उज्यालो

गर्मी नघटेको भन्दै दमकका विद्यालय थप तीन दिन बन्द गर्न निर्देशन

 

दमक/
गर्मीमा कुनै कमि नआएको भन्दै दमक नगरपालिकाले दिएको सार्वजनिक विदाको अवधि थप गरेको छ ।
आज एक सुचना सार्वजनिक गर्दै विद्यालय विदाको अवधि थप गरिएको जानकारी गराएको हो ।

दमक नगरपालिकाद्धारा जारी सुचना अनुसार आगामी २३ गते सम्म विद्यालय बन्द हुने छ । यस अघी १९ गते सम्म विदा दिइएको थियो । २० गते शनिबार परेकोले २१ गते देखी विद्यालय सञ्चालन गर्ने भनेर सुचना निकालीएको थियो ।

तर मौसमको अवस्था अझै सामान्य नभएको र मौसमविद्धहरुले अवस्थ असामान्य रहेको तथा प्रतिलकुल रहेको बताइरहेकोले विद्यालय बिदा थप गरिएको नगरपाकिलाका शिक्षा अधिकृत प्रविण खड्काले जानकारी दिनुभयो ।

खड्काद्धारा हस्तारक्षीत सुचनामा सरोकारवालाहरुको सुझावका आधारलाई मद्यनजगर गर्दै विद्यालय विदा दिने अवधि थप गरिएको जनाइएको छ ।

तर यो अवधिमा सञ्चालन भइरहेका परिक्षाहरु भने स्थगन नहुने अर्थात सञ्चालन हुने जनाइएको छ । अहिले दमकको हिमालय माविमा कक्षा ११ को परिक्षा सञ्चालन भइरहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु