अस्पताल पाउँदै शिवसताक्षीले

शिवगञ्जमा निर्माणाधिन अस्पताल अन्तिम चरणमा, नगर बाहिर गएर उपचार गर्नुपर्ने बाध्यताको अन्त्य हुँदै, ‘गुणस्तिरिय सेवा सुरु गराउन प्रमुख भूमिका निर्वाह गर्छु’ सांसद सावा

शिवगञ्ज/
झापाको शिवसताक्षी नगरपालिका जिल्लाको मद्य भागमा पर्छ । तर यहाँ अहिले सम्म कुनै पनि अस्पताल छैन । सामान्य बिरामी हुँदा पनि यस क्षेत्रका नागरिकलाई पूर्वमा बिर्तामाड वा त पश्चिममा दमकमा रहेका अस्पतालमा पुग्ने बाध्यता छ । कहि लडेर चोटपटक लागि हालेमा प्राथमिक उपचार गराउने केहि क्लिनकहरु छन् । तर क्लिनिकमा विषेशज्ञ चिकित्सक छैनन । त्यसैले सामान्य भन्दा सामान्य रोग वा बिरामको उपचार गराउन पनि नगर बाहिर जानु पर्ने चुनौती यस क्षेत्रका नागरिकहरुले सामना गरिरहेका छन् ।

अघिल्लो सरकारले एक पालिका एक नगर अस्पताल बनाउने घोषणा गरेको थियो । त्यसबेलाका प्रधानमन्त्री केपि शर्र्मा ओलीले हरेक पालिकामा न्यूनतम ५ शैया र जनशंख्याका आधारमा त्यो भन्दा बढि १५ शैया सम्मको अस्पताल अनिवार्य बनाइनुपर्ने भन्ने घोषणा गर्नु भएको थियो । सो घोषणा अनुसार यहाँ पनि १५ शैयाको अस्पताल अहिले धमाधम बनिरहेको छ ।

दुधेबाट दक्षिण शिजगन्ज जाने सडकको किनारमै वडा नं ६ मा अवस्थित फराकिलो जमिनमा एक भब्य बिल्डिङ बनिरहेको देखिन्छ । यो धमाधम बनिरहेको बिल्डिङ विषेशज्ञ सहित सेवा प्रदान गर्न अस्पताल बनिरहेको छ ।

गत वर्ष मात्रै काम गर्न भनेर सम्झौता भएको यो अस्पतालको ७० प्रतिशत निर्माण सम्पन्न भइसकेको छ । २०७८ साल असार १३ गते यो अस्पताल निर्माण गर्नकालागि शिवसताक्षीमै रहेको साईराम/ एस.ए.एस/सताक्षी जेवि नामक निर्माण कम्पनीसँग सम्झौता भएको थियो । यो कम्पनीले आगामी वर्ष अर्थात २०८० साल असार १५ गते सम्म निर्माण सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गरिसक्नु पर्ने हुन्छ ।

निर्माण कम्पनीका सञ्चालक लोकेन्द्र श्रेष्ठले उज्यालो खवरसँगको कुरा गर्दै कामको प्रगतीको आधारमा नियमित भुक्तानी आउने हो भने काम सम्पन्न हुने सम्झौता मितिको दुई महिना अघीनै काम सक्ने दावि गर्नु भएको छ । ‘अहिले आर्थीक रुपमा ५० प्रतिशत र भौतीक रुपमा चाहि ७० प्रतिशत काम सम्पन्न गरेका छौ यहि क्रममा हामीले काम गर्न पाउने र भुक्तानीमा कुनै अवरोध नआउने हो भने हामी दुई महिना अघीनै काम सक्ने छौ ।’श्रेष्ठले बताउनु भयो ।
यो अस्पताल निर्माण गर्नकालागि १० कारोड ६६ लाख ९३ हजार ६ सय ६५ रुपैँयामा सम्झौता भएको छ । अहिले ७० प्रतिशत सम्म काम सम्पन्न भएको भएपनि भुक्तानी भने सम्झौता रकमको ४६ प्रतिशत मात्रै आएको सञ्चालक श्रेष्ठले बताउनु भयो ।

यदि यो अस्पताल समयमै निर्माण सम्पन्न हुने हो भने यस क्षेत्रका नागरिकहरुले सहज स्वास्थ्य सेवा पाउने थीए । विषेशज्ञ सहित, आवश्यक सबै उपकरण राखेर सेवा सुरु गर्न यस क्षेत्रका नागरिकले माग गरेका छन् ।

संघिय सरकारको लगानी भएकोले यसकालागि आवश्यक पहल गर्न यही क्षेत्रका संघिय सांसदको प्रमुख दायीत्व हुने गर्छ । यो झापाको क्षेत्र नं ४ मा पर्छं ।
यो क्षेत्रका सांसद लाल बहादुर सावा अर्थात एलपि सावा हुनुहुन्छ । ‘यो क्षेत्रमा हामीले नितिगत रुपमा ल्याएका योजना समयमै पूणर् गर्न म विषेश पहल गर्ने छु र बजेट अभाव र भुक्तानीमा कुनै रोकावट हुन दिने छुईन ।’ सावाले बताउनु भयो ।

यो क्षेत्रका नागरिक सहज तरिकाले स्वास्थ्य सेवा पाउन भन्नकालागि नै आफुहरुले हरेक पालिकामा एक एक अस्पताल बनाउनु पर्छ भन्ने निति बनाएको स्मरण गर्दै सावा भन्नु हुन्छ‘शिवसताक्षीका अझ दक्षिण क्षेत्रका नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने काममा आफु दत्तचित्त भएर लाग्ने छु ।’
अस्पतालको भौतिक संरचना सम्पन्न भएर मात्रै नहुने र यसकालागि आवश्यक पर्ने विभिन्न उपकरण र दक्ष जनशक्तिको दरबन्दी स्थपाना गराएर यहि अस्पतालबाट विषेशज्ञ सहितको स्वास्थ्य सेवा सुरु गराउन आफुले भूमिका निर्वाह गर्ने उज्यालो मार्फत सावाले प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभापति पद अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा

काठमाडौं,३१ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताउनु भएको छ।आज शपथग्रहणपछि

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य