स्वादिलो नेपाली स्वाद

झापाका ब्यापारीले मन नपराएको जुम्लाको स्याउ उपभोक्ताको भने रोजाईमा, अत्याधिक माग बढ्यो , मुनाफा पनि मनग्गे ।-

दमक/
गत भदौ ११ गते जुम्लाको स्याउ झापाका फलफूल ब्यापारीले नकिदिएको उजयालो खवरमा प्रकाशन भएको थियो । हेर्दामा राम्रो नदेखिने र उपभोक्ताले नरुचाउने भन्दै झापाका ब्यापारीले थोक मुल्यमा खरिद नगरिदिएको समाचार बजाइको थियो । त्यसबेला निरास बनेर फर्केका जुम्लेली स्याउ ब्यापारी अहिले फेरि एक ट्रक स्याउ लिएर झापा नै आए । प्रकाशीत समाचारबाट उपभोक्ताले अत्याधिक माग गरेपछि जुम्लाको स्याउको स्वाद उपभोक्तालाई चखाउन ती व्यापारीहरु पूःन झापा आए । र त्यसबेला निरास बनेका ती व्यापारी यसपाली भने दंग परेका छन् ।

१५ दिन अघि हुम्लाबाट अर्गानिक स्याउ झापा ल्याउँदा टोप बहादुर शाहिको मुहारमा निरासका धर्साहरु देखिन्थे । त्यसबेला पीडा र के गर्ने होला भन्ने तनावमा देखिएको यो टोलीको मुहारमा अहिले भने खुसी छाएको छ ।
त्यसबेला व्यापारीले उपभोक्ताले मन नपाउने भनेर खरिद नगरिदिएको जुम्लाको स्याउ अहिले उपभोक्ताले नै धमाधम खरिद गरिरहेका छन् । अन्य स्याउ हेर्दामा मात्रै राम्रो तर जुम्लाको स्याउ खाँदामा राम्रो हुने विस्वासका साथ दमकका राजन लुईटेलले स्याउँको स्वाद चाख्दै एक कार्टन स्याउ किनरे लैजानु भयो ।

झापाका फलफूल व्यापारीले खरिद नगरिदिएपछि अहिले जुम्लेली स्याउ ब्यापारी उपभोक्ताको घर आगनमै पुर्याएर आफ्नो उत्पादन बेचीरहेका छन् । ब्यपाराीले मन नपाएको स्याउ उपभोक्ताले भने निकै रुचाएको ब्यापारी टोप बहादुर शाहिको भनाई छ । उहाँले झापाबासीको अत्याधिक माग बढेपछि पूःन झापा आएको प्रतिकृया दिनुभएको छ ।

अहिले यी ब्यापारीहरुले खुर्दामा बेचेर मनग्गे मुनाफा पनि गरिरहेका छन् । बोटबाट टिपन, कार्टुनमा प्याकेजीङ, दुई वटा गाडीमा लोड अनलोड गर्दैै यो स्याउ झापा आइपुग्यो । यहाँ आइपुग्दा अहिले करिव ९८ रुपैँया प्रति केजी लगानी परेको छ । खुर्दा खरिद गर्नेलाई १ सय ५० रुपैँया प्रति केजी र कार्टननै खरिद गर्नेलाई १ सय ३० रुपैँया प्रतिकेजीमा उहाँहरुले धमाधम बिक्रि गरिरहनु भएको छ । पहिलो पटक आउँदा लगानी नै डुबाएर फर्कनु परेको पीडा उहाँहरुले दोस्रो पटकमा आउँदा चाहि केहि मुनाफा पनि लिएर जान सफल भएको अर्का ब्यापारी चन्द्रनाथ योगीको भनाई छ ।

यो टोलीले अव पूःन दशैका बेलामा जुम्लाको स्याउ झापा ल्याउने जनाएको छ । उपभोक्ताले जुम्लाको उत्पादनलाई रुचाएका कारण अर्को पटकबाट त्यहाँ उत्पादन हुने मार्सि धान समेत ल्याउने योजनामा यी ब्यापारी रहेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेस पथरी शनिश्चरेमा भट्टराईको उम्मेदवारी घोषणा

पथरी, ४ असोज / नेपाली कांग्रेसको पथरी शनिश्चरे नगर अधिवेशनमा निवर्तमान नगर सचिव दुर्गाप्रसाद भट्टराईले नगर सभापतिको उम्मेदवारी घोषणा गर्नुभएको छ । कांग्रेसको १५ औं

रियादसहित साउदीका ऊर्जा केन्द्रमा हुथीको मिसाइल–ड्रोन आक्रमणको दाबी

काठमाडौँ , असोज ४ । यमनमा सक्रिय इरानसमर्थित हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादसहित रेड सी तटमा रहेका ऊर्जा केन्द्रमा ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्रबाट आक्रमण

इरान युद्ध : अमेरिकी सैनिकको मृत्यु संख्यामा प्रश्न, वासिङ्टन पोस्ट र पेन्टागनको फरक दाबी

काठमाडौँ , असोज ४ । इरान युद्धका क्रममा मृत्यु भएका अमेरिकी सैनिकको विवरण ट्रम्प सरकारले लुकाएको वासिङ्टन पोस्टमा प्रकाशित समाचारमा उल्लेख छ ।वासिङ्टन पोस्टले नाम

बलुचिस्तानमा सेनाको कारबाही, ५ लडाकु मारिए, २३ सर्वसाधारण उद्धार

काठमाडौँ , असोज ४ । पाकिस्तानको दक्षिण-पश्चिम बलुचिस्तान प्रान्तमा एक प्रमुख राजमार्गमा भएको सुरक्षा कारबाहीका क्रममा ५ जना लडाकु विद्रोही मारिएको सेनाले जनाएको छ ।

वाग्ले–सीतारमण भेटमा नेपाली झण्डा नदेखिएको विषयमा रास्वपाको स्पष्टीकरण

काठमाडौं , असोज ४ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतकी वित्तमन्त्री निर्मला सीतारमणबीच भएको भेटको तस्वीरमा नेपाली झण्डा नदेखिएको विषयमा स्पष्टीकरण

एन्फा प्रकरण : जोशी र पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ , असोज ४ । जिल्ला अदालत ललितपुरले अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई थप ४ दिन हिरासतमा राख्न