किसानको कष्ट

दमकका किसानको लडेको धान अझै उठ्न सकेन , सरकारले दिने राहत घोषणामै सिमित, नगरपालिकाद्धारा नयाँ खेती गर्न विद्य्ुत महसुल अनुदान दिइने

 

दमक/
कार्तिक महिनाको सुरुका दिनहरु नरोकिकहन निरन्तर वर्षात भयो । वर्षातसँगै हावा पनि जोडले चल्यो । यसले विभिन्न स्थानमा जनधनको क्षती पुग्यो । झापा दमककको उत्तरी क्षेत्रमा पनि बेमौसमी वर्षातका कारण किसानको धान उठ्नै नसक्ने गरि लडाइदियो । असर परेको एक महिना हुन लाग्दा पनि किसानले लडेको धान अझै सम्म उठाउन सकेका छैनन् । लडेको धानको कुनै आश नभएकोले पनि उठाउन चासो नदेखाएको किसानहरुले बताएका छन् ।

झापा दमक नगरपालिका वडा नं ३का धनश्याम न्यौपानेको कपाल र दारी पुरै सेताम्मे भएर फूलिसकेको छ । उमेरले ४ कोरी नजिक पुगिसक्नु भएको छ । तर ३ हप्ता अघि आएको जस्तो प्रकृतिक विपत्ती उहाँले खेप्नु परेको थिएन । उहाँले यहाँ करिव २ बिगाह खेतमा धान रोप्नु भएको छ ।

तर कार्तिकका सुरु दिनमा आएको बेमौसमी वर्षात हुरीका कारण उहाँका सबै धान उठ्नै नसक्ने गरि लडेका छन् । लडेका ती धान माथीबाट हेर्दा निकै फलेको जस्तो पनि देखिन्छ । तर धान उठ्नै नसक्ने गरि लडेका कारण अहिलै उठाउने मन नगरको धनश्यामले सुनाउनु भयो ।

यहि ठाउँकी सप्तकुमारी राईले सिरको कपाल ढाक्ने गरि एउटा कपडाले बेर्नु भएको थियो । पाखुरा छोपीने गरि कोठे सर्ट लगाउनु भएको छ । हातमा धान काट्ने हसिँया बोक्नु भएको छ । उहाँले आफ्नो र साहुको गरि झण्डै तीन बिगाह क्षेत्रमा धान रोप्नु भएको छ । तर यो पटक कुनै पनि धान सध्य छैनन् ।

बाँकी रहेको धान काटेर कती निस्कल्न र साहुलाई दिएर आफुलाई कती बच्ने हो उहाँले यो पटक कुनै अनुमान पनि लगाउन सक्नु भएको छैन । तर अघिल्ला वर्षमा यतीनै खेतमा रोपेको धानले उहाँलाई साहुलाई तीर्न पनि पुग्थ्यो ।

आफ्नो घरमा वर्षभरी खान पुग्ने गरि भण्डारण गरेर केहि मन धान बचत पनि हुन्थ्यो । त्यही धान बेचेको पैसाले घरमा आवश्यक नुन तेल र छोराछोरीको पढाइ खर्चका साथै दुख बिराम हुँदा औषधि उपचार पनि गर्न पुग्थ्यो । तर यो पटक त साहुलाई जसोतसो तीर्न पुगेपनि आफुले चाहि के खाने भन्ने चिन्ता छ । अधियामा खेती गर्नेलाई ऋण पनि नपत्याउने हुँदा यो वर्ष उहाँले संकटको सामना गर्नु भयो भन्दै चिन्ता व्यक्त गर्नु भएको छ ।

यो वर्ष दमकमा ४२ सय हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो । यसमध्ये हालसालैको वर्षात र हुरीका कारण ६ सय ३० हेक्टर क्षेत्रफलमा लगाइएको धान पूणर् रुपमा क्षती भएको दमक नगरपालिकाको कृषि शाखाले जनाएको छ । यस्तै ७.३ हेक्टर क्षेत्रफल तरकारी खेती पनि नष्ट गर्यो ।

यसरी बेमौसी वर्षातका क्षती भएकाको तथ्याकं र अवस्थाको रिपोर्ट शाखा कार्यालयले कृषि ज्ञान केन्द्र हुँदै केन्द्रको कृषि मन्त्रालय सम्म पनि पुर्याइसकेको शाखा प्रमुख चन्दा भट्टराईले जानकारी दिनुभयो । तर उताबाट समस्यामा परेका किसानलाई के राहत दिने भन्ने कुराको जानकारी नै आएको उहाँले बताउनु भयो ।

न कुनै कार्यविधि बनेर आएको छ न त कुनै कुनै पत्रको ढाँचा नै आएको छ । भट्टराईले भन्नु भयो ‘केन्द्रको कृषि मन्त्रालयमा टेलिफोन गरेर बुझ्दा यसको क्षतीबारेमा अनुगमन गरेर रिपोर्ट बनाउने समितीको बैठक नै बस्न नसकेकोले ढिलाई भएको हो । २१ सदस्य मध्ये १७ जना अनुपस्थित रहेका कारणले गर्दा बैठक बस्न नपाएको जावाफ आएको उहाँले सुनाउनु भयो ।

दमक नगरपालिकाले भने वर्षातले समस्या पारेका सबै किसानलाई सिचाईमा प्रयोग भएको विद्युत महसुल सत प्रतिशत तिरिदिने गरिको प्रस्ताव नगरको बोर्डमा राखेको छ । यस सम्बन्धीको निणर्य हुने वित्तिकै अहिले लगाएको धान झिकेर जुनसुकै खेती गर्ने किसानलाई सिचाई प्रयोग गरेवात लाग्ने विद्युतिय महसुल शत प्रतिशत छुट पाउने छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

एभरेस्ट टुरिजम अवार्ड शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

काठमाडौं,१६ जेठ । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा आरोही पेर्टेम्बा शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मान गरिएको छ । पूर्वराष्ट्रपति डा।रामवरण यादवको

हदबन्दीसम्बन्धी कानुनी तत्काल सम्बोधन गर्न माग

काठमाडौं,१६ जेठ । नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णु प्रसाद घिमिरेले हदबन्दीसम्बन्धी कानुनी जटिलताका कारण घरजग्गा तथा आवास क्षेत्रमा करिब दुई खर्ब रुपैंयाँ

मुलुक चुनौतीपूर्ण आर्थिक अवस्थाबाट गुज्रिरहेको छ : अध्यक्ष श्रेष्ठ

काठमाडौं ,१६ जेठ। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्ष अञ्जन श्रेष्ठले मुलुक अझै चुनौतीपूर्ण आर्थिक अवस्थाबाट गुज्रिरहेको बताउनु भएको छ । नेपाल जग्गा तथा आवास

बजेटमा पर्यटन स् ‘विवाह गन्तव्य’देखि ‘डाँफे रुट’ निर्माणसम्मको योजना

काठमाडौं,१६ जेठ । सरकारले आर्थिक वर्ष २०८३÷८४ को बजेटमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको विकासका लागि देशका विभिन्न ऐतिहासिक, धार्मिक, पर्यटकीय तथा हिमाली क्षेत्रलाई

सगरमाथा सहितका हिमाल आरोहणका क्रममा सात जनाको मृत्यु

काठमाडौं,१६ जेठ । सन् २०२६ को वसन्त ऋतुमा सगरमाथा लगायतका हिमाल आरोहणका क्रममा हालसम्म सात जना आरोही र पथप्रदर्शकको ज्यान गएको छ । त्यसमध्ये दुई

कृषि बजेटप्रति कृषि अभियन्ता नेपालको असन्तुष्टि

काठमाडौं,१६ जेठ । युवा किसान तथा कृषि अभियन्ता दिपेश नेपालले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटले नीति तथा कार्यक्रममा व्यक्त गरिएका कृषि प्राथमिकतालाई पर्याप्त रूपमा