दमक/
अहिले कोशी प्रदेशमा पहिचाका नाममा आन्दोलन चलिरहेको छ । पहिचान सहितको प्रदेशको नामको विषयलाई लिएर आन्दोलन भएको हो । कोशी प्रदेशको ठाउँमा किरात वा यस्तै जातीय पहिचान झक्लने नाम हुनुपर्यो भन्दै पहिचानवादीहरुले आन्दोलन गरिरहेका छन् ।
यसको विरुद्धमा प्रदेशभर हरेक दिनजसो विरोधका कार्यक्रम भइरहेका छन् । तर यो प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्कीका सम्बन्धले दाजु पर्नुहुने संविधानसभा सदस्य तथा नेकपा एमालेका अध्यक्ष दिपक कार्की भने प्रदेशको संरचनानै आवश्यक छैन भन्ने वकालत विभिन्न सार्वजनिक कार्यक्रममा गर्दै आउनु भएको छ ।
साथै पहिचानको मुद्धा उठाउँनेहरुले प्रदेशका नाममा मात्रै ध्यान दिए यसलाई पालिका तह सम्म पनि लैजान सकिन्छ भन्ने कुरामा ध्यान नपुगेको उहाँको भनाई छ ।
प्रदेश संरचना नेपालकालागि किन भार भइरहेको हो ? पहिचान र प्रदेशको अन्तरसम्बन्ध के छ लगायात समसामयीक विषयमा उज्यालो बहसमा हामीले उहाँसँग कुराकानी गरेका छौ ।
सो कुराकानीको भिडियोलाई यहाँ राखीएको छ ।









