दमक/
हिजो आजका दिनहरु तराईमा निकै पेचिलो घाम लागीरहेको छ ।गर्मी बढ्दो छ । यस्तो बेलामा चिसो खानेकुरा सबैलाई मन पर्छ ।
चिसो खाएर शरिर शितल बनाउन तराईमा धेरौको रोजाईमा पर्ने फल हो खरबुजा ।
खरबुजा खादा के पाइन्छ ?
खरबुजामा पोटासियम र म्याग्नेसियम पाइन्छ जसले रक्तनलीलाई स्वस्थ राख्न मद्दत गर्छ ।
यो रसिलो फलमा इलेक्ट्रोलाइट्स हुन्छ जसले रक्तचापलाई सामान्य राख्छ ।
खरबुजा फाइबर प्रशस्त मात्रामा पाइन्छ जसले तपाईंको पाचन तन्त्रलाई सुधार्न मद्दत गर्छ ।
खरबुजाले शरीरबाट हानिकारक टक्सिन बाहिर निकाल्ने काम गर्छ ।
खरबुजामा भएको इलेक्ट्रोलाइट्स र मिनरलले तपाईंलाई ऊर्जावान् राख्न मद्दत गर्छ ।
तीब्र रुपमा तौल कम गर्न चाहनुहुन्छ भने खरबुजालाई आफ्नो खानाको हिस्सा बनाउनुहोस् ।
खरबुजामा लाइकोपिन नामको शक्तिशाली एन्टिअक्सिडेन्ट पाइन्छ । यसले तपाईंको स्वास्थ्य समस्याजस्तै क्यान्सर र मधुमेहको खतरालाई रोक्न मद्दत गर्छ ।
एमिनो एसिडले भरपुर खरबुजाले तपाईंको मुटुको स्वास्थ्यका लागि शानदार हो ।
यत्ती महत्वपूणर् फल कसरी फल्छ ? हामीले फिल्डमै गएर यसबारेमा कुराकानी गरेका छौ ।
कुराकानीको भिडियो यहाँ राखीएको छ ।









