व्यापार घट्यो

दशैँको पूर्वसन्ध्यामा पनि खसीको व्यापार भएन, मुल्य पनि उचीत नपाएको गुनासो

 

दमक/
दँशै आउन अव केहि दिन मात्रै बाँकी छ । त्यसैले दशैमा आवश्य पर्ने सर्दमको जोहो गर्न सुरु पनि भएको छ । अहिले बजारमा सर्वसाधारणको चहल -पहल बढेको देखिन्छ । यसै क्रममा खासी बोकाको कारोबार पनि बढ्न थालेको छ । तर यो वर्ष अघिल्ला वर्षको जस्तो उचित मुल्य भने न किसानले पाउन सकेका छन् न त ब्यापारीले नै । यसले गर्दा दमक स्थित पशु बजारमा खरि बोकोको ब्यापार पनि घटेको छ ।


इलामको चुलाचुली गाउँपालिका वडा नं ५ की गंगा खनाल दमक स्थित पशु बजारमा भेटिनु भयो । उहाँको हातमा एउटा खसीको डोरी थियो । यही खसी बेचेर दँशैको गर्जो टार्ने उहाँले सुनाउनु भयो । वर्षमा ३ वटा सम्म खसी बेचेर हरेक वर्ष दशैँ मनाउँदै आएको बताउनु हुने खनालले असोज १३ गते बुधबारको दमक बजारमा भने सोचेजती खसीको मुल्य पाउन नसकेको बताउनु बताउनु हुन्छ । सस्तैमा भएपनि खसी बेचेर दँशैको केहि किनमेल गरेर फर्केको उहाँको भनाई छ । खसीको सोचेजति मुल्य नआउँदा दशैँमा हुने खर्च घटाउनु पर्ने वा अन्य विकल्पको खोजी गर्ने सोचमा रहेको पनि खनालले सुनाउनु भयो ।

चुलाचुलीकै दिलमान भट्टराईले गाउँमा भेटिएका खसि बोका दमकको बजारमा ल्याएर बेच्नु हुन्छ । उहाँले यो पेषा गरेको उहाँले ३० वर्ष भयो । साप्ताहिक रुपमा ८/१० हजार कमाउने भट्टराई यो पटक भने कमाई नहोला कि भन्ने चिन्तामा हुनुहुन्छ । यो पटक उहाँ बुधबार १२ वटा खसी डोर्याउदै दमक आउनु भयो । तर उहाँको एउटै पनि खसी नबिकेको उहाँले सुनाउनु भयो ।


झापा शिवसताक्षीबाट ४ वटा खसी लिएर आउनु भएका सविन खरेलले पनि एउटा मात्रै खसी बेच्न सक्नु भयो । त्यो भने सोचे जती मुल्यमा बिकेन । यसरी गाउँबाट खोजेर ल्याएको खसी नबिक्दा अव पूःन घरमै लगेर आफैले पाल्नु पर्ने र अर्को हप्ता ल्याएर बेच्नु पर्दा थप नोक्सान हुने हो कि भन्ने चिन्ता उहाँमा छ ।

दशैँमा मासुको रुपमा अधिक प्रयोग हुने खसी बोकाको ब्यापार अघिल्ला वर्ष जस्तो छैन । दशँै अगावै खसी किनेर राख्ने र घरमै पाले जस्तै गरि आफुले चाहेका दिनमा बलि दिएर खसी काट्ने चलन छ । तर यो वर्ष कोरोना कहरका कारण धेरैले खुसीका साथ दशैँ मनाउन पाएनन् । कोरोनाले धेरैको परिवारमा बिच्छचेद गराइदियो भने आर्थीक रुपमा पनि कमजोर बनाइदिएका कारण दशैँमा खसि खरिद गर्नेको संख्या कमी भएको हुन सक्ने ब्यापारीहरुको ठम्याइ छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अपजसजति अध्यक्षलाई थोपर्ने प्रवृत्तिले पार्टी बलियो बन्दैन : गीता अधिकार

जस आफूले लिने र अपजस एक्लो अध्यक्षको टाउकोमा हाल्ने गरी छरपस्ट ढंगले नेताहरूका अभिव्यक्ति सामाजिक सञ्जालमा किन बारम्बार आइरहन्छन् ?’

पार्टी पुनर्गठनका नाममा कार्यकर्ता विभाजन भयो : भण्डारी

‘कार्यदलका नाममा जे गरियो र मुल नेतृत्व फेर्न भन्ने भाष्य खडा गरियो । यसले पार्टीलाई अझै कमजोर र कार्यकर्तालाई विभिन्न खेमामा विभाजन गरेको छ ’

प्रधानमन्त्री शाह कतार हुँदै अमेरिका प्रस्थान

काठमाडौ , ६ असोज | प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त  राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ः०० बजे कतारको

३० वर्षे सेवाले अधिकांश सचिव बाहिरिँदै, पेन्सनमा पनि नयाँ सीमा प्रस्तावप्रस्तावित

काठमान्डौ ,६ असाज ।संघीय निजामती सेवा विधेयक जस्ताको तस्तै लागू भए हाल कार्यरत अधिकांश अनुभवी सचिव सेवाबाट बाहिरिने अवस्था देखिएको छ। विधेयकमा ५५ वर्ष उमेर

भारी वर्षाको सम्भावनाबारे मन्त्रीद्वयले लिए जानकारी

काठमान्डौ,६ असोज।गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा पुग्नुभएको छ। मन्त्रीद्वयले असोज ८, ९ र १० गते

आरसीटीदेखि इम्प्लान्टसम्म, विशेषज्ञ चिकित्सकसहित गुणस्तरीय दन्त सेवा। समय बचाऔँ, पीडा घटाऔँ—गौरदह डेन्टल रोजौँ।

दाँत दुखेपछि मात्रै डेन्टल जाने बानी, अब समयमै उपचारतर्फ ध्यान दिनुपर्ने चिकित्सकको सुझाव धेरै मानिसको बानी हुन्छ—दाँत दुख्न थालेपछि मात्रै डेन्टल जाने। दाँत दुखेपछि खान,