दुहबी,९ मंसिर । ईलाका प्रहरी कार्यालयअगाडि टायर बालेर सुनसरीको दुहबीका स्थानीयले बिरोध प्रदर्शन गरेका छन् । छोरी बेपत्ता भएको १ महिना बितिसक्दा समेत किटानी जाहेरीउपर न्याय नपाएको भन्दै स्थानीयहरु चक्काजाममा उत्रेका हुन् ।
दुहबी नगरपालिका–३ का रमेश यादवकी छोरीलाई दुहबी–९ का २० वर्षीय फयाज हुसेनले कात्तिक ७ गते भगाएर लगेको भन्दै परिवारले कात्तिक ८ गते प्रहरीमा हुलियासहित जाहेरी किटानी दिएको थियो ।










