झापा,१० मंसिर । झापामा एक सशस्त्र प्रहरीको मृत्यु भएको छ ।बारा स्वर्णपुर नगरपालिका –२ घर भई हाल सशस्त्र बल नेपाल नकलबन्दा झापामा कार्यरत सशस्त्र प्रहरीका बरिष्ठ हवल्दार ४२ वर्षीय पारसनाथ प्रसाद यादवको मुटु रोगका कारण मृत्यु भएको हो । मंगलवार दिउँसो ३ बजे मुटुसम्बन्धी बिरामी भई उहाँलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको थियो । उपचारका क्रममा बुधवार बिहानको राति १ः३० बजे उहाँको मृत्यु भएको हो ।इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएर सम्पूर्ण कानुनी प्रकृया पुरा गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।

चीनको विशाल कार्गो ड्रोन ‘चाङयिङ–८’ को सफल परीक्षण
एजेन्सी ,१० मंसिर। चीनको सरकारी स्वामित्वमा रहेको रक्षा सामग्री उत्पादक कम्पनी चाइना नर्थ इन्डस्ट्रिज ग्रुप कर्पोरेसनले निर्माण गरेको विशाल ड्रोनले हालै परीक्षण उडान सफलतापूर्वक सम्पन्न









