दमकका उद्योगीहरुप्रति श्रेष्ठद्धारा आभार प्रकट

‘ठुला ब्यापारीको दवदवालाई परास्त गरेका छौ गोकुल श्रेष्ठ(भिडियोमा हेरौ)

 

दमक/
दमक उद्योग वाणिज्य सघंका निवर्तमान अध्यक्ष हुनुहुन्छ गोकुल श्रेष्ठ । उहाँ एक पटक अध्यक्ष पदमा उप बिजेता बने पछि पूःन चुनावमा होमिएर अध्यक्ष बन्नु भएको हो ।

दमकमा सहज र सफल नेतृत्व गर्नु भएका श्रेष्ठ अहिले नेपाल उद्योग वाणिज्य महासघंको केन्द्रिय सदस्यमा निर्वाचित हुनु भएको छ ।
गत चैत्र २९ गते काठमाडौमा भएको महासघंको ५७ औ साधारणसभामा उहाँ जिल्ला नगरतर्फबाट केन्द्रिय सदस्यमा निर्वाचित हुनु भएको हो ।

यो जीतलाई उहाँले आफ्नो मात्र नभएर महासघंमा ठुला शहर र ठुला ब्यापारीको मात्रै दवदालाई पनि परास्त गर्न सकिएको बताउनु भयो ।

‘ठुला ब्यापारीले महासघंमा एकछत्र राज गरेका थीए । जिल्ला र नगर स्तरका व्यापारीका मुद्धाले उचित स्थान पाउँदैन थियो । सरकारमा उनीहरुको प्रत्यक्ष सम्पर्क हुने गर्छ र आफ्नो अनुकुलमा मात्रै विभिन्न निति तथा कानुन बनाइन्थ्यो । तर अव त्यसो हुन दिने छैनौ ।’ महासघंमा नव निर्वाचित केन्द्रिय सदस्य श्रेष्ठले भन्नु भयो ‘महासघंको टेवलमा अवदेखि जिल्ला र नगर स्तरका व्यापारीका समस्या र मुद्धा पनि एजेण्डा बनेर उठ्ने छन् ।’

सोमबार दमक उद्योग वाणिज्य सघंले उहाँलाई बधाई तथा सुभकामना कार्यक्रम राखेको थियो । सो अवसरमा सघंले वर्ष २०८० को क्यालेण्डर पनि सार्वजनिक गर्यो ।

दमक नगरपालिकाका प्रमुख राम कुमार थापालाइ प्रमुख अतिथी बनाएर गरिएको कार्यक्रममा सघंका विभिन्न पदाधिकारीहरु एवं अन्य उद्योगी , व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

भिडियोमा हेरौ

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा