बराहक्षेत्रमा प्लास्टिकका झोला प्रयोगमा रोक  

 

बराहक्षेत्र : सुनसरीको बराहक्षेत्र नगरपालिकाले आगामी जेठ १ गतेबाट नगरभित्र प्लास्टिकका झोला प्रयोगमा रोक लगाउने भएको छ ।

नगरपालिकाले फोहोर मैला व्यवस्थापन ऐन २०६८, फोहोरमैला व्यवस्थापन नियमावली २०७०, प्लास्टिक झोला नियमन तथा नियन्त्रण निर्देशिका २०६८ र बराहक्षेत्र नगरपालिकाको प्लास्टिक झोला प्रतिबन्धित सम्बन्धी निर्देशिका २०७९ ले सार्वजनिक स्वास्थ्य तथा वातावरणीय संरक्षणलाई ध्यानमा राख्दै तोकिएको मापदण्ड भन्दा कम गुणस्तरको प्लास्टिकको झोला वा ४० माइक्रोन भन्दा पातलो प्लास्टिकको झोला आयात, निर्यात, बिक्री वितरण, भण्डारण तथा प्रयोगमा रोक लगाउने भएको हो ।

२०८० सालको जेठ १ गतेबाट लागू हुने गरी ४० माइक्रोन भन्दा कमका प्लास्टिक झोलालाई प्रयोगमा रोक लगाउने नगरपालिकाले निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत ऋद्बिप्रकाश सिटौलाले जानकारी दिए ।

नगरपालिकाको आर्थिक वर्ष २०७९।०८० को वार्षिक नीति तथा कार्यक्रममा समेत प्लास्टिक झोला मुक्त वराहक्षेत्र नगर घोषणा गर्ने कार्यक्रम निर्धारण गरे बमोजिम २०८० जेठ १ गतेबाट गुणस्तरहीन प्लास्टिक झोला वा ४० माइक्रोन भन्दा पातलो प्लास्टिक झोला प्रयोगमा रोक लगाउने निर्णय भएको नगर प्रमुख रमेश कार्कीले बताए ।नगरपालिकाले नगरवासीलाई अनुरोध गर्दै बिक्री वितरण गरी मौज्दात रहेका प्लास्टिक झोला जेठ १ गते अगावै उचित व्यवस्थापन गर्ने नगरबासीमा जानकारी गराएको छ ।

 

फोहोर मैलाबाट जनस्वास्थ्य तथा वातावरणमा पर्नसक्ने प्रतिकूल प्रभावलाई कम गरी स्वच्छ तथा स्वास्थ्य वातावरण कायम गर्नका लागि फोहोर मैलाको स्रोतमा न्यूनीकरण गरिने बताइएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेशनल भोलिन्टियर फोर्सलाई देशव्यापी विस्तार र सुदृढ गर्न ओलीको निर्देशन

काठमाडौं ,५ मंसिर। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल भोलिन्टियर फोर्सलाई देशव्यापी रूपमा विस्तार र सुदृढ गर्न निर्देशन दिनु भएको छ। फोर्सको

आन्दोलन घोषणा भए युवा पङ्क्ति अग्रपङ्क्तिमा उत्रिने एमाले सचिव बस्नेतको चेतावनी

काठमाडौं ,५ मंसिर। नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारविरुद्ध पार्टीले आन्दोलन घोषणा गरे युवा पङ्क्ति अग्रपङ्क्तिमा उत्रिने बताँउनु भएको छ। नेशनल भोलिन्टियर फोर्सको प्रथम

घुँडाको क्यान्सरबाट पीडित रोशनलाई पराजुली समाजको ३३ हजार ५०० रुपैयाँ सहयोग

दमक, ५ मंसिर । घुँडाको क्यान्सरबाट पीडित झापाका ३२ वर्षीय रोशन पराजुलीको उपचारका लागि पराजुली समाज नेपालका विभिन्न कमिटीले आर्थिक सहयोग गरेका छन् ।झापा जिल्ला

क्यान्सर पीडितको खेतमा श्रम संस्कृति पार्टीका कार्यकर्ताको श्रमदान

दमक, ५ मंसिर । क्यान्सर रोगसँग संघर्ष गरिरहेकी एक महिलालाई सहयोग पुर्‍याउन श्रम संस्कृति पार्टीका कार्यकर्ता खेतमै पुगेर श्रमदान गरेका छन् ।झापाको भद्रपुर नगरपालिका–२ निवासी

मधेसको मुख्यमन्त्रीमा सरोज कुमार यादव नियुक्त

जनकपुर,५ मंसिर ।मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता सरोज कुमार यादव नियुक्त हुनु भएको छ ।प्रदेश प्रमुख कार्यालयले विज्ञप्ति जारी गर्दै

होर्मुज जलमार्गमा माइनमा ठोक्किएर तेल ट्यांकर विस्फोट

काठमाडौं,५ मंसिर । ओमानको खासाब बन्दरगाह प्रवेश गर्ने क्षेत्रमा नौसैनिक माइनमा ठोक्किएपछि एउटा तेल ट्यांकर विस्फोट भएर आगलागी भएको इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी)

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि बोलपत्र आह्वान

काठमाडौं,५ मंसिर । कैलालीको धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण प्रक्रिया अघि बढेको छ । सुदूरपश्चिम प्रदेशको महत्त्वाकांक्षी खेल पूर्वाधार आयोजनाका रूपमा रहेको रंगशाला निर्माणका