दमक/
राष्ट्रपति र उप राष्ट्रपतिको निर्वाचन बहिस्कार गरेपछि आलोचना खेप्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टिले जुन सुकै हालतमा राजा फर्काउने दावि गरेको छ ।
आज झापाको दमकमा उज्यालो खवरसँग कुराकानी गर्दै पार्टिका महामन्त्री धवल समसेर जवराले नेपालको संविधानले नै राजतन्त्र पूःनस्थार्पीत गर्ने मार्ग राखीदिएका कारणले राजतन्त्र फर्काउन सहज हुने बताउनु भयो ।
तर यो मुद्धा अहिले तपाईहरुको भन्दा पनि कुनै एक व्यक्तिमा केन्द्रित भइसकेछ , त्यहाँ राजा पनि उपस्थित हुनुले त पार्टि र संगठन भन्दा पनि व्यक्तिको प्रभावशाली देखीन थाले त ?
भन्ने उज्यालो खवरले गरेको प्रश्नमा महामन्त्री जवरा भन्नु हुन्छ ‘ कुनै एक राजनैतिक दलको कार्यक्रममा बोलाएर हामी राजाको अपमना गर्न चाँदैनौ ।’
जनताकै आकक्षा अनुसार देशको प्रमुख पदमा राजा ल्याएरै छाड्ने उहाँले दावी गर्नु भयो ।
उहासँगको संवादको भिडियो यहाँ हेर्न सक्नु हुनेछ ।









