मासुमा आन्मनिर्भर बनाउन भन्दै दमकका महिलाले खसी बोका पाल्ने, सरकारले पनि सहयोग गर्यो

उज्यालो
दमकमलाई मासुमा आन्मनिर्भर बनाउनका लागि यहाँका महिलाहरुले उन्नत जातको बाख्रा तथा खसि पालन गर्ने भएका छन् ।
दमक ४ मा रहेको दिव्य महिला कृषि समुहले सरकारसँगको साझेदारीमा खसी बोकाको मासु उत्पादन गरि आर्थीक बृद्धि गर्ने उदेस्यले यो काम गर्न लागेका हुन । खसीको मासु तथा मासुजन्य पदार्थ उत्पादनउप आयोजना नाम दिइएको यो कार्यक्रमको कुल लगात १ करोड ७४ लाख ८ हजार रहेको छ ।

यसमा सरकारी अनुदान ८७ लाख ४ हजार , बैक तथा वित्तिय सस्थाको ऋण ५२ लाख २२ हजार ४ सय र लाभग्राहि सस्थाको ३४ लाख ८१ हजार ६०० रहेको छ । यो रकमले सुरुवाती चरणमा ३०० बाख्रा र १५ वटा उन्नत जातका बोका पाल्ने छ । साथै नश्ल सुधार गरि गुणस्तरीय बोका, पाठी उत्पादन, नयाँ प्रविधिको प्रयोग गरि आर्थीक रुपमा दिगो विकास गर्नुका साथै श्रोत केन्द्रका स्थापना गरिने समुहकी अध्यक्ष अनीता खत्रीले जानकारी दिनुभयो ।

कृषि तथा पशु पंक्षी विकास मन्त्रालयको नेपाल लाईभ स्टक सेक्टर इनोभेसन आयोजना अन्तर्गतको विकेन्द्रिकृत आयोजना सहयोग इका विराटनगरसँगको सम्झौतामा महिला समुहले बाख्रा पालनको काम गर्दै छन् ।आयोजना सुरु गर्नु अघि लक्षीत वर्गलाई आयोजनाका बारेमा जानकारी गराइएको थियो ।

समुहले शुक्रबार दमक स्थित दाहाल प्रतिष्ठानमा सार्वजनिक सुनुवाईको आयोजना गरेर आयोजनाको बारेमा त्यस समुदायका कृषक तथा लाभग्राहिलाई जानकारी गराएको हो । २०७६ सालमा स्थापना भएको यो समुहले महिलाहरुलाई कृषिमा आकर्षीत गर्दै यहि क्षेत्रबाट समृद्ध सम्भव छ भन्ने कुराको अभ्यास गर्दै आएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अपजसजति अध्यक्षलाई थोपर्ने प्रवृत्तिले पार्टी बलियो बन्दैन : गीता अधिकार

जस आफूले लिने र अपजस एक्लो अध्यक्षको टाउकोमा हाल्ने गरी छरपस्ट ढंगले नेताहरूका अभिव्यक्ति सामाजिक सञ्जालमा किन बारम्बार आइरहन्छन् ?’

पार्टी पुनर्गठनका नाममा कार्यकर्ता विभाजन भयो : भण्डारी

‘कार्यदलका नाममा जे गरियो र मुल नेतृत्व फेर्न भन्ने भाष्य खडा गरियो । यसले पार्टीलाई अझै कमजोर र कार्यकर्तालाई विभिन्न खेमामा विभाजन गरेको छ ’

प्रधानमन्त्री शाह कतार हुँदै अमेरिका प्रस्थान

काठमाडौ , ६ असोज | प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त  राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ः०० बजे कतारको

३० वर्षे सेवाले अधिकांश सचिव बाहिरिँदै, पेन्सनमा पनि नयाँ सीमा प्रस्तावप्रस्तावित

काठमान्डौ ,६ असाज ।संघीय निजामती सेवा विधेयक जस्ताको तस्तै लागू भए हाल कार्यरत अधिकांश अनुभवी सचिव सेवाबाट बाहिरिने अवस्था देखिएको छ। विधेयकमा ५५ वर्ष उमेर

भारी वर्षाको सम्भावनाबारे मन्त्रीद्वयले लिए जानकारी

काठमान्डौ,६ असोज।गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा पुग्नुभएको छ। मन्त्रीद्वयले असोज ८, ९ र १० गते

आरसीटीदेखि इम्प्लान्टसम्म, विशेषज्ञ चिकित्सकसहित गुणस्तरीय दन्त सेवा। समय बचाऔँ, पीडा घटाऔँ—गौरदह डेन्टल रोजौँ।

दाँत दुखेपछि मात्रै डेन्टल जाने बानी, अब समयमै उपचारतर्फ ध्यान दिनुपर्ने चिकित्सकको सुझाव धेरै मानिसको बानी हुन्छ—दाँत दुख्न थालेपछि मात्रै डेन्टल जाने। दाँत दुखेपछि खान,