सिलाई कटिङमा भविष्य खोज्दै दमकेली महिलाहरु

‘कटिङ’मा जीन्दगी कटाउँन चाहनेहरु , भन्छन्‘सिपले सिपालु बनाउला नी !’ (भिडियोमा हेरौ)

दमक/
उमेरले ४६ वर्ष पुग्नु भएको छ झापा दमककी सुमित्रा विस्वकर्मा । श्रीमान कमाउन भन्दै परदेश जानु भएको थियो । अहिले बिरामी भएर उपचार गराउन घरदेशनै फर्कनु भएको छ ।

घरमा दुईजना छोराछोरी छन् । उनीहरुलाई पढाउने , हुर्काउने महत्वपूणर् जिम्मेवारी छ । तर कमाई अत्यन्तै कम । कमाउन परदेशिनु भएका श्रीमान घरदेशनै फर्र्केपछि विदेशबाट आउने भनेर सोचेको कमाई नआउने निश्चित भयो ।

तर अव यही जसो तसो केहि गरेर जीन्दगी त चलाउनुनै छ सुमित्रालाई । त्यसैले अहिले उहाँ निकै मिहनतकासाथ कपाडा सिलाउने सिप सिकिरहनु भएको छ । उहाँलाई यो सिप सिकेर जुनसुकै हालतमा काम गर्न सक्ने बन्नु छ ।

यही भिडमा शन्त्ती विस्वकर्मा ,तिर्थमाया भुजेल र निर्मला बिक पनि सिलाई कटाईको तालिम लिइरहनु भएको छ । यो तालिम सिकेर उहाँहरुलाई पनि आत्मनिर्भर बन्नु परेको छ । हातमा सिप भयो भने कोहिसँग झुक्नु नपर्ने भएकोले सिप सिक्न आएको उहाहरुको प्रतिकृया छ ।

तालिममा भर्खर क्याम्पस पढ्दै गरेका सामना भट्टराई र निशा बन्जारा पनि हुनुहुन्छ । घरमा व्यवहारिक बोझ बोक्न परिनहाले पनि महिलाहरुने गर्ने काम किन नसिक्ने भनेर तालिम लिन आउनु भएको छ । यो तालिमलाई अझ बढाएर लैजाने र आवश्यक पर्ने मेसिन पनि खरिद गरेर दिने हो भने यो क्षेत्रमा उज्वल भविष्य बन्न सक्ने उहाँहरुको बुझाई छ ।

अहिले यहाँ तीन महिना सम्म सिलाई कटाई गर्ने सम्बन्धीको आधारभूत तालिम चलीरहेको छ । यो अवधिमा पेटे भोटो, बाउले भोटो, बाबा सुरुवाल, लेडिज हाप्पेण्ट लगयात विभिन्न २० थरीका पहिरन सिउन सिकाइन्छ । सिटिइभिटिले आधारभूत स्तरको तालिममा जेजे सिकाउँछ ती सबै प्रकारका सिप सिकाईने प्रशिक्षक यमुना न्यौपानेले बताउनु भयो ।

खास गरि महिलाहरुलाई आत्मनिर्भर बनाउन यो तालिम प्रदान गरिएको हो । यहाँ दुई सिफ्ट गरेर १२/१२ जना गरि २४ जनाले तालिम लिइरहनु भएको छ ।

यो तालिम कम आय आर्जन भएका समुदायलाई लक्षित गरेर गरिएको भन्दै वडा सदस्य रिना विस्वकर्मा भन्नु हुन्छ ती समुदायको आय आर्जन बढोस भनेर पहिलो चरणमा सिप सिकाइएको र अन्य चरणमा अरु आवश्यकता पुरा गर्दै जाने लक्ष्य राखीएको छ ।

भिडियोमा हेरौ

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा