाडौं ,२९ कार्तीक। आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले आस्थाको महान पर्व छठलाई राष्ट्रिय पर्वको रूपमा स्थापित गरि अन्तर्राष्ट्रियकरण गर्नुको साटो अहिले क्षेत्रीय

एमाले प्रचार विभागका अनुसार मंसिर २ देखि राष्ट्रिय भेला र केन्द्रीय कमिटी बैठक

काठमाडौं,२९ कार्तीक । नेकपा (एमाले)ले आगामी मंसिर २ देखि ५ गतेसम्म तीनवटा महत्त्वपूर्ण केन्द्रीय कार्यक्रम आयोजना गर्ने भएको छ ।पार्टीले मंसिर २ र ३ गते