५ रुपैयाँका १५ करोड सिक्का छाप्न राष्ट्र बैंकद्वारा बोलपत्र आह्वान

काठमाडौं,१३ मंसिर । नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरका १५ करोड थान सिक्का छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सिक्काको डिजाइन, टक्सार, आपूर्ति, ढुवानी तथा सम्बन्धित सेवा खरिदका लागि पूर्वयोग्यता प्राप्त कम्पनीसँग बोलपत्र माग गरेको हो ।राष्ट्र बैंकले आइतबार प्रकाशित गरेको सूचनाअनुसार अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियाबाट सिक्का छपाइको काम अघि बढाउन लागिएको हो । यसका लागि प्राविधिक र आर्थिक प्रस्ताव छुट्टाछुट्टै खाममा राखी एउटै सिलबन्दी खामभित्र पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

 

बोलपत्र प्रक्रियामा यसअघि सन् २०२६ मार्च १२ मा ‘द राइजिङ नेपाल’मा प्रकाशित सूचनाअनुसार पूर्वयोग्यता प्राप्त कम्पनीले मात्र सहभागिता जनाउन पाउनेछन् । सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम कालोसूचीमा परेका कम्पनी तथा तिनका सञ्चालक वा लगानीकर्ताले नयाँ कम्पनीमार्फत पनि बोलपत्रमा भाग लिन नपाउने सूचनामा उल्लेख छ ।बोलपत्र कागजात खरिद गर्न इच्छुक कम्पनीले आगामी डिसेम्बर २८ सम्म थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग वा बबरमहलस्थित टक्सार महाशाखामा निवेदन दिन सक्नेछन् । कागजातका लागि २० हजार रुपैयाँ, १३२ अमेरिकी डलर वा ११८ युरो शुल्क तोकिएको छ । इमेलमार्फत पनि कागजात प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।

 

बोलपत्रसम्बन्धी पूर्वबैठक डिसेम्बर ११ मा मध्याह्न १२ बजे मुद्रा व्यवस्थापन विभागमा हुनेछ । बोलपत्र पेस गर्ने अन्तिम म्याद डिसेम्बर २९ को मध्याह्न १२ बजेसम्म तोकिएको छ । सोही दिन दिउँसो १ बजे बोलपत्र खोलिनेछ ।बोलपत्रको मान्य अवधि पेस गरेको मितिदेखि १२० दिन कायम हुनेछ । त्यसका लागि कम्तीमा १ लाख २७ हजार अमेरिकी डलर बराबरको बिड सेक्युरिटी पेस गर्नुपर्नेछ । उक्त सुरक्षणको मान्य अवधि सन् २०२७ मे २८ सम्म हुनुपर्ने सूचनामा उल्लेख छ । बोलपत्र स्वीकार वा अस्वीकार गर्ने अधिकार राष्ट्र बैंकमा सुरक्षित रहने पनि सूचनामा जनाइएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

५ रुपैयाँका १५ करोड सिक्का छाप्न राष्ट्र बैंकद्वारा बोलपत्र आह्वान

काठमाडौं,१३ मंसिर । नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरका १५ करोड थान सिक्का छाप्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले

कांग्रेसद्वारा ‘हामी तयार छौँ’ अभियानका प्रतिनिधिलाई अभिमुखीकरण

काठमाडौँ,१३ मंसिर ।नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिएका छन् ।

सर्लाहीका दुई स्थानमा आगलागी, साढे ७१ लाखको क्षति

सर्लाही,१३ मंसिर । सर्लाहीका दुई छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा करिब ७१ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ सखुवापुल

पूर्वी नाका काँकडभिट्टाबाट भुटानी पर्यटकको आगमन उत्साहजनक

काँकडभिट्टा,१३ मंसिर। शान्तिका अग्रदूत गौतम बुद्धको पवित्र भूमि र अनुपम प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपाल भुटानी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ ।धार्मिक तीर्थयात्रा र घुमफिरका

मेचीनगरको हडिया खोलामा डुबेर बेपत्ता वृद्ध मृत फेला

मेचीनगर, १३ मंसिर । मेचीनगरको हडिया खोलामा डुबेर एक वृद्धको मृत्यु भएको छ ।दुई दिनदेखि बेपत्ता रहेका मेचीनगर १४ मिलडाँडा बस्ने ६५ वर्षीय बाङ्गे बिर्जा

बिर्तामोडबाट ब्राउन सुगर र १३ लाख नगदसहित महिला पक्राउ

बिर्तामोड, मंसिर १३ । झापाको बिर्तामोडमा लागूऔषधको कारोबार गर्ने एक महिला कारोबारी पक्राउ परेकी छन् ।शनिबार साँझ ५ बजे बिर्तामोड ५ जिराइत टोलस्थित बाटोमा लागूऔषध

कनकाईस्थित विद्यालय संचालकको कार्यकक्षमा गोली फेला

कनकाई ,१३ मंसिर । कनकाई ८ स्थित माउन्ट अन्नपूर्ण बोर्डिङ स्कुलका संचालकको टेबलमा गोली फेला परेको छ ।शनिबार राति ९ः३० बजे माउन्ट अन्नपूर्ण बोर्डिङ स्कुलका