गौरादह/
झापाको गौरादहका विप्पन्न परिवारलाई सुधारिएको चुलो वितरण गरिएको छ । नगरपालिकाका ९ वटै वडाबाट छनौट गरि एक सय परिवारलाई धुुवा नआउने फलामको चुलो वितरण गरिएको हो । मंगलबार नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरि नगरकी उप प्रमुख जलवर्षा राजबंशीले वितरण गर्नु भएको हो ।
झापाबाट कामको सिलसिलामा काठमाडौ गएका झापालीहरुके समुह झापाली मिलन समाजले यो कार्यक्रम गौरादहमा आयोजना गरेको हो । रिमुफ नेपालको सहयोगमा सिमान्तकृत आदिवासी समुदाय लक्षित सुधारिएको चुलो वितरण गरिएको हो ।
नेपाल सरकार उर्जा जलश्रोत तथा सिचाई मन्त्रालय अन्तर्गतको उर्जा प्रर्वधन केन्द्रको आर्थिक सहयोगमा लक्षित वर्गकालागि यो चुलो वितरण गरिएको झापाली मिनल केन्द्रका अध्यक्ष अग्नि प्रसाद ढकाल ले जानकारी दिनुभयो । यो कार्यक्रम प्राप्त गर्नकालागि रिमुफ नेपालले सहजीकरण गरिदिएको अध्यक्ष सत्यदेवी खड्काले बताउनु भयो ।
झापाली मिलन केन्द्रले यो कार्यक्रम प्राप्त गरेपछि गौरादह नगरपालिकासँगको सहकार्यमा यहाँ रहेका विपन्न तथा सिमान्तकृत परिवारकालागि यो चुलो वितरण गरिएको नगरका प्रवक्ता तथा वडा नं १ का वडाध्यक्ष नरेन्द्र भण्डारीले जानकारी दिनुभयो ।
यो चुलोको प्रयोगले विप्पनका परिवारमा बालीरहिएको क परम्परागत चुलो विस्थापीत हुने विस्वास नगरको छ । नगरकी उप प्रमुख राजबंशीले यो चुलोको प्रयोगले यहाँ रहेका विप्पन्न परिवार जसले अहिले सम्म ए पि ग्यास राख्न सकेका छैनन् उनीहरुकालागि लाभादायी हुने बताउनु भयो ।
कम दाउरामै छिटो खाना पकाउने सकिने यो चुलो प्रतिगोटा ३ हजार ५ सयका दरले खरिद गरेर वितरण गरिएको बताइएको छ ।
भिडियो हेरौ ।









