सभामुखमा झापाका देवराज घिमिरे निर्वाचित

नव निर्वाचित सभामुख घिमिरेलाई सम्मुखबाट चिनौ (भिडियो सहित)

 

दमक/
प्रतिनिधिसभाको सभामुखमा सत्तारूढ गठबन्धनतर्फका उम्मेदवार देवराज घिमिरे निर्वाचित हुनु भएको छ । आजको संसद् बैठकमा कुल २६८ जना सांसद उपस्थित रहेको सभामुख तथा ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले जानकारी दिनुभयो ।

प्रतिनिधिसभाको आजको बैठकमा भएको निर्वाचनमा घिमिरेले १६७ मत पाए। त्यस्तै, उनको विपक्षमा १०० मत र मत दिन्नँ भन्नेमा एक मत परेको छ ।

सभामुखको उम्मेदवारमा नेकपा एमालेका देवराज घिमिरे र नेपाली कांग्रेसका ईश्वरीदेवी न्यौपानेको उम्मेदवारी परेको थियो।

घिमिरेको प्रस्तावकमा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र समर्थकमा नेकपा माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन एवं राष्ट्रिय स्वजतन्त्र पार्टी रास्वपाका अध्यक्ष रवि लामिछाने थिए।

त्यस्तै, न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला थिए ।

बैठकमा दुवै पक्षका प्रस्तावक र समर्थकले आ-आफनो उम्मेदवारलाई सभामुखमा निर्वाचित गरियोस् भनी बेग्ला बेग्लै प्रस्ताव प्रस्तुत गर्दै पक्षमा मतदान गर्न समर्थनका लागि आग्रह गरेका थिए।
देवराज घिमिरेको राजनैतिक यात्रा
प्रतिनिधीसभाको सभामुखमा निर्वाचित हुनु भएका देवराज घिमिरे एक शालीन , भद्र, र निरन्तर आफ्नो कर्ममा विस्वास राख्ने नेताको रुपमा चिनिनुहुन्छ । इमान्दारिता र नैतिकताको एक विस्व विद्यालयनै रहनु भएका घिमिरे झापको क्षेत्र नं २ बाट प्रतिनिधीसभाको सदस्यमा बिजयी हुनु भएको थियो । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर १ का पार्टी इञ्चार्ज समेत रहनु भएका घिमिरे सामाजीक तथा पार्टि भित्रै पनि एक आदर्श व्यक्तित्वको रुपमा परिचित हुनुहुन्छ ।
ताप्लेजुङ जिल्ला साविक सिकैचा ६ हाल श्रीजंघा ३ मा वुवा पदमप्रसाद घिमिरे र आमा भिमकुमारी घिमिरेको १२ जना सन्तान मध्ये माइला छोराको रुपमा २०१३ साल जेठ १३ गते उहाँको जन्म भएको थियो । गाउँकै सिंहदेबी प्रा.बि. बाट अध्ययन शुरु गर्नु भएका उहाँले भानु पब्लिक हाइ स्कुल, धरानको महेन्द्र वहुमुखी क्याम्पस हँुदै काठमाण्डौको त्रिचन्द्र क्याम्पसमा स्नातकसम्म अध्ययन गर्नु भएको छ । अध्ययन सँगसँगै कम्युनिष्ट आन्दोलनले उहाँलाई प्रभाव पारिरहेकै थियो । र, २०२७ देखि २०३० सालसम्म चलेको झापा विद्रोहपछि अपिल प्रसारणको लाइनबाट नेकपाको सम्पर्कमा आउनु भएको हो । त्यसपछि २०३२ मा को. के. (अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को अर्डिनेशन कमिटी माक्सवादी लेनिनवादी)को गठन भएपछि विद्यार्थी संगठन मार्फत पार्टीमा होमिनु भएका हो नेता घिमिरे ।
२०३३ सालमा गाउँगाउँमा पुगेर वुर्जुवा शिक्षा वाहिस्कार अभियानमा सक्रिय उहाँले २०३५ सालमा को. के. को सदस्यता प्राप्त गर्नुभयो । देशमा छरिएर रहेका विभिन्न घटकहरु मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी मालेको जिम्मेवारी प्राप्त गरेपछि तेह्रथुम र पाँचथर जिल्लामा पार्टी संगठन विस्तारको लागि खटिनु भएका उहाँले सो समयमा समेत महत्वपूणर् योगदान पुर्याउनु भएको थियो ।
२०४६ सालको भदौमा सिराहाको विष्णुपुरकटीमा सम्पन्न मालेको चौथो महाधिवेशनमा प्रतिनिधिको रुपमा सहभागी हुनुभएका उहाँ २०४९ सालमा सम्पन्न नेकपा एमालेको पाँचौ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको थियो ।
पार्टीको पाँचौ राष्ट्रिय महाधिवेशनसम्म आइपुग्नु अगाडि उहाँले पञ्चायती शासकहरुको अत्याचारको डटेर सामना गर्नु भएको थियो । विशेष गरेर इलाममा रत्नकुमार वान्तवाको बर्बरतापूर्बक हत्या भएपछि पूर्बमा उदाउँदै गरेको कम्युनिष्ट आन्दोलनलाई निभ्न नदिन र यथावत राख्न प्रदिप नेपाल र झलनाथ खनालले भूमिका निर्वाह गरे तापनि राष्ट्रिय राजनीतिमा स्थापित हुने आकांक्षा सहित राष्ट्रिय राजनीतिमा लाग्नुभयो ।
पार्टी कामलाई व्यवस्थित बनाउन भूगोल राम्ररी बुझेको नेताको रुपमा तत्कालीन मालेले २०३९ सालदेखि घिमिरेलाई इलाम जिल्लाको पार्टी प्रमुखको जिम्मेवारी प्रदान गर्यो । उहाँले जिम्मेवारी पाइसकेपछि इलाममा पार्टी संगठनले व्यापकता पायो भने पञ्चायती शासक उहाँको राजनितिक कृयाशीलता देखेर झस्कियो । त्यसपछि पक्राउ पुर्जी जारी गर्यो ।
एकातिर पक्राउ पूर्जी अर्कातिर सहयोद्दाहरुको निर्दलीय पञ्चायती शासकहरुले हत्या गर्दा समेत अविचलित भइ उहाँले १० बर्ष भन्दा बढी इलाम पार्टी काममा समय बिताउनुभयो । २०५० सालदेखि मेची अञ्चलको इञ्चार्जको जिम्मेवारी पाउनु भएका घिमिरेले आफ्नो इञ्चार्जसिपमा सिङ्गो मेची अञ्चलमा पार्टीका सबै उम्मेदवारलाई विजय गराएर लाल किल्ला बनाउन सफल हुनुभयो ।
पार्टी भित्रको गुटबन्दीका कारण मारमा पर्नु भएका घिमिरे विशेषगरी मदन भण्डारीको (रहस्यमय हत्या पछि) निधन भएपछि नेतृत्वमा पुगेका माधव नेपालले उहाँलाई उचित स्थान दिन माननु भएन ।
नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली अध्यक्षमा निर्वाचित भएपछि उहाँको सचिवालय सम्हाल्नु भयो भने नेकपा एमाले र माओवादी केन्द्र बीच एकता भएर बनेको नेकपाको प्रदेश १ को अध्यक्षको जिम्मेवारीमा रहँदा अनेकौं कठिनाइका बावजुत पनि पार्टी संगठनलाई व्यबस्थित बनाउनुभयो ।

प्रोफाईलको भिडियो हेरौ

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा