सर्लाहीका दुई स्थानमा आगलागी, साढे ७१ लाखको क्षति

सर्लाही,१३ मंसिर । सर्लाहीका दुई छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा करिब ७१ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ सखुवापुल नजिक शनिवार राती ८ः३० बजेको समयमा स्थानीय कृष्ण राय यादवले सञ्चालन गर्दै आएको धूप र पुराना कवाडका सामान राख्ने गोदाममा आगलागी भएको थियो ।चारैतिर जस्तापाताले घेरिएको उक्त गोदाममा लागेको आगो नियन्त्रणका लागि प्रहरी चौकी पर्सा, प्रहरी चौकी त्रिभुवननगर, जिल्ला प्रहरी कार्यालय सर्लाही तथा सशस्त्र प्रहरी बल नेपाल नं. १० गणबाट प्रहरी टोली परिचालन गरिएको थियो । साथै स्थानीयवासी र पाँचकुमारी ब्यारेक नवलपुरसहित महोत्तरीको सम्सी गाउँपालिका र गौशाला नगरपालिकाबाट आएका तीनवटा दमकलको सहयोगमा आगो निभाउने कार्य गरिएको थियो ।

 

प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा राति १२ः४० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो । आगलागीबाट धूप बनाउन प्रयोग हुने करिब ५६ टन काठ, जसको अनुमानित मूल्य ४५ लाख रुपैयाँ रहेको छ भने फलाम र जस्तापाताले बनेको गोदाम तथा गोदामभित्र रहेका विभिन्न कवाडका सामान गरी थप २५ लाख रुपैयाँ बराबरको क्षति भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनु भयो।

 

त्यसैगरी, शनिवार राती करिब ९ः५० बजे लालबन्दी नगरपालिका–२ चालिसे टोल निवासी अम्बिका पौडेलको घरमा पनि आगलागी क्षति भएको छ । आफ्नो एकतले घरको सुत्ने कोठामा मोबाइल चार्जमा लगाउने क्रममा अचानक विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।उक्त आगलागीबाट लत्ताकपडा, अन्न लगायत विभिन्न समानजली करिब एक लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।आगलागीका दुवै घटनामा करिब ७१ लाख ५० हजारको समान जलेर नष्ट भएको प्रहरीको अनुमान छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सर्लाहीका दुई स्थानमा आगलागी, साढे ७१ लाखको क्षति

सर्लाही,१३ मंसिर । सर्लाहीका दुई छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा करिब ७१ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ सखुवापुल

पूर्वी नाका काँकडभिट्टाबाट भुटानी पर्यटकको आगमन उत्साहजनक

काँकडभिट्टा,१३ मंसिर। शान्तिका अग्रदूत गौतम बुद्धको पवित्र भूमि र अनुपम प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपाल भुटानी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ ।धार्मिक तीर्थयात्रा र घुमफिरका

मेचीनगरको हडिया खोलामा डुबेर बेपत्ता वृद्ध मृत फेला

मेचीनगर, १३ मंसिर । मेचीनगरको हडिया खोलामा डुबेर एक वृद्धको मृत्यु भएको छ ।दुई दिनदेखि बेपत्ता रहेका मेचीनगर १४ मिलडाँडा बस्ने ६५ वर्षीय बाङ्गे बिर्जा

बिर्तामोडबाट ब्राउन सुगर र १३ लाख नगदसहित महिला पक्राउ

बिर्तामोड, मंसिर १३ । झापाको बिर्तामोडमा लागूऔषधको कारोबार गर्ने एक महिला कारोबारी पक्राउ परेकी छन् ।शनिबार साँझ ५ बजे बिर्तामोड ५ जिराइत टोलस्थित बाटोमा लागूऔषध

कनकाईस्थित विद्यालय संचालकको कार्यकक्षमा गोली फेला

कनकाई ,१३ मंसिर । कनकाई ८ स्थित माउन्ट अन्नपूर्ण बोर्डिङ स्कुलका संचालकको टेबलमा गोली फेला परेको छ ।शनिबार राति ९ः३० बजे माउन्ट अन्नपूर्ण बोर्डिङ स्कुलका

भद्रपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

भद्रपुर, मंसिर १३ । झापाको भद्रपुरमा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।भद्रपुर नगरपालिका ३ स्थित देउनिया पुलमुनि प्र. १–०१–०१३ प २५७९ नं. को

मंसिर १६ गते प्रधानमन्त्री शाहद्वारा दशौँ राष्ट्रिय खेलकुदको उदघाटन हुने

सुर्खेत,१२ मंसिर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले गर्ने हुनु भएको छ। आगामी मंसिर १६ गते बिहान १० बजे सुर्खेतको