सहकारीबाट समृद्धि

इटाभट्टाका कारण उजाड बनेको जमिन अहिले बन्यो हराभरा (भिडियो)

 

दमक/
झापाको कमल गाउँपालिका वडा नं १ को बाँसबारी भन्ने ठाउँमा करिव ३४ बिगाह जमिनमा अहिले धान लगाइएको छ । यो यस्तो ठाउँ हो जहाँ वरी परि विभिन्न इटा उद्योगहरु छन् ।

यी उद्योगबाट निस्कने धु्वा र धुलोका कारण यहाँका जमिनहरुमा सोचेजस्तो उत्पादन हुँदैन थियो । उत्पादननै हुन छोडेपछि किसानहरुले खेतबारी बाँझै राखेका थीए । बिक्यो भने कम मुल्यमै बेच्ने पनि गर्दथे ।

तर अहिले यहाँको अवस्था सुध्रीएको छ । जमिनहरु उर्वर हुन थालेका छन् । जमिन उर्बर हुनुको कारण यहाँ रहेका इटाभट्टा यहाँबाट हेटेर चाहि होईन । भट्टाहरु अझै चलिरहेका छन् । यद्यपी यहाँका जमिनबाट पहिलाको भन्दा मनग्गे उत्पादन हुन थालेको छ ।

यहाँ अहिले तीन वटा सहकारी र केहि अगुवा किसानहरुका मिलेर आधुनिक खेतीगर्न थालीएको छ । ३३ बिगाह १२ कट्ठा १४ धुर जमिन भाडामा लिएर कमलमा रहेका तीन मुर्दन्य सहकारीहरु पूर्व नेपाल बहुउद्धेस्य सहकारी सस्था लिमिटेड, इन्द्रेणी बहुउद्धेस्य सहकारी सस्था लिमिटेड र नवोदय बहुउद्धेस्य सहकारी सस्थाहरुले बहुउद्धेस्य संयूक्त सहकारी कृषि फर्म स्थापना गरेर धानको बिउँ उत्पादन गरिरहेका छन् ।

 

यहाँको परियोजना सञ्चालनका बारेमा जानकारी दिदै यसका व्यवस्थापक तथा कृषि प्राविधिक खिर बहादुर श्रेष्ठ भन्नु हुन्छ ‘यहाँ केहि किसानहरुको बाँझो जमिन भाडामा लिएर उर्वर बनाउने काम भएको छ । यसबाट किसानहरुले जग्गाको भाडा त पाउनु भएको छ नै त्योसँगै यहि काम गर्ने अवसर समेत पाएर अर्को आम्दानी पनि गर्नु भएको छ । यहाँ अहिले अहिलै खाने धान भन्दा पनि धान रोप्ने बिउ लगाइएको छ । यसबाट खाने धानमा भन्दा बढि फाईदा हुने रहेछ ।’

कृषिबाटै समृद्धि ल्याउने हो भने यसलाई व्यवसायीकरण गर्नै पर्छ । व्यवसायी करण गर्न एक व्यक्तिको सोच र खोज र नोटले मात्रै पर्याप्त हुँदैन भन्ने कुरा यी सहकारी सस्थाहरुले बुझे । आफ्नै झापाको ग्रामिण क्षेत्रबाट उदाएका यी सहकारीहरुले यही क्षेत्रका कृषिको सम्भावना देखे । यसबाट किसानको आम्दानी बढाउन सकिन्छ भन्ने योजना बनाए । र तीन वटै सस्थाले दामासाहिमा लगानी गरे अनी सुरु भयो कमलमा कृषि सम्बन्धीको कमालको काम ।

सामान्य तरिकाले धानको बिउँ राख्न भनेर धान पाकेको समयमा छानेर राम्रा राम्रा धानलाई अर्कोे वर्ष रोप्न मिल्ने गरि छानेर राखीन्छ । तर यहाँ उत्पादन भएको सबै धान बिउ धान हो । सबै राम्रा धान उत्पादन हुनै पर्यो । त्यसकालागि आश्यक पर्ने विभिन्न प्रविधि र मलहरु गुणस्तरिय स्तरका प्रयोग गर्नै पर्यो । जसकालागि सस्थामा अहिले ड्रायर, धान रोप्ने मेसिन, सिडर अटोमेटिक, ट्रे, ट्याक्टर, क्याजुअल सेट, हाइड्रोलिक ट्रलि,मोटर बोरिङ, स्प्रे ट्याङकी, मेसिनरी हाउस, प्राङ्गारिक तत्व रहेका छन् ।

 

यस्ता उपकरणहरु प्रयोग गरेर उत्पादन गर्न थालेपछि अहिले पुरै गाउँमै हरियाली छाएको छ । स्थानिय किसानले पनि यहाँबाट प्राविधि र प्राविधिक सहयोग समेत पाउने गरेका छन् ।

यहाँबाट वर्षे धान, हिउँदे धान, बोरो धान तथा साइलेज मकै पनि उत्पादन हुने गर्छ । यी बाट सस्थाले वार्षिक ६५ लाख रुपैँया आम्दानी गर्ने गरेको छ । सयौ किसानहरु यहाँ सहभागी भएर आफ्नो खेतको वार्षिक आम्दानीका साथै रोजगार पनि पाइरहनु भएको छ ।

यो परियोजनालाई अझ बढाउन सस्थाले जग्गाको क्षेत्रफल ५० बिगाह पुर्याउने लक्ष्य राखेको छ ।

भिडियोमा हेरौ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा