दुई नेताको हत्यापछि बंगलादेशमा राजनीतिक हिंसा, दर्जनौँ घरमा तोडफोड र आगजनी

काठमाडौं ,६ मंसिर। बंगलादेशमा दुई विपक्षी नेताको हत्यापछि राजनीतिक हिंसा चर्किएको छ । बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) सम्बद्ध व्यक्तिहरूले अवामी लिगका नेता तथा कार्यकर्ताका घर र पसलमा तोडफोड तथा आगजनी गरेको आरोप लागेको छ ।नराइल जिल्लाको कालिया उपजिल्लास्थित बेन्दर चार गाउँमा शुक्रबार दिउँसो सुरु भएको आक्रमण रातिसम्म जारी रहेको थियो । आक्रमणकारीले गतिविधिमा प्रतिबन्ध लगाइएको अवामी लिगका नेता तथा कार्यकर्तासँग सम्बन्धित सम्पत्तिलाई निशाना बनाएका थिए । आक्रमणमा पूर्वसांसद बीएम कबिरुल हक मुक्तिको र्पुख्यउली घर र कालिया नगरपालिकाका पूर्वमेयर फकिर मुसफिकुर रहमान लिटनको निवाससमेत परेको छ ।

 

अग्नि नियन्त्रण सेवाका अनुसार करिब २० देखि २५ घरपरिवारका ५० भन्दा बढी आवासीय संरचनामा आगलागीबाट क्षति पुगेको छ । बजारका केही पसलमा पनि आगजनी गरिएको छ । यद्यपि, स्थानीय प्रशासनले १५ देखि २० घरमा तोडफोड भएको र केही संरचनामा आगो लगाइएको जनाएको छ ।गत बुधबार बीएनपीसम्बद्ध दुई नेताको हत्या भएपछि हिंसा भड्किएको हो । कालिया नगरपालिका कृषक दलका महासचिव साहिन मोल्लाह र जातीयतावादी सामाजिक सांस्कृतिक संगठन (जासास) का कालिया उपजिल्ला इकाइका महासचिव सोहेल मोल्लाह माथि बेन्दर चारको बटटोला चोकमा मोटरसाइकल ¥यालीका क्रममा आक्रमण भएको थियो । गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि खुल्नाका अस्पताल लगिएको थियो, जहाँ उनीहरूको मृत्यु भएको थियो ।

 

स्थानीयले शुक्रबारको आक्रमणमा बीएनपीसम्बद्ध व्यक्तिहरू संलग्न रहेको आरोप लगाए पनि स्थानीय बीएनपी नेताहरूले त्यसलाई अस्वीकार गरेका छन् । कालिया उपजिल्ला बीएनपीका महासचिव एसएम वाहिदुज्जमान मिलुले पार्टीका नेता तथा कार्यकर्ताले आगजनी आयोजना वा सहभागिता जनाएको भन्ने आरोप अस्वीकार गरेका छन् ।प्रहरीका अनुसार शुक्रबार साँझ हत्या भएका नेताका आफन्तसहित आक्रोशित समूह गाउँमा भेला भएर हत्यामा संलग्न रहेको आरोप लागेका अवामी लिगका कार्यकर्ताका घरमा आक्रमण गरेको थियो । स्थिति नियन्त्रणमा लिन थप प्रहरी परिचालन गरिएको थियो ।यसैबीच, नराइल प्रहरीले हिन्दू समुदायका घर तथा व्यवसायमा आक्रमण भएको भन्ने सामाजिक सञ्जालका दाबीलाई अस्वीकार गरेको छ । प्रहरीले त्यस्ता दाबी भ्रामक रहेको र पुराना तथा कृत्रिम बुद्धिमत्ता (एआई) बाट तयार गरिएका भिडियो प्रयोग गरेर घटनालाई गलत रूपमा प्रस्तुत गरिएको जनाएको छ ।

 

पूर्वप्रधानमन्त्री शेख हसिनाको आगामी डिसेम्बरमा स्वदेश फर्किने चर्चाबीच बंगलादेशमा राजनीतिक तनाव थपिएको छ । हिंसात्मक घटनापछि सीमा सुरक्षा बल (बीजीबी) ले विभिन्न जिल्लामा शान्ति सुरक्षा कायम गर्न ९६ प्लाटुन सुरक्षाकर्मी परिचालन गरेको छ ।यसैबीच, भारतीय विदेश मन्त्रालयले बंगलादेशको आन्तरिक राजनीतिक घटनाक्रमबारे टिप्पणी नगर्ने जनाएको छ । भारतले भने बंगलादेशसँग सकारात्मक र रचनात्मक सम्बन्ध कायम राख्ने चाहना व्यक्त गरेको छ । हसिना सन् २०२४ अगस्टदेखि भारतमा बस्दै आँउनु भएको छ । उहाँ पक्षका कानुनी प्रतिनिधिले नयाँ दिल्लीस्थित बंगलादेशी उच्चायोगमा उहाँको नयाँ राहदानी र राष्ट्रिय परिचयपत्रका लागि पहल गरेका छन् । एएनआई

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

प्रधानमन्त्री बालेन्द्र शाह भारत प्रस्थान, दिल्लीमा राज्यमन्त्रीद्वारा स्वागत

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुग्नु भएको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह आइतबार भारतको नयाँदिल्ली

३५ सदस्यीय टोलीसहित प्रधानमन्त्री शाहको भारत भ्रमण

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाहको भारतको औपचारिक राजकीय भ्रमणमा ३५ सदस्यीय प्रतिनिधिमण्डल सहभागी भएका छन् ।भ्रमण टोलीमा प्रधानमन्त्री शाहसहित अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री

विराजभक्त श्रेष्ठ कार्यवाहक प्रधानमन्त्री

काठमाडौं ,६ मंसिर। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाँउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा निस्केपछि श्रेष्ठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

३५ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा प्रस्थान

काठमाडौं ,६ मंसिर। प्रधानमन्त्री बालेन्द्र शाह ३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको औपचारिक राजकीय भ्रमणका लागि प्रस्थान गर्नु भएको छ ।प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम

कीर्तिमानै कीर्तिमानका साथ एनपीएलको तेस्रो संस्करण सम्पन्न, सुदूरपश्चिम च्याम्पियन

काठमाडौं ,६ मंसिर। नेपाल प्रिमियर लिगको तेस्रो संस्करण शनिबार सम्पन्न भएको छ । नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली

अस्ट्रेलियाका पूर्व सांसद म्याग्वायरलाई ३ वर्ष जेल सजाय

सिड्नी,६ मंसिर । चिनियाँ नागरिकहरूको भिसा आवेदनमा नक्कली रोजगारी प्रायोजन (स्पोन्सरसिप) मिलाउने योजनामा संलग्न रहेको अभियोगमा अस्ट्रेलियाको न्यू साउथ वेल्स (एन् एस् डब्ल्यू) राज्यका पूर्व

नेपालको आकाशमार्ग प्रयोग गरी सैन्य विमान उडाउने प्रस्ताव नगरेको भारतको भनाइ

काठमाडौं,६ मंसिर । भारतले नेपालको आकाशमार्ग प्रयोग गरी सैन्य विमान सञ्चालन गर्ने प्रस्ताव नगरेको स्पष्ट पारेको छ । भारतीय सैन्य विमानलाई नेपालको बागडोगरा प्रवेश बिन्दु