दमक/
कोशी प्रदेश खेलकुदको क्षेत्रमा एक उर्वर भूमी रहेको नेपाल खेलकुद महासघं कोशी प्रदेशका अध्यक्ष राजकुमार थापाले बताउनु भएको छ ।
यहाँबाट राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन भएको भन्दै थापाले त्यस्ता खेलाडीको उचित प्रर्वधन र संरक्षण गर्न चाहि नसकेको उल्लेख गर्नु भयो ।
उज्यालो खवरको ‘उज्यालो बहस’ कार्यक्रममा कुराकानी गर्दै थापा भन्नु हुन्छ ‘अव महासघंले कुन जिल्लामा कस्तो खेलकुद कार्यक्रम गर्दा ठीक हुन्छ , स्थानिय खेलप्रेमिसँग बसेर सुझाव संकलन गर्ने र त्यसपछि भुगोलका आधारमा खेल्न सकिने प्रतियोगिताहरु गराइने छ । ’
उहाँले आगामी दशैँ ताका प्रदेश स्तरिय विभिन्न ‘इन्डोर गेम’ को आयोजना गर्ने तयारी भइरहेको पनि जानकारी गराउनु भयो ।
खुल्ला खेल मैदानमा खेलिने बाहेक भित्री तर्फ खेल्न मिल्ने सबै प्रकारका खेलकुद प्रतियोगिता गराइने र यसले खेलाडीहरुको मनोवल बढाउने लक्ष्यका साथ त्यस प्रकारको प्रतियोगिता गराउन लागीएको उहाँको भनाई छ ।
थापासँग गरिएको कुराकानीको भिडियो यहाँ राखीएको छ ।









