इन्धन अभावले सुडानको अर्थतन्त्र संकटमा

काठमाडौं ,२९ कार्तीक। इन्धनको निरन्तर अभावले अफ्रिकी मुलुक सुडानको कमजोर अर्थतन्त्रमा थप दबाब सिर्जना गरेको छ । इन्धन आपूर्ति अनियमित हुँदा उद्योग, कृषि तथा व्यापार क्षेत्रको उत्पादन र व्यावसायिक गतिविधि प्रभावित भएका छन् ।सुडानको पोर्ट सुडानस्थित सवारीसाधन मर्मत केन्द्रमा इन्धन अभावका कारण उपकरण सञ्चालन, सवारीसाधन परीक्षण र पार्टपुर्जा ढुवानीमा समस्या देखिएको छ । उक्त मर्मत केन्द्रमा एक दर्जनभन्दा बढी कर्मचारीले सवारीसाधन तथा भारी उपकरण मर्मत गरेर जीविकोपार्जन गर्दै आएका छन् । तर इन्धनको अनिश्चित आपूर्तिले उनीहरूको नियमित काम प्रभावित भएको छ ।

 

स्थानीय सवारी मर्मत केन्द्रका प्रमुख यासेर बुखारीका अनुसार उपकरण परीक्षणदेखि इन्जिन तथा अन्य पार्टपुर्जाको सफाइ र मर्मत सम्भारसम्मका लागि इन्धन आवश्यक पर्छ । इन्धन नहुँदा मर्मतसम्बन्धी काम नियमित रूपमा गर्न कठिन भएको उहाँले बताँउनु भयो ।इन्धन अभावले विद्युत् आपूर्तिमा समेत थप दबाब सिर्जना गरेको छ । विद्युतमा निर्भर उपकरण प्रयोग गर्ने उद्योगहरू अनियमित विद्युत् आपूर्तिका कारण उत्पादन रोक्न बाध्य भएका छन् । विद्युत् कटौती हुँदा कारखानाका अधिकांश काम ठप्प हुने र उत्पादन प्रक्रिया पछाडि धकेलिने गरेको स्थानीय कामदार मोहम्मद सुलेमानले बताँउनु भयो ।

 

उहाँको अनुसार इन्धन अभावका कारण उद्योगहरूले कालोबजारबाट महँगो मूल्यमा इन्धन खरिद गर्नुपर्ने अवस्था छ । महँगो इन्धन र अनियमित विद्युत् आपूर्तिले उत्पादन लागत बढाउनुका साथै उद्योग सञ्चालनमा कठिनाइ थपेको छ ।इन्धन अभावको असर व्यापार क्षेत्रमा पनि परेको छ । सुडान इन्धनका लागि आयातमा निर्भर रहेकाले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा आन्तरिक बजारमा समेत लागत बढेको छ । इन्धनको मूल्य वृद्धिले वस्तु खरिद, ढुवानी र वितरण खर्च बढाएको छ । त्यसको प्रत्यक्ष असर उपभोक्ता मूल्यमा परेको छ ।

 

स्थानीय व्यवसायी अब्दल्लाह हसनका अनुसार पछिल्लो तीन महिनामा फलफूलको मूल्य झण्डै चार गुणाले बढेको छ । इन्धनको मूल्य वृद्धिले सामान ढुवानी महँगो बनाएको र बजारमा वस्तुको मूल्य बढ्दा उपभोक्ताको खरिद क्षमता कमजोर भएको उहाँले बताँउनु भयो । वस्तुको मूल्य निरन्तर बढ्दा व्यापार सञ्चालन गर्नसमेत कठिन हुँदै गएको हसनको भनाइ छ । यसले इन्धन अभावको असर उत्पादन र उद्योगमा मात्र सीमित नरही आपूर्ति प्रणाली, बजार मूल्य र सर्वसाधारणको दैनिक जीवनसम्म पुगेको देखाएको छ । सीसीटीभी प्लस

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

छठघाटमा सुरक्षा कडा, महँगा गहना नलगाउन पर्सा प्रहरीको आग्रह

वीरगञ्ज,२९ कार्तीक । पर्सा प्रहरीले वीरगञ्ज लगायत जिल्लाका सम्पूर्ण छटघाटहरूमा सुरक्षा व्यवस्था कडा पारेको छ । बर्दीधारी पुलिससँगै सादा पोशाकमा पनि प्रहरीले प्रहरी परिचालन गरिएको

अमेरिकामा १५ हजारभन्दा बढी हवाई उडान रद्द, १० लाख यात्रु प्रभावित

काठमाडौं ,२९ कार्तीक। अमेरिकामा देशव्यापी हवाई उडान रोकिएको घटनाको असर अझै सामान्य हुन सकेको छैन । चार घण्टासम्म देशभरका उडान रोकिएपछि उत्पन्न अवरोधका कारण हजारौं

कर्णालीद्वारा चितवनलाई १५४ रनको लक्ष्य

काठमाडौं,२९ कार्तीक । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १५४ रनको लक्ष्य दिएको छ

दुर्घटनापछि ‘जलाकी’ को मुख्य भूमिकामै फर्किए सोनम तोप्देन

काठमाडौं,२९ कार्तीक । गायकबाट अभिनेतासम्मको यात्रा तय गरेका सोनम तोप्देनका लागि सिनेमा ‘जलाकी’ एउटा विशेष प्रोजेक्ट बनेको छ । दुर्घटनाका कारण बीचमै छाड्नुपरेको यही सिनेमामा

नेपाल–भारत सीमामा ड्युटीकै क्रममा भारतीय एसएसबी जवानको मृत्यु

दिघलबैंक ,२९ कात्तिक । नेपाल–भारत सीमामा तैनाथ सशस्त्र सीमा बल (एसएसबी) का एक जवानको ड्युटीकै बेला मृत्यु भएको छ ।सशस्त्र सीमा बल (एसएसबी) का १२

छठलाई राष्ट्रिय पर्वका रूपमा स्थापित गर्न प्रभु साहको माग

काठमाडौं ,२९ कार्तीक। आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले आस्थाको महान पर्व छठलाई राष्ट्रिय पर्वको रूपमा स्थापित गरि अन्तर्राष्ट्रियकरण गर्नुको साटो अहिले क्षेत्रीय

एमाले प्रचार विभागका अनुसार मंसिर २ देखि राष्ट्रिय भेला र केन्द्रीय कमिटी बैठक

काठमाडौं,२९ कार्तीक । नेकपा (एमाले)ले आगामी मंसिर २ देखि ५ गतेसम्म तीनवटा महत्त्वपूर्ण केन्द्रीय कार्यक्रम आयोजना गर्ने भएको छ ।पार्टीले मंसिर २ र ३ गते