किसानलाई अर्को कस्ट

कोल्ड स्टोरमा राखेको आलु कुहियो , आलु के रोप्ने भन्ने चिन्तामा किसान

 

दमक/
दशै र तिहार सकियो । अव किसानको काम भ्याइ नभ्याई छ । धान थन्काउन व्यस्त किसान अव तत्कालै आलु खेती सुरु गर्दै छन् । यो बेलामा आलुको बिउ खरिद गर्दा महगो पर्ने भएकोले किसान आफैले आफ्नालागी आवश्यक पर्ने आलुको बिउ जोह गर्ने गर्दछन् । त्यो बिउलाई उनीहरुले गाउँको कृषि सहकारी मार्फत चिस्यान केन्द्रमा भण्डारण गरेर राख्ने गरेका छन् । तर यो पटकको आलुको बिउ दमक स्थित शान्ती कोल्ड स्टोरमा राख्दा रोप्नै नमिल्ने गरि कुहिएको छ । र किसानलाई यो वर्ष आलु के रोप्ने भन्ने चिन्ता सुरु भएको छ ।

 


मोरङ रतुवामाई नगरपालिकाका कृष्ण भट्टराईलाई अहिले चिन्ता छ कि गाउँका किसानले यो पटक आलु कसरी रोप्लान भन्ने । किनकी उहाँ आवद्ध कृषक उत्थान कृषि समुहले गाउँभरीका किसानको आलु शित भण्डारमा राखीदिने भनेर दमक रहेको शान्ती कोल्ड स्टोरमा ल्याउनु भएको थियो ।

जव उहाँ भण्डारण गरेर राखेका आलुका बिउ लिन कोल्ड स्टोर आउनु भयो त्यहाँ राखीएका आलु अधिकांश कुहिएका छन् । बोरासबै भिजेका थिए ।

पानीले लपक्कै भिजेको बोरेका आलु प्राय सबै कुहिएका थिए । कुनै बोरोको एउटा आलु कुहियो भने बोरामा भएका सबै आलु कुहिन्छ भनेजस्तै उहाँले भण्डारणका लागि राखीएका अधिकांश आलु कुहियो । उहाँले ८५ बोरो आलु विभिन्न किसानहरुबाट संकलन गरेर ल्याउनु भएको थियो । गााउँभरी अर्गानिक आलु उत्पादन गर्न भनेर उहाँहरुले अभियान सञ्चालन गरिरहनु भएको थियो । तर अव किसानले आलु नै रोप्न नपाउने स्थिती आउन लागेको भन्दै उहाँले दुखेसो व्यक्त गर्नुभयो ।


उहाँको मात्र होईन झापा गौरादह नगरपालिकाका बाबुराम दाहाललाई पनि कृष्णको जस्तै पीडा छ । उहाँनै अध्यक्ष रहनु भएका महारानीझोडा अर्गानिक कृषक समुहमा किसानले विस्वास गरेर आलुको बिउ दिए । त्यो बिउ सो कृषक समुहले शान्ती कोल्ड स्टोरमा राख्न ल्यायो । यो वर्षमात्र होईन बिगत देखिनै यस क्षेत्रका किसाहरुले यहि कोल्ड स्टोरमा ल्याएर भण्डारण गर्दथे । तर यो वर्षचाहि भण्डारण गरिएको आलु रोप्नै नमिल्ने गरि बिग्रिएको उहाँले सुनाउनु भयो ।

बिमा दावि गरेर क्षती बिहोर्ने

कोल्ड स्टोरका सञ्चालक सन्तोश अधिकारीका अनुसार यहाँ ११ हजार बोरा आलु भण्डारण गरिएको छ । यी मध्ये ४० प्रतिशत आलुमा यो वर्ष क्षती भएको छ । अहिले सम्म ६ हजार हाराहारीमा यहाँका आलु बाहिरिएको छ । यसमध्ये २२ सय बोरो कुहिएको भन्दै किसानले निवेदन निदएका छनु । गत कार्तिकको सुरुका दिनमा नियमती परेको वर्षातका कारण कोल्ड स्टोरमा केहि समस्या देखियो । भित्ता र बिमबाट पानी रसाायो । जहाँजहाँबाट पानी रसाएको हो त्यहाँका आलुमा असर गर्यो । तर कोल्ड स्टोरले यहाँ राखीएका सबै सामाग्रीको बिमा गराएको जनाएको छ ।

बिमा कम्पनीमा यहाँको क्षतीको विवरण पठाइसकिएको सञ्चालक अधिकारीले बताउनु भएको छ । कुन किसानको कती क्षती भएको छ भन्नेबारेमा किसानहरुबाटै तथ्याकं लिने काम पनि भइरहेको उहाँले बताउनु भयो । आफुहरुले बिमाबाट भुक्तानी लिएर किसानको क्षती बिहोर्ने तयारी गरिरहेको अधिकारीले जानकारी दिनुभयो ।


१५ वर्ष अघि स्थपना भएको यो कोल्ड स्टोरमा आलु, फलफूल तथा अन्य विभिन्न सामाग्रीको यहाँ भण्डारण गरिएको छ । बिमा सस्थानको अध्ययन र प्रतिवेदनका आधारमा अहिलेका आलु रोप्ने किसानहरुले कति क्षती पाउने वा नपाउने भन्नेबारेमा निर्भर छ । बिमाले किसानको क्षती बिहोरिदिएपनि अहिले तत्कालै आवश्यक पर्ने आलुको बिउ किसानले कहाँबाट लिने भन्ने दोधारे अवस्था पनि सिर्जना भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सीमा विवादबारे प्रधानमन्त्रीको टिप्पणीमा संसदमा प्रश्न

काठमाडौं,१७ जेठ । नेपाली कांग्रेसकी सांसद बासना थापाले नेपालले मिचेको भारतीय भूमिको विवरण पेस गर्न माग गर्नु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा नेपालले पनि

संसदलाई मर्यादित र प्रभावकारी बनाउन पुनको आग्रह

काठमाडौं,१७ जेठ । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले प्रतिनिधिसभाको नियमावलीमा रहेको नयाँ व्यवस्था कार्यान्वयन गर्दै संसदलाई अझ जीवन्त, उत्तरदायी र मर्यादित बनाउनुपर्ने बताउनु भएको

’संसद जनताको आवाज सुन्ने र नतिजा दिने थलो हुनुपर्छःसांसद राई

काठमाडौं,१७ जेठ । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै संसदमा जनताको आवाज प्रभावकारी रूपमा सुन्न र त्यसको परिणाम देखिनुपर्ने आवश्यकता औंल्याउनु

’सुशासन र भ्रष्टाचार निर्मूल नै सरकारको पहिलो प्राथमिकता’

काठमाडौं,१७ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको पहिलो वर्षलाई ‘सुशासनको वर्ष’ का रूपमा अघि बढाइएको र भ्रष्टाचार तथा बेथिति अन्त्य गर्न सरकारले प्राथमिकताका साथ काम

सांसदहरूको भाषा र व्यवहारप्रति सभामुखको ध्यानाकर्षण

काठमाडौं,१७ जेठ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले एमालेका सांसद ऐनबहादुर महर र श्रम संस्कृतिका ध्रुवराज राई तथा आरएन राईले मर्यादा कायम नगरेको

भिजिट भिसाको दुरुपयोग रोक्न कडा निर्देशनः प्रधानमन्त्री शाह

काठमाडौं,१७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले भिजिट भिसाको नाममा हुने अवैध श्रम आप्रवासन, मानव तस्करी नियन्त्रण तथा वैदेशिक रोजगार प्रणालीमा देखिने संरचनागत