झापा/
अ हो , हेर्दै मनमोहक दृष्य, पोखरीको पानी माथी सङ्गीतको धुनमा राता, हरिया , निला गर्दै रङ्गीचङ्गी बत्ती बलेको अनी पानीका फोहोराले आकास छुँउला जस्तै गरेर फुर फुर गरेको यो दृश्य हेर्दा कस्को मन नरमाउँला र । यस्ता दृष्य त विदेशका विभिन्न ब्यापारिक मल, पर्यटकिय क्षेत्रमा बनाइएका मात्रै हुन्थे । तर तपाई हाम्रै गाउँमा पनि यस्ता दृष्य हेर्न पाइएको छ । जहाँ यहि दृष्य हेर्न देशका विभिन्न स्थानबाट मात्रै होईन छिमेकी देशहरुबाट पनि आउने गरेका छन् । अहिले यो क्षेत्र देशकै एक ऐतिहासिक पर्यटकिय गनत्वय क्षेत्र बनेको छ । यो क्षेत्रको यस्तो विकास हुनु र यत्तीको मनमोहक देखिने हुनुमा यहि क्षेत्रबाट आगामी मंसिर ४ गते हुने प्रतिनिधीसभाको निर्वाचनमा नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्नु भएका देवराज घिमिरेको पहल र प्रयासमा मात्रै भएको हो भन्दा कुनै आईतबार बारीरहनु पर्दैन ।
अर्जुनधारा नगरपालिकाको वडा नं ९ र ११ को बीचमा रहेको सालबारी पार्क ऐतिहासिक पर्यटकीयको गन्तव्य हो । पञ्चायत अवस्थामा स्वतन्त्रताको आवाज उठाउँदा सुखानीमा तत्कालिन पञ्चायती शासकले हत्या गरिएको शहीदहरुको प्रतिमा पार्कमा रहेको हुँदा सालबारी पार्कलाई शहीद उड्डयन पार्कको रुपमा अगाडि सारिएको छ । सखुवाका बहुसंख्याक विरुवा रहेको यो पार्कमा आन्तरिक पर्यटकको लागि पोखरी र वनभोज खानेहरुका लागि विभिन्न संचरना पनि निर्माण गरिएका छन् । यो क्षेत्रको विकास र समृद्धिकालागि देवराज घिमिरेकै पहलमा गत आर्थिक वर्ष ०७८/०७९मा संघीय सरकार अन्र्तगतको पर्यटन मन्त्रालयबाट विनियोजन भएको ५० लाखसहित जम्मा ५५ लाख ९७ हजार एक सय १६ रुपैयाँको लागतमा जडान गरिएको उक्त फाउन्टेनको सुखानी सहिद स्मृति प्रतिष्ठान नेपालका प्रमुख संरक्षक एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु भएको हो । संगीतको धुनमा पानीको रंगिन फोहरा अवलोकन गर्न पोखरी नजिक पाँच हजार ५५७ वर्ग फिट प्यारापिट पनि निर्माण गरिएको छ । उक्त प्यारापिट प्रदेश सरकार पर्यटन मन्त्रालयको २० लाखसहित जम्मा २२ लाख ९० हजार एक सय ३३ रुपैयाँको लागतमा निर्माण गरिएको हो ।
नेपाली कम्यूनिष्ट आन्दोलनको एक अध्यायनको थालनी भएको स्थान सुखानी क्षेत्रको संरक्षणमा उहाँ देवराज घिमिरेलेनै पुर्याउनु भएको योगदानलाई कम आकल्न सकिदैन । नेपालको कम्युनिष्ट आन्दोलनमा मात्र होइन, नेपालको राजनीतिक परिवर्तनमा पनि झापा बिद्रोहको ठूलो प्रभाव रहेको छ । नेपालको कम्युनिष्ट आन्दोलनको पहिलो सशस्त्र झापा बिद्रोहलाई किसान बिद्रोह पनि भनिन्छ । झापामा बिक्रम सम्वत् २०२७ २८ मा झापा बिद्रोह भएको थियो ।
झापा आन्दोलनल समग्र देशकै ऐतिहासिक नेपाली कम्युनिष्ट आन्दोलन थियो । सोही आन्दोलन ताका झापा जिल्लाको सुखानी खण्डमा २०२९ साल फागुन २१ गते नेपाली कम्युनिष्ट आन्दोलनका अगुवाहरूलाई प्रहरीले गोली हानी हत्या गरेको थियो ।
चचर््ित सुखानी हत्याकाण्ड नामले परिचित सो हत्याकाण्ड पञ्चायतकालमा त्यो ऐतिहासिक क्षेत्र झापा जिल्लाको अर्जुनधारा नगरपालिका ३ र इलामको माई नगरपालिका २ को सीमा क्षेत्रमा पर्छ । २०२९ फागुन २१ गते झापा विद्रोहका नाइके भनेर चिनिने रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, बिरेन राजवंशी र नारायण श्रेष्ठलाई इलामको कारागार लगिने बहानामा उक्त स्थानमा पुर्याइ पञ्चायती शासकले गोली हानी हत्या गरिएको थियो ।
तत्कालीन कम्युनिस्टले जमीनदारलाई सफाइ गर्ने अभियान ’एक्सन’ बढाइरहेका थिए । झापाबाट इलाम जेल सार्ने बहानामा फागुन २१ गते राति सुखानीको जंगलमा पाँचै जनालाई गोली हानेर हत्या गरिएको थियो । यो क्षेत्रलाई संरक्षण गर्न यहाँ आकर्षक पार्क बनाइएको छ । शहिदहरुको प्रतिमा बनाइएको छ । कम्पाउण्ड वाल लगाएर यो क्षेत्रको संरक्षण गरिएको छ ।
यस्तो ऐतिहासिक क्षेत्र अवलोकन गर्न आउनेहरुको सहजताकालागि अन्य भौतिक संरचना बनाइएको छ । ठाउँ ठाउँमा फूलबारी लगाइएको छ र हेर्दामा आकर्षक बनाएर नेपालको कम्यूनिष्ट आन्लोलनलाई अध्ययन गर्न आउनै पर्ने एक प्रुमख गन्तव्यको रुपमा यो क्षेत्रलाई विकास गर्न घिमिरेले सपना देख्नु भएको छ र यसलाई पुरा गर्ने उहाँले संकल्प पनि गर्नु भएको छ।
भिडियोमा हेरौ
https://www.facebook.com/TheUjyaalokhabar/videos/667215175013494









