उत्पादनमा यूवा सहभागीता

दमकका यूवाहरुले फूलाए फूल, तिहारको आंसिक आवश्कता पुरा गर्दै

 

दमक
तिहारमा फूलको प्रयोग अध्याधिक हुन्छ । तर बढ्दो शहरी करणका कारण फूल खेती घट्दै गएको छ । भारत सहित विभिन्न मुलुकबाट फूल आयात भइरहेको छ । देशको अर्वौ रकम नेपाल बाहिर गइरहेको भएपनि यो क्षेत्रको परनिर्भरता कम गराउन राज्यले कुनै निती पनि बनाउन सकेको छैन । जसले गर्दा फूल उपभोक्ताहरु महगो मात्र होईन विषादी फूल प्रयोग गर्न बाध्य छन् । यहि समस्याको मध्यजनर गरेर झापा दमकका केहि तन्नेरी यूवाहरुले सामुहिक फूल खेती गरेका छन् । पहिलो पटक गरिएको फूलखेतीबाट उनीहरुले कमाउने भन्दा पनि फूलको उत्पादन र बजारीकरणको अवस्था चाहि के रहेछ भन्ने मज्जाले जान्ने मौका भएका छन् ।

झापाको दमक ३ स्थित गोलाटारको खाली जग्गा । जहाँ वरीपरि धानको खेती गरिएको छ । यहि धान खेतको बिचमा करिव १५ कट्ठा जग्गामा सयपत्री फूल फूलाइएको छ । यो फूल खेती कुनै व्यवसायीक नर्सरी व्यवसायीले गरेको होईन । दमकका केहि यूवाहरु मिलेर यूवा सोच र जोसका साथ गरेका हुन । गत बैशाखमा कोरोनाका कारण सबै क्षेत्र ठप्प थियो । शैक्षिक सस्था सहित सबै क्षेत्र बन्द थीए । त्यो फर्सदको समयमा के गर्ने भन्ने कुरा साथी- साथी बिचमा कुरा हुँदै जाँदा फूल खेतीको योजना बन्यो । तिहार छेक फूल फूलाएर बजारमा निकाल्न सके , काम गर्दा आम्दानी पनि हुने राज्यमा बढ्दो फूलको परनिर्भतामा सानो सहयोग पनि हुने भन्ने सोचले फूल खेती गर्न थालीएको लियो क्लव अफ दमक गोल्डका पूर्व अध्यक्ष प्रवेश बास्ताकोटीले बताउनु भयो ।

 


यहाँ फूल खेती गर्न दमकका केहि सामाजिक व्यक्तिहरुले जग्गा सहयोग गरे । लगानीका लागि आवश्यक रकम पनि दमकका विभिन्न लायन्स क्लवहरुले गरिदिए । उत्पादन हेरेर दमक नगरपालिकाले पनि गरिदिने भनेको छ । अहिले सम्म श्रम बाहेक नगद लगानीनै ३ लाख रुपैँया सम्म पुगेको उहाँले बताउनु भयो । यो लगानी बराबरको फूल नफूलेको भने होईन । तर यहि महिनाको सुरुमा आएको नियमती वर्षातले फूलमा नसोचेको क्षती गरायो । फूलबारीभरी पानी जम्यो । फूलका बोटहरु धमाधम मरे । फर्किन लागेका फूलहरु सुकेर गए । जसले गर्दा मुनाफा त हैन ल लगानी पनि उठ्न निकै चुनौती रहेको बास्ताकोटीले अनुमान गरिरहनु भएको छ । फूलेका फूलहरु अहिले टिपेर माला बनाएर कोल्ड स्टोरमा राखीएको छ । बजारको कुनै समस्या नभएपनि प्राकृतिक रुपमा भएको क्षतीका कारण भने केहि चुनौथी थपेको उहाँले बताउनु भयो ।

यी यूवाहरुले फूल खेती गर्न न प्राविधिक ज्ञान सिके । न उनीहरु अनुभवी नै हुन । कोहि भर्खरै विद्यालय स्तरको पढाई सकेका छन् । कोहि क्याम्पसको स्नातक तह अध्ययन गर्दै छन् । अरुले गरेको देखेर र यूटवमा फूल खेती गरेको हेरेर पनि यी यूवाहरुले फूल खेती गर्ने हिम्मत गरेका हुन । अनुभवका अभावमा पहिलो खेतीमा केहि असफलता हात परेपनि सिक्ने अवसर चाहि प्रप्त भएको क्लवका सदस्य हिमाल बस्नेतले बताउनु भयो । फूल रोप्दा उनीहरुले कलमी विरुवा रोपे, जुन गलत तरिका रहेछ भन्ने उनीहरुले बुझे । जग्गा छनौट गर्दा अलिक उच्च स्थानको हुनुपर्दो रहेछ भन्ने उनीहरुले बुझे भने मल र पानीको मात्रा कसरी लगाउने भन्ने बारेमा पनि पहिलो पटकका फूल खेतीबाट सिकेका छन् । यो पनि आफूहरुका लागि ठुलो पाठशाला भएको बस्नेतले सुनाउनु भयो ।

यी यूवाहरुले उत्पादन गरेको फूल अहिले टेलिफोनबाटै अर्डर भइरहेको छ । अर्डर अनुसार घर घरमा पुर्याउने गरिको सुविधा पनि उनीहरुले दिएका छन् । विषेश गरि दमकमा रहेका २० भन्दा बढि लायन्स क्लवका सदस्यहरुनै उनीहरुको प्रमुख बजार बनेका छन् । उत्पादन गर्न सक्ने हो भने बजारीकरणमा समस्या नरहेको उनीहरुको अनुभव रहेको छ । उनीहरुले १५ कट्ठा जग्गामा ९ जना यूवाहरुले मिलेर १ हजार ५ सय थान माला उनेर राखेका छन् । यो बिक्रिबाट करिव १ लाख ३० हजार रुपैँया आउने उनीहरुले बताएका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

चितवनमा सतर्कता बढाईयो, यस्तो छ बाढिको पुर्वानुमान

चितवन , १० भदौ | चितवनको देवघाटस्थित बाढी मापन केन्द्रमा नदीको पानीको सतह बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देवघाटमा

विपद् व्यवस्थापनमा सरकार र प्रतिपक्ष एकजुट

काठमाडौँ ,१० भदौ। भोटेकोसी नदीमा आएको बाढीले निम्त्याएको विपद्को समयमा विपक्षी दलका नेताले सरकारलाई सघाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको विपद्

बाढिपिडितको उद्दार धमाधम

रसुवा |१० भदौ | भोटेकोशी नदीमा आएको बाढीपछि रसुवाका विभिन्न क्षेत्रमा फसेका बाढीपीडितको उद्धार धमाधम भइरहेको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार हालसम्म हेलिकोप्टरमार्फत १२ जनाको

रसुवा भन्सारका १४ कर्मचारी अझै सम्पर्कविहीन, खोजी र उद्धार जारी

रसुवा, १० भदौ । रसुवामा आएको बाढीपछि रसुवागढी भन्सार कार्यालयका कर्मचारीको अवस्थाबारे खोजी तथा उद्धार कार्य जारी रहेको छ । रसुवा भन्सार कार्यालयमा कुल ३६

गाडी बगाएपछि गोसाइँकुण्ड हिँडेका ११ यात्रु अलपत्र

काठमाडौँ ,१० भदौ । गोसाईंकुण्ड हिँडेको ११ जनाको टोली नुवाकोटको विदुर नगरपालिका–१ सिम्मुटारमा बाढीका कारण फसेको छ।उनीहरूका आफन्त पूर्ण खड्काका अनुसार टोली चढेको गाडी बाढीले

टिमुरे र त्रिशूलीका घर बगे : १६ प्रहरी सम्पर्कविहीन

काठमाडौँ,१० भदौ । चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे खोलाको बाढी भोटेकोसीमा मिसिँदा रसुवामा ठुलो भौतिक क्षति भएको छ । रसुवाको टिमुरे बजार र नुवाकोटको त्रिशूली बजारमा