नेशनल भोलिन्टियर फोर्सलाई देशव्यापी विस्तार र सुदृढ गर्न ओलीको निर्देशन

काठमाडौं ,५ मंसिर। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल भोलिन्टियर फोर्सलाई देशव्यापी रूपमा विस्तार र सुदृढ गर्न निर्देशन दिनु भएको छ। फोर्सको प्रथम स्थापना दिवस तथा राजधानी प्रदेशस्तरीय कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संगठनलाई सक्रिय, कामकाजी र परिणाममुखी बनाउनुपर्ने बताँउनु भएको छ ।ओलीले नेशनल भोलिन्टियर फोर्सको एक वर्षको अवधिमा राष्ट्रियता, लोकतन्त्र, संविधानको रक्षा तथा विपद्का बेला उद्धार र राहतका काममा भूमिका देखिएको बताँउनु भयो । प्रतिकूल परिस्थितिमा स्थापना भएको संगठनले आगामी दिनमा अझ प्रभावकारी ढङ्गले काम गर्नुपर्ने उहाँको भनाइ थियो ।

 

उहाँले नेशनल भोलिन्टियर फोर्सलाई केवल संगठन विस्तारमा सीमित नराखी राष्ट्रको हित, राष्ट्रिय स्वाधीनता, सीमा सुरक्षा, लोकतन्त्र र राष्ट्रिय स्वाभिमानको रक्षामा सक्रिय हुन आग्रह गर्नु भएको छ ।‘नेपाली युवाहरू देशभक्त छन् । नेपाली युवाहरू लोकतन्त्रप्रति प्रेम गर्छन्, लोकतान्त्रिक अभ्यास गर्छन् । अलोकतान्त्रिक, अराष्ट्रिय र देशलाई क्षति पुर्याउने आगजनी, लुटपाट, तोडफोडजस्ता काम नेपाली युवाहरूले गर्दैनन्,’ ओलीले भन्नु भयो ।उहाँले नेपाली युवाहरूको शक्ति पुनःसंगठित गर्दै राष्ट्रिय हितको पक्षमा परिचालन गर्नुपर्ने आवश्यकता औँल्याँउनु भयो । युवाहरूलाई देश निर्माण, विकास, उद्यमशीलता र सामाजिक सेवामा सक्रिय बनाउन फोर्स स्थापना गरिएको उहाँको भनाइ थियो ।

 

ओलीले नेशनल भोलिन्टियर फोर्स शान्तिपूर्ण संगठन भएको उल्लेख गर्दै यसले भिडन्त खोज्ने नभई समाजमा देखिएका बेथिति रोक्न र गलत कामविरुद्ध आवाज उठाउनुपर्ने बताँउनु भयो ।‘यो अत्यन्तै शान्तिपूर्ण फोर्स हो । यो लड्ने भिड्ने होइन, राम्रो गर भनेर आग्रह गर्ने फोर्स हो,’ उहाँले भन्नु भयो, ‘हामी निहुँ खोज्न जाँदैनौँ, हामी कहिल्यै पनि भिडन्त खोज्दैनौँ ।’तर, अन्याय र आक्रमणको अवस्था आए प्रतिवाद गर्नुपर्ने उल्लेख गर्दै उहाँले संगठनलाई कमजोर नबनाउन र आफ्नो शक्ति विस्तार गर्न युवाहरूलाई आग्रह गर्नु भयो ।पार्टी अध्यक्षको गिरफ्तारीका क्रममा एमालेका नेता तथा कार्यकर्तामाथि भएको प्रहरी हस्तक्षेप र धरपकडको प्रसङ्ग उठाउँदै ओलीले राज्यका निकायहरू कानुन र संविधानअनुसार चल्नुपर्ने बताँउनु भयो ।

 

उहाँले प्रहरी तथा प्रशासनलाई सरकारको आदेशभन्दा पनि कानुनअनुसार आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्नु भएको छ । राजनीतिक आस्थाका आधारमा कसैलाई पक्राउ गर्ने, दुःख दिने वा विभेद गर्ने कार्य स्वीकार्य नहुने उहाँको भनाइ थियो ।ओलीले भदौ २०८२ को २३ र २४ गतेका घटनालाई एउटै आन्दोलनका रूपमा व्याख्या गर्न नहुने जिकिर गर्नु भयो । उहाँका अनुसार भदौ २३ गते युवाहरूले आफ्ना माग राखेर आन्दोलन गरेका थिए भने त्यसपछि घुसपैठ भएर लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए ।उहाँले ती घटनामा संलग्न व्यक्ति र समूहको पहिचान गर्नुपर्ने तथा घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताँउनु भयो । आगजनी र तोडफोडमा प्रयोग भएका भनिएका रासायनिक पदार्थ तथा पेट्रोल बमबारे समेत अनुसन्धान हुनुपर्ने उहाँको भनाइ थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेशनल भोलिन्टियर फोर्सलाई देशव्यापी विस्तार र सुदृढ गर्न ओलीको निर्देशन

काठमाडौं ,५ मंसिर। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल भोलिन्टियर फोर्सलाई देशव्यापी रूपमा विस्तार र सुदृढ गर्न निर्देशन दिनु भएको छ। फोर्सको

आन्दोलन घोषणा भए युवा पङ्क्ति अग्रपङ्क्तिमा उत्रिने एमाले सचिव बस्नेतको चेतावनी

काठमाडौं ,५ मंसिर। नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारविरुद्ध पार्टीले आन्दोलन घोषणा गरे युवा पङ्क्ति अग्रपङ्क्तिमा उत्रिने बताँउनु भएको छ। नेशनल भोलिन्टियर फोर्सको प्रथम

घुँडाको क्यान्सरबाट पीडित रोशनलाई पराजुली समाजको ३३ हजार ५०० रुपैयाँ सहयोग

दमक, ५ मंसिर । घुँडाको क्यान्सरबाट पीडित झापाका ३२ वर्षीय रोशन पराजुलीको उपचारका लागि पराजुली समाज नेपालका विभिन्न कमिटीले आर्थिक सहयोग गरेका छन् ।झापा जिल्ला

क्यान्सर पीडितको खेतमा श्रम संस्कृति पार्टीका कार्यकर्ताको श्रमदान

दमक, ५ मंसिर । क्यान्सर रोगसँग संघर्ष गरिरहेकी एक महिलालाई सहयोग पुर्‍याउन श्रम संस्कृति पार्टीका कार्यकर्ता खेतमै पुगेर श्रमदान गरेका छन् ।झापाको भद्रपुर नगरपालिका–२ निवासी

मधेसको मुख्यमन्त्रीमा सरोज कुमार यादव नियुक्त

जनकपुर,५ मंसिर ।मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता सरोज कुमार यादव नियुक्त हुनु भएको छ ।प्रदेश प्रमुख कार्यालयले विज्ञप्ति जारी गर्दै

होर्मुज जलमार्गमा माइनमा ठोक्किएर तेल ट्यांकर विस्फोट

काठमाडौं,५ मंसिर । ओमानको खासाब बन्दरगाह प्रवेश गर्ने क्षेत्रमा नौसैनिक माइनमा ठोक्किएपछि एउटा तेल ट्यांकर विस्फोट भएर आगलागी भएको इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी)

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि बोलपत्र आह्वान

काठमाडौं,५ मंसिर । कैलालीको धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण प्रक्रिया अघि बढेको छ । सुदूरपश्चिम प्रदेशको महत्त्वाकांक्षी खेल पूर्वाधार आयोजनाका रूपमा रहेको रंगशाला निर्माणका