८ लाख सेवाग्राही लाइसेन्सको पर्खाइमा

 

यातायात व्यवस्था विभागमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन ८ लाख बढी सेवाग्राही कुरिरहेका छन्। उनीहरू एक दिन होइन वर्ष दिनदेखि लाइसेन्स लिन प्रतिक्षा गरिरहेका छन्। तर, यातायात व्यवस्था विभागले उनीहरूलाई लाइसेन्स प्रिन्ट गरेर दिन सकेको छैन।

विभागका सूचना अधिकारी ईश्वरी दत्त पनेरुका अनुसार विभागसँग लाइसेन्स प्रिन्ट गर्ने एउटा मात्रै प्रिन्टर छ। प्रत्येक दिन झण्डै ८ हजार लाइसेन्सको माग हुन्छ। तर, साढे चार हजार मात्रै प्रिन्ट हुन्छ। यसले गर्दा सेवाग्राही मर्कामा छन्।

कीर्तिपुरकी अरुणा खड्काले यातायात व्यवस्था कार्यालय एकान्तकुना सवारी चालक अनुमतिपत्रको परीक्षा पास गरेको १ वर्ष भइसक्यो। पास भएको कागज बोकेर स्कुटर चलाउने अरुणाले अहिलेसम्म लाइसेन्स हात पारेकी छेैनन्। उनी भन्छिन्, ‘३ महिनामा लाइसेन्स लिन आउनु भनेको थियो तर ३ पटक गइसकेँ प्रिन्ट भएकै छैन भन्छन्।’

यस्तै, लाइसेन्स नवीकरण शाखामा दोलखाका मानबहादुर तामाङ भेटिए। ट्रक चलाएर जीविकोपार्जन गर्ने तामाङले सवारी अनुमतिपत्र नवीकरण गर्नका लागि निवेदन दिएका छन्। एक वर्ष अगाडि फारम बुझाएका उनले अहिलेसम्म नयाँ लाइसेन्स पाएका छैनन्। मिति सकिएको पुरानै लाइसेन्स बोकेर सवारी कुदाइरहेका छन्।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेशनल भोलिन्टियर फोर्सलाई देशव्यापी विस्तार र सुदृढ गर्न ओलीको निर्देशन

काठमाडौं ,५ मंसिर। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल भोलिन्टियर फोर्सलाई देशव्यापी रूपमा विस्तार र सुदृढ गर्न निर्देशन दिनु भएको छ। फोर्सको

आन्दोलन घोषणा भए युवा पङ्क्ति अग्रपङ्क्तिमा उत्रिने एमाले सचिव बस्नेतको चेतावनी

काठमाडौं ,५ मंसिर। नेकपा एमालेका सचिव महेश बस्नेतले वर्तमान सरकारविरुद्ध पार्टीले आन्दोलन घोषणा गरे युवा पङ्क्ति अग्रपङ्क्तिमा उत्रिने बताँउनु भएको छ। नेशनल भोलिन्टियर फोर्सको प्रथम

घुँडाको क्यान्सरबाट पीडित रोशनलाई पराजुली समाजको ३३ हजार ५०० रुपैयाँ सहयोग

दमक, ५ मंसिर । घुँडाको क्यान्सरबाट पीडित झापाका ३२ वर्षीय रोशन पराजुलीको उपचारका लागि पराजुली समाज नेपालका विभिन्न कमिटीले आर्थिक सहयोग गरेका छन् ।झापा जिल्ला

क्यान्सर पीडितको खेतमा श्रम संस्कृति पार्टीका कार्यकर्ताको श्रमदान

दमक, ५ मंसिर । क्यान्सर रोगसँग संघर्ष गरिरहेकी एक महिलालाई सहयोग पुर्‍याउन श्रम संस्कृति पार्टीका कार्यकर्ता खेतमै पुगेर श्रमदान गरेका छन् ।झापाको भद्रपुर नगरपालिका–२ निवासी

मधेसको मुख्यमन्त्रीमा सरोज कुमार यादव नियुक्त

जनकपुर,५ मंसिर ।मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता सरोज कुमार यादव नियुक्त हुनु भएको छ ।प्रदेश प्रमुख कार्यालयले विज्ञप्ति जारी गर्दै

होर्मुज जलमार्गमा माइनमा ठोक्किएर तेल ट्यांकर विस्फोट

काठमाडौं,५ मंसिर । ओमानको खासाब बन्दरगाह प्रवेश गर्ने क्षेत्रमा नौसैनिक माइनमा ठोक्किएपछि एउटा तेल ट्यांकर विस्फोट भएर आगलागी भएको इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आईआरजीसी)

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि बोलपत्र आह्वान

काठमाडौं,५ मंसिर । कैलालीको धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण प्रक्रिया अघि बढेको छ । सुदूरपश्चिम प्रदेशको महत्त्वाकांक्षी खेल पूर्वाधार आयोजनाका रूपमा रहेको रंगशाला निर्माणका