दमक/
किसान आन्दोलनको उद्धगम स्थल झापामा अखिल नेपाल किसान महासघंको सातौ महाधिबेसन हुने भएको छ । चैत्र ३० र ३१ गते हुने यो महाधिबेवनको उद्धघाटन नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीले गर्नुहुने भएको छ । महाधिबेवन सम्पन्न गर्नकालागि विभिन्न समिती, उप समिती बनाएर काम गरिरहिएको महासघंका महासविच खडक बहादुर खड्काले उज्यालो खवरलाई जानकारी दिनुभयो ।
देशभरबाट जिल्लागत प्रतिनिधीका साथै झापा , मोरङ र इलाम जिल्लाबाट विषेश उपस्थिती गराएर एक लाख भन्दा बढि जनसहभागीतामा यो महाधिबेवन गर्न लागिएको उहाँले बताउनु भयो ।
‘अहिले नेकपा एमाले पार्टिलाई चौतर्फि घेराबन्दी गरिएको छ । देशी , विदेशी शक्तिहरु यसको पछि लागेका छन् । तर एमालेको साथमा जनता छन् भन्ने देखाउँन पनि बृहत जनसभा मार्फत सन्देश दिन खोजीएको हो ।’ महासचिव खड्काले बताउनु भयो ।
दशकौ देखि किसानका एजेण्डामा कुरा मात्रै भए तर त्यसले नितिगत रुपमा निकै कम प्राथमिता पाए, यसमा सरकार स्थाई रुपमा बन्न नसक्नुनै मुख्य कारण रहेको बताउँदै महासचिव खड्का भन्नु हुन्छ ‘किसानका कष्टलाई स्थाई समाधन गर्न स्थाई सरकारको आवस्यक पर्ने रहेछ र त्यो नेकपा एमालेको सरकार बन्यो भने मात्रै हुने रहेछ भन्ने कुरा स्थापित पनि भइसक्यो ।’
नेपालका किसानहरुको समस्यालाई अन्तराष्ट्रियकरण गर्नकालागि यहि २९ गते दक्षिण एसियाली किसानहरुको भेला पनि हुने भएको छ । यसमा दक्षिण एसियाका विभिन्न किसान अगुवा तथा प्रतिनिधीहरुको उपस्थिती रहने पनि उहाँले बताउनु भयो ।
दक्षिण एसियाली किसानहरुको भेला झापाको झिलभिलेमा , अखिल नेपाल किसान महासंघको उद्धघाटन सत्र कमल स्थित केर्खामा रहेको प्रहरी कार्यालय छेउको खुल्ला मैदानमा र बन्द सत्र दमक स्थित दाहाल प्रतिस्ठानमा हुने जनाइएको छ ।
महासचिव खडक बहादुर खड्कासँग किसान आन्दोलन र यसले दिएको उपलब्धीका साथै महाधिबेसनको तयारी सम्बन्धमा उज्यालो खवरले गरेको कुराकानीको भिडियो यहाँ राखीएको छ ।









