हात्तीले क्षती

हात्ती र मानवबिच द्धन्द कायमै, ४३ मानिस मारीदा १३ हात्तीको पनि मृत्यू

दमक/
डिभिजन वन कार्यालय झापाको तथ्याङ्कअनुसार विसं २०६७ देखि २०७८ बैशाख मसान्तसम्ममा झापामा ४८ जनाको मृत्यु भइसकेको छ । जसमा पाँचजना गैरनेपाली पनि छन् । पछिल्लो एक दशकमा ५९ जना हात्तीको आक्रमणमा घाइते भएको वन कार्यालयले जनाएको छ । २०६२ सालदेखी २०७७ सालको कात्तीक महिनासम्ममा १३ वटा हात्तीको मृत्यु भएको डिभिजन वन कार्यालय झापाको तथ्याङ्कमा उल्लेख छ । विसं २०४९ उता कति मान्छे मरे, कति हात्ती मारिए भन्ने यकिन रेकर्ड कहीँकतै भेटिँदैन । झापामा बि.स. २०६७ सालदेखी २०७८ सालसम्ममा हात्तीको आक्रमणबाट मारिएका नेपाली नागरिकहरुको तथ्याङ्कमा कुल ४३ जना रहेका छन् । जसमा २०६७ सालमा २ जना, २०६८ र ६९ सालमा ७/७ जना, २०७० सालमा ३ जना, २०७१ सालमा २ जना, २०७२ सालमा ४ जना, २०७३ र ७४ सालमा ५/५ जना, २०७६ सालमा १ जना , २०७७ सालमा ५ जना र २०७८ को हाल सम्म १ जनाको सहित यो अवधिमा ४३ जनाको मृत्यू भएको तथ्याकं डिभिजन वन कार्यालय झापाले दिएको छ ।

यो तथ्याङ्कमा उल्लेख भए बाहेक बि.सं २०६४ सालमा १ जना, २०६७ सालमा १ जना, ६८ सालमा २ जना र ७७ सालमा १ जना गरि ५ जना गैर नेपाली नागरिकहरुको समेत हात्तीको आक्रमणबाट मृत्यु भएको डिभिजन वन कार्यालय झापाको तथ्याङ्कले देखाउँछ । ति मध्ये ४ जना भूटानी शरणार्थी शिबिर बेलडाँगीमा आश्रीत भूटानी शरणार्थी हुन भने १ जना भारतीय नागरिक रहेका छन् । यस्तै, डिभिजन वन कार्यालय झापाको तथ्याङ्क अनुसार बितेको १६ बर्षमा जम्मा १३ वटा हात्ती मृत फेला परेका छन् ।

बन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका- २०७५ मा हात्तीको आक्रमणमा मृत्यु भएको परिवारले १० लाख रुपैया राहत दिने व्यवस्था छ । सख्त घाइतेको उपचार सम्पूणर् व्यहोर्ने र सामान्य घाइतेलाई उपचार खर्च वापत २० हजार रुपैयासम्म दिने कानूनी व्यवस्था छ । घरगोठ भत्काएको, भण्डारण गरेको अन्नबाली खाएमा र खाद्यबालीमा क्षति पुर्याएको अवस्थामा १० हजार रुपैयासम्म क्षतिपूर्ति दिने सरकारी व्यवस्था रहेको डिभिजन बन कार्यालय झापाले जनाएको छ । डिभिजन बन कार्यालय झापाले २०६२ सालदेखि हालसम्ममा हात्तीपीडित दुई हजार ७ सय ९५ जनालाई विभिन्न शीर्षकमा ४ करोड ४७ लाख १४ हजार ४ सय ४० रुपैया राहत वितरण गरिएको जानकारी दिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एक महिनामै डिजेल र पेट्रोलको मूल्य बढ्यो

काठमाडौं,३ वैशाख । पछिल्लो एक महिनामा नेपाल आयल निगमले सरकारको सहमति लिएर पटक पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यसविचमा निगमले डिजेलको मूल्य ६६

उपसभामुख ठाकुरको दहेज प्रथाविरुद्ध कडा सन्देश

सर्लाही,३ वैशाख । उपसभामुख रुबीकुमारी ठाकुरले दाइजोको लेनदेन हुने विवाह समारोहमा आफू सहभागी नहुने घोषणा गर्नु भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले यस्तो धारणा

दानबहादुरद्धारा महानगरपालिकालाइ सहयोग उपलब्ध गराउन तयार

काठमाडौं, ३ वैशाख । सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापनमा काठमाडौँ महानगरपालिका र नेपाल प्रहरी बिचको सम्बन्ध थप बलियो बनाइने भएको छ । काठमाडौँ

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच शिष्टाचार भेटवार्ता

काठमाडौं,२ वैशाख । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानका राजदूत मायदा तोरुबीच आज (बुधबार) गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ । उक्त भेटघाटमा

समानुपातिक सांसदसँग प्रधानमन्त्री शाहको छलफल

काठमाडौं,२ वैशाख । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाका सबै दलबाट निर्वाचित समानुपातिक सांसदहरूसँग छलफल गर्नु भएको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित अन्तरक्रिया