महिलालाई आत्मनिर्भर बन्न झोला बुन्ने तालिम

झोला बुन्ने तालिमले महिला स्वरोजगार बढाउँला ? (भिडियोमा हेरौ)

 

दमक/
दमक नगरपालिका वडा नं २ को आर्थिक वर्ष २०७९/८० को बजेटमा बिनियोजीत रकमबाट १ महिने झोला र पर्स बुन्ने तालिम दिइयो ।
वडामा रहेका काम नगरि खाली बसेका २० जना महिलालाई एक महिना झोला बुन्ने तालिम दिइयो । यही अवधिमा पर्स बनाउन पनि सिकाइयो । ३० दिन सम्म यहाँ सहभागी भएका २० जना महिलाहरुलाई के के सिकाईयो ? तालिम प्रशिक्षक मिना भुजेल भन्नु हुन्छ ‘कोर्षको भन्दा धेरै सिकाएका छौ , सात प्रकारका सामान मात्रै बनाउन सिकाउने भनिएको थियो तर हामीले १२ प्रकार भन्दा धेरै सामान बनाउन सिकाएका छौ ।’ सब्जी बोक्ने झोला, सपिङ ब्याग, ट्राभल ब्याग, जेब्रा झोला, स्कुल ब्गाग लगायत दैनिक उपभोगमा आउने सबै प्रकारका ब्यागहरु बनाउन सिकाइएको भुजेललले उज्यालो खवरसँगको कुराकानीका क्रममा बताउनु भयो ।
खासगरी घरमा गृहणी काम गर्ने महिलाहरुलाई यो तालिम दिइएको हो । महिलाहरुलाई आय अर्जनमा जोड्न सबै भन्दा पहिला सिप विकास गर्नु पर्छ भन्ने वडा सरकारको सोच अनुसार कार्यक्रम भएको हो । के यहाँ सहभागी भएकाहरुले वडाको सोच अनुसारनै सिप सिक्न सकेको बताएका छन् । सिकिएको सिपलाई उत्पादनमा लाग्न अव केहि मेसिन औजारमा सहजीकरण गरिदिन र बजारीकरणमा सहयोग गर्न सहभागीले माग गरेका छन् । यदी यसो भएमा यहाँ सिकेको सिपलाई आफुहरुले व्यवहारमा कार्यान्वायन गर्दै जिविको पार्जनमा लगाउन सक्ने प्रतिकृया दिएका छन् ।
अघील्लो वर्षपनि वडा नं २ ले यस्तै प्रकारको तालिम सिकाएको थियो । त्यसबेला पनि करिव यतीनैको संख्यामा सहभागी थिए । तालिम दिने संस्था भूमिका सिपमुकल सस्थानै थियो । त्यहि बेला दिएको तालिमको परिस्कृत तालिम भनिएकोमा यस्मा अघील्लो तालिमबाट सिकेको सिपले आत्मनिर्भर बन्न मद्यत् गरेको त्यस बेला र यो बेलाको पनि तालिममा सहभागी गोमा घिमिरे बरालको भनाई छ । ‘सुरुको तालिमबाट सिक्दै त उत्पादन गर्न सक्ने भएका हामी अव यसैको एडभान्स तालिम पाउँदा त खुसी भएका छौ नी ।’उज्यालो खवरलाई प्रतिकृया दिदै बरालले बताउनु भयो ।
तालिम आयोजक दमक नगरपालिका वडा नं २ ले यो तालिमबाट महिलाहरुमा आत्मनिर्भरतामा अभिपे्ररित गराउने लक्ष्य राखेको छ । वडा सदस्य चन्द्रकला विस्वकर्मा भन्नु हुन्छ ‘घरमै बसिरहनु भएका वडाका दिदि बहिनीहरुलाई हातमा सिप सहित रोजगार वा स्वरोगारमा लाग्न अभिप्ररित गर्न तालिम आयोजना गरिएको हो ।
समाज रुपान्तरण हुन चेतना , शिक्षाको विकास हुनु पहिलो आवश्यकता रहेको नगरकी उप प्रमुख रेगिना भट्टराई प्रसाईले बताउनु भयो । महिलाहरुलाई सिप सहित सक्षम बनाएर समाजमा रुपमान्तरणमा पूरुषसँग -सँगै हिड्न सक्ने परिस्थितीको निर्माण गर्न आफुहरु योजनाबद्ध रुपमा लागि परिरहेको उल्लेख गर्नु भयो ।
गत वर्षको चैत्र २४ गते देखी सुरु भएको तालिम बैशाख २५ गते सम्म सञ्चान भएको थियो । यसको बैशाख २६ गते विधिवत समापन गरिएको हो ।
भिडियोमा हेरौ

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

निष्पक्ष निर्वाचन गराउने मुख्य जिम्मेवारी सरकारको हो : गगन थापा

काठमाडौं ,४ मंसिर। नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचनको निष्पक्षता र शान्तिपूर्ण वातावरण सुनिश्चित गर्ने जिम्मेवारी निर्वाचन आयोगको मात्र नभई सरकारको पनि भएको बताँउनु भएको

भुपेन्द्रजंग शाहीद्वारा महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौं ,४ मंसिर। नेपाली कांग्रेसको शेर बहादुर देउवा समूहले गर्न लागेको १५ औं नियमित महाधिवेशनमा नेतृत्वका आकांक्षीहरुले आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका छन् ।विशेषगरी उपाध्यक्ष,

भारत जान लागेका प्रधानमन्त्रीले चिन बारे के भने? किन झस्क्यो चिनिया सरकार बालेन सरकारसँग ?

काठमाडौँ,४ मंसिर ।प्रधानमन्त्री बालेन शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० जना सांसदलाई चीन भ्रमणमा जानुअघि एउटा विषयमा विशेष सावधानी अपनाउन सुझाव दिनु भएको थियो—

राप्रपा अध्यक्षमा ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा

काठमाडौं ,४ मंसिर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र बहादुर शाहीले पार्टीको आगामी केन्द्रीय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ।शुक्रबार पत्रकार

प्रधानमन्त्री शाहको भारत भ्रमणको कार्यतालिका सार्वजनिक

काठमाडौं ,४ मंसिर। परराष्ट्र मन्त्रालयका सचिव अमृत राईले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणले नेपाल–भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै द्विपक्षीय साझेदारीलाई

प्रधानमन्त्री शाहको भारत भ्रमणमा ५२ व्यवसायी सहभागी हुने

काठमाडौं,४ मंसिर । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणमा ५२ जना व्यवसायी पनि जाँदै छन् ।परराष्ट्र सचिव अमृत राईका अनुसार प्रधानमन्त्रीको भ्रमण दलमा ३४ जना सदस्य

लालबन्दीमा प्रेमिका भेट्न गएका युवक मृत फेला

सर्लाही,४ मंसिर । सर्लाहीको लालबन्दीमा प्रेमिका भेट्न गएका एक युवक मृत फेला परेका छन् । प्रेमिकाको कोठामा अचेत अवस्थामा भेटिएका हरिपुर्वा नगरपालिका–९, बगेवा गाउँका २०