आमालाई सुरक्षीत घरमा पुर्याइयो

जव नरमाया आमाको आँखाबाट ‘तप-तप’ आँशु झर्यो (भिडियोमा हेरौ)

 

झापा/
आँखाबाट आँशु तुरुक्क चुइरहेको थियो । जतिबेला हामीले ‘आमा घरमा तपाईको कोको हुनुहुन्छ भनेर सोध्दा’ ।
सायद यो प्रश्नले उहाँलाई आफ्नो बिगत स्मरण गरायो । जुन विगतले उहाँलाई वियोगान्तमा पुर्याएको थियो ।

उहाँको नाम नरमाया थापा रहेछ । घर भारतको आसाम । श्रीमानको मृत्यू भयो । सन्तान कोहि पनि छैनन । एक्लै कहाँ बस्ने के गर्ने भौतारीनु भयो । उहाँका अनुसार भतिज गणेश थापाले आसामबाटै झापा ल्याएर छाडीदिए । तर यहाँ कोहि पनि आफन्त छैनन । कहाँ जाने । अत्यन्तै कष्टकर पूणर् जिवन थापाले व्यतित गर्नुपर्यो ।

यसरी अत्यन्तै सकसपूणर् तरिकाले हिडिरहनु भएकी थापाको गन्तव्य कहाँ हो थाह थीएन । भेट्ने कस्लाई हो त्यो पनि पत्तो छैन । आज के खाने , रातमा कहाँ बास बस्ने त्यसको पनि ठेगान छैन ।

दया माया गरेर जस्ले एक डल्लो खान दियो त्यहि नै उहाँको भान्सा भयो । ढाड दुखाउँदै जेठको घाममा हिड्दा हिडदै जसको घरमा पुग्नु हुन्छ र जसले बास दिन्छ त्यहि नै उहाँको ओत लाग्ने घर बन्यो ।

यसरी भौतारिएर हिड्दा हिडदै झापा शिवसताक्षी नगरपालिका वडा नं १ स्थित मेरिना कार्कीको घरमा पुग्नु भयो ।
आमाका कथा सुन्दा उहाँको मनले त्यहाँबाट अन्त जान दिनै मानेन । आमालाई सोध्नु भयो ‘आमा कहाँ जाने त अव ?’ आमाले ‘मलाई बृद्धा आश्रम जान मन छ किन कि मेरो अव घर र अफन्त कोहि छैनन’ भन्ने जवाफ दिनुभयो । यहि क्रममा कार्कीले बृद्धाश्रम पुर्याउने पहल गर्नु भयो ।

आमाको त्यो चित्कार मेरिना मार्फत असाय मानव सेवा समाज सम्म पुग्यो । यसरी वेवारिसे भएकाहरुलाई सुरक्षित तरिकाले सके सम्म गन्तव्य स्थान सम्म र नसके पनि सुरक्षीत गृह सम्म पुर्याएर वेवारिसे जीवनबाट मुक्त दिने काम यो समाजले गरिरहेको छ । यहि क्रममा समाजकी अध्यक्ष सजु बुढाथोकी सहितको टोलि मेरिनाको घरमा पुग्यो र आमा नरमायाको उद्धारमा जुट्यो ।

यहाँबाट उद्धार गरि आमा नरमायालाई विर्तामोडमा रहेको परोपकार तथा अनुसन्धान केन्द्रद्धारा सञ्चालीत वृद्धाश्रममा लगियो । त्यहाँ उहाँको सबै प्रबन्ध मिलाइयो ।

उद्धार कार्यमा सहभागी भएको असाय मानव सेवा समाजको यो अभियानमा दमक नगरपालिकाको सहयोग रहेको छ । सरोकारवालाहरुको परामर्ष सहितको अर्थपूणर् सहयोगले यस्ता काम गर्न सहज भएको अध्यक्ष बुढाथोकीले बताउनु भयो ।

भिडियो हेरौ

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा