चालू आर्थिक वर्षमा ८०० मेगावाट विद्युत प्रणालीमा जोडिने

झापा /

चालू आर्थिक वर्ष राष्ट्रिय प्रसारण लाइनमा ८ सय मेगावाट बिजुली थपिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका अनुसार चालू आर्थिक वर्ष २०७९/८० मा ८ सय मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको हो । यससँगै, नेपालको बिजुली उत्पादनको जडित क्षमता कूल ३ हजार मेगावाट पुग्नेछ । हाल नेपालमा २१ सय ९० मेगावाट विद्युत उत्पादन भई राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । गत आर्थिक वर्ष ६०० मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो ।

गत आर्थिक वर्षमा राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको समेत निर्माण सम्पन्न भएको थियो । यस्तै, यसबाहेक अन्य आयोजनाबाट समेत उत्पादन सुरू भएसँगै वर्षायाममा नेपाललाई चाहिनेभन्दा बढी उत्पादन हुन थाल्यो ।
यद्यपि, सुख्खा यामको समयमा भने नेपालले भारतबाट बिजुली किन्दै आइरहेको छ । समग्रमा गत वर्षसम्ममा भारतसँगको बिजुली व्यापार घाटामा थियो । जुन, चालू वर्षदेखि नाफामा जाने प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बताए । ‘चालू आर्थिक वर्षमा राष्ट्रिय प्रसारण लाइनमा ८०० मेगावाट बिजुली थपिने हाम्रो प्रक्षेपण छ,’ निर्देशक घिसिङले भने, ‘तर, यसमा केही तल–माथि हुन सक्छ ।’

निर्देशक घिसिङका अनुसार ८०० मेगावाट बिजुली प्रसारण लाइनमा जोडिने लक्ष्य रहेपनि ७ सय देखि ८ सय मेगावाटको बीचमा बिजुली थपिने छ । यससँगै, हाल करिब २२ सय मेगावाट आसपास रहेको बिजुली उत्पादन ३ हजार मेगावाट पुग्ने उनले बताए ।

यस्तै, विद्युत विकास विभागका महानिर्देशक चिरञ्जिवी चटौतका अनुसार चालू आर्थिक वर्षमा नेपालको उत्पादन क्षमता ३ हजार मेगावाट पुग्ने छ । उनले निजी क्षेत्रको लगानी रहेको अधिकांश आयोजनाहरू चालू वर्षमा सम्पन्न भई सञ्चालनमा आउने बताए ।

‘कुन–कुन आयोजना कुन मितिमा आउँदैछन् भन्ने विषयमा गहन जानकारी प्राधिकरणसँग हुन्छ,’ चटौतले भने, ‘तर, चालू वर्षमा करिब ७०० देखि ८०० मेगावाट बिजुली प्रसारण लाइनमा थपिन्छ ।’

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभापति पद अहंकारको श्रीपेच होइन, नागरिकप्रतिको दायित्व हो : गगन थापा

काठमाडौं,३१ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले सभापतिको जिम्मेवारीलाई अहंकारको प्रतीक नभई नागरिकप्रतिको दायित्व पूरा गर्ने अवसरका रूपमा लिएको बताउनु भएको छ।आज शपथग्रहणपछि

कांग्रेस सभापति गगन थापाले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित

भारतमा बन्धक बनाइएका तीन नेपालीको उद्धार

काठमाडौं । भारतको हरियाणा राज्य, कमलस्थित बजरंग बली राइस मिलमा बन्धक बनाइएका तीन जना नेपाली मजदूरको उद्धार गरिएको छ । भारतस्थित नेपाली दूताबासको समन्वय, ‘किन

पत्रकार किशोर श्रेष्ठलाई साइबर ब्यूरो बोलाइयो

काठमाडौं,३१ असोज । पत्रकार किशोर श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्यूरोले बोलाएको छ । कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएपछि साइबर ब्यूरोबोलाइएको हो । रास्वपा नेता

चाडपर्वभन्दा काम र पर्यटकको सेवा प्राथमिकतामा

काठमाडौं ,३१ असोज। हिन्दुहरुको महान पर्व दशैँलाई परिवारसँग समय बिताउने, मिठो खाने, नयाँ लुगा लगाउने आफन्त भेट्ने र रमाइलो गर्ने अवसरका रुपमा पनि लिइन्छ ।

फूलपातीमा दक्षिणकाली मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ,३१ असोज । नेपालीहरूको महान् चाड बडादशैंको फूलपातीका अवसरमा आज दक्षिणकाली मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनहरूको भीड लागेको छ। बिहानैदेखि मन्दिरमा भक्तजनहरूको उल्लेख्य